• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति

  •  बुधबार, जेठ १०, २०८० मा प्रकाशित

सिन्धुली । गर्भवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको सिन्धुली अस्पतालको सेवा सञ्चालन गर्न पीडित पक्ष र अस्पतालबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा घटनाको सत्यतथ्य छानबीन गर्न चार सदस्यीय छानबिन समिति तत्काल गठन गर्ने सहमति भएको छ ।

समितिमा बागमति प्रदेश मन्त्रालयबाट तोकिएका चिकित्सक दुई जना, जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको प्रतिनिधि एक र पीडितपक्षबाट आमन्त्रित एक जनाको समिति बन्ने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । जिल्ला अस्पतालले आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीको व्यवहारगत पक्ष सुधार गर्ने, अस्पताल प्रशासनले अस्पतालको सेवा सञ्चालन गर्ने र पीडित पक्षले शव बुझी अन्त्येष्टी गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

पीडितको पक्षबाट मृतकको जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुलबहादुर गुरुङले हस्ताक्षर गर्नुभएको छ भने अस्पतालका तर्फबाट अस्पताल विकास समिति अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिटेन्डेन उमेश प्रधानले हस्ताक्षर गर्नुभएको छ । समितिका अध्यक्ष ढकालले आज अस्पतालमा ओपिडी सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो । ओपिडी कक्षमा तोडफोड भएकाले सरसफाई र मर्मत गर्नुपर्ने भएकाले उहाँले आकस्मिक सेवा मात्रै सञ्चालन गरिने बताउनुभयो ।

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक राजकुमार सिलवाल, पूर्व बागमति प्रदेश स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, पूर्वबागमति प्रदेशसभा सदस्य विनोद खड्का, कमलामाई नगरपालिका–७ का वडा अध्यक्ष कर्ण घिसिङको रोहवरमा उक्त सहमति भएको हो । सहमतिपछि बिपी राजमार्गमा पीडित पक्षले गर्दै आएको अवरोध खुलेको छ । कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलले पीडित पक्षलाई राहतस्वरुप कमलामाई नगरपालिकाको तर्फबाट रू ५० हजार उपलब्ध गराउने बताउनुभयो । “मृतकको छोरी अपाङ्गता रहेकाले बालिकाको पठनपाठनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो ।

मङ्गलबार बिहान प्रसूतिका लागि अस्पताल जानुभएकी कमलामाई नगरपालिका– ५ सिलामेकी अन्दाजी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको मृत्यु भएपछि आक्रोशित समूहले सिन्धुली अस्पताल तोडफोड गरेका थिए । उहाँको त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिवासस्थित साई मल्टि स्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । अस्पताल पुगे लगत्तै गङ्गालाई अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै आफन्त र परिवारले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको इमर्जेन्सी कक्ष, ओपिडी कक्षा, बिरामी बस्ने वार्ड, औषधि पसल र आँखा अस्पतालमा क्षति पुर्‍याएका थिए ।रासस

बुधबार, जेठ १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.