• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दम रोग स्वास्थ्य क्षेत्रमा चुनौती बन्दै : प्रा.डा.शुभेषराज कायस्थ

  •  शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

विश्व स्वास्थ्य संगठनको नसर्ने रोगहरुको महामारी, रोकथाम र नियन्त्रण कार्ययोजनामा सयुंक्त राष्ट्रले २०३० को लागि दिगो विकासको लक्ष्यमा (सि.ओ.पी.डी.) लाई अग्रस्थानमा राखेको छ । सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३ करोड २० लाख व्यक्तिहरु यस रोग बाट प्रभावित छन् । विश्वमा मुत्युको तेश्रो प्रमुख कारण (सि.ओ.पी.डी.) रहेको जानकारहरुको भनाई छ ।

साधारणतया (सि.ओ.पी.डी) ३५ देखि ४० वर्षको उमेर बाट शुरु हुन्छ । रोगीहरुमा केही जोखिम ब्यवहार अथवा भनौं वातावरणमा संलग्न रहेको पाईन्छ । यस विषयका विज्ञहरुका अनुसार नेपालका विभिन्न ठाउँहरुमा गरेको अनुसन्धान अनुसार २० देखि २५ प्रतिशत व्यक्तिहरु (सि.ओ.पी.डी.) ले प्रभावित भएको देखिन्छ । साथै पछिल्लो प्रतिवेदन अनुसार निम्म र मध्यम आय भएका देशहरुमा ७० वर्ष भन्दा मुनिका रोगीहरुको मृत्यको ९० प्रतिशत कारण (सि.ओ.पी.डी.) रहेको विज्ञहरुले बताएका छन् ।

यसै विषयमा केन्द्रित रही वरिष्ठ दम रोग विशेषज्ञ प्रा.डा.शुभेषराज कायस्थ संग नेपालमा दम रोग प्रभावित विरामी, रोग लाग्नुको कारण, उपचार पद्धति लगायतका विषयमा पत्रकार बागमती श्रेष्ठले गर्नुभएको कुराकानी तल प्रस्तुत गरिएको छ ।

तपाईं दम रोग विशेषज्ञ हुनुहुन्छ ,दम रोगलाई कसरी परिभाषित गर्नुहुन्छ ?
दम अथवा खोकी अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सि.ओ.पी.डी) एउटा उपचार र नियन्त्रण गर्न सकिने श्वासनलीको अवरोध वा फोक्सोको दीर्घकालीन रोग हो, जुन जोखिमयुक्त लामो सम्पर्कबाट उत्पन्न हुन्छ ।

डाक्टर साब दम रोग कति प्रकारका हुन्छन् ?
साधारणतया (सि.ओ.पी.डी) दुई प्रकारका हुन्छन् । क्रोनिक ब्रोकाईटिस र इम्फाईसेमा ।
क्रोनिक ब्रोकाईटिस नली सुनिएर खकार पैदा हुनाले श्वासनली सांँघुरिएर श्वासप्रश्वासका लक्षणहरु देखा पर्छ । दोस्रो इम्फाईसेमा भनेको प्याथोलोजिकल नामाकरण हो, जसमा श्वासनलीको अन्तिम इकाई फोक्सोको भाग एल्मीओलाई फुलेर नष्ट हुदै जाने गर्दछ ।

यस रोगको लक्षणहरु के के हुन्छन ?
साधारणतया (सि.ओ.पी.डी) ३५ देखि ४० वर्षको उमेर बाट शुरु हुन्छ । रोगीहरु केही जोखिम ब्यवहार अथवा भनौं वातावरणमा संलग्न रहेको पाईन्छ । लामो समय सम्म खोकी लागिरहने, श्वास फेर्न गाह्रो हुने,अत्यधिक खकार आउने, छाती घ्यार घ्यार हुने र भारी हुने प्रमुख लक्षणहरु देखा पर्दछन ।

दम रोगको पहिचान कसरी गर्न सकिन्छ ?
रोगीको उमेर, जोखिम व्यवहार वा वातावरणमा संलग्नता, श्वासप्रश्वासका लक्षणहरुको आधारमा यसको एकिन पहिचान ̇स्पाईरोमेट्री वा पल्मोनरी फङ्सन टेष्टले गरिन्छ । परिक्षण विधिले रोगको एकिन , रोगको गांभिर्यतामा उपचार पद्धति प्रवाहको योजना बनाउन मदत गर्दछ ।

संसारमा यो रोगबाट प्रभावित विरामीको अवस्था के छ ?
विश्व स्वास्थ्य संगठनको नसर्ने रोगहरुको महामारी, रोकथाम र नियन्त्रणका कार्ययोजनामा साथै सयुंक्त राष्ट्रले २०३० को लागि दिगो विकासको लक्ष्यमा (सि.ओ.पी.डी.) लाई अग्रस्थानमा राखेको छ । सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३ करोड २० लाख व्यक्तिहरु यस रोग बाट प्रभावित छन् । विश्वमा मुत्युको तेश्रो प्रमुख कारण (सि.ओ.पी.डी.) रहेको छ , भने निम्न र मध्यम आय भएका मुलुकहरुमा मुत्युको प्रमुख कारण (सि.ओ.पी.डी.) रहेको छ ।

नेपालमा र अझ खासगरी पश्चिम नेपालमा प्रभावित बिरामीको संख्यात्मक अवस्था के छ?
नेपालमा हालसम्म (सि.ओ.पी.डी.) को बारेमा देशव्यापीरुपले अध्ययन भएको छैन । सामुदायिक अस्पतालमा आधारित केही अनुसन्धान भएको पाईन्छ । नेपालमा विभिन्न ठाउँहरुमा गरेको अनुसन्धान अनुसार २० देखि २५ प्रतिशत व्यक्तिहरु (सि.ओ.पी.डी.) ले प्रभावित भएको देखिन्छ । पछिल्लो प्रतिवेदन अनुसार निम्म र मध्यम आय भएका देशहरुमा ७० वर्ष भन्दा मुनिका रोगीहरुको मृत्यको ९० प्रतिशत कारण (सि.ओ.पी.डी.) रहेको छ । सुदुरपश्चिमका पहाडी क्षेत्रहरुमा धुम्रपान लगायत बन्द भान्सा कोठा भित्र दाउरा बालेर खाना पकाउने परम्पराले अधिकांश गृहिणीहरुलाई समेत (सि.ओ.पी.डी.) ले प्रभावित गरेको पाईन्छ ।

नेपालमा उपचार गर्ने दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
विगतका समयको तुलनामा हेर्ने हो भने दमका रोगीहरुको उपचारको व्यवस्थापनामा शहरी क्षेत्र र जिल्लास्तरीय अस्पतालहरुमा सर्बसुलभ देखिएता पनि ग्रामीण भेगमा व्यवस्थापन र दक्ष जनशक्तिको अभाव रहेको छ । विगतमा कोभिड १९ महामारी पश्चात स्वास्थ्य संस्थाहरुमा अक्सिजन, पल्स अक्सीमेट्री नेबुलाईजर आदिको समुचित उपलब्धताको कारणले दमको उपचार व्यवस्थापनमा सहजता देखिएको छ । ग्रामीण स्वास्थ्य संस्थाहरुमा आधारभुत स्वास्थ्य सेवा प्रदायक जनशक्तिलाई यस रोगको अभिमुखिकरण र उपचार व्यवस्थापन सम्बन्धि तालिमको उचित व्यवस्था मिलाउन आबश्यक देखिन्छ।

यो रोगको उपचार पद्धति कस्तो हुने गर्दछ ?

यो रोगको छिटो र छरितो निदान गरी उचित उपचार भएमा यस रोगबाट उत्पन्न नहुने
जटिलतालाई दीर्घकाल सम्म रोक्न सकिने , रोगीलाई लक्षणमुक्त गरी गुणस्तरीय जीवन यापनमा टेवा पुर्‍याउने । समय समयमा यस रोगका लक्षणहरु बल्झिएर कडारुपमा प्रस्तुत हुने बेलामा त्यसको उचित उपचार अबिलम्ब गर्नुपर्दछ । यो रोग पुर्णरुपले निको नहुने भएकोले रोगीहरुको जटिलताको आधारमा जीवनभर औषधिको प्रयोग गर्नुपर्छ । यस्ता रोगीहरुमा श्वासप्रश्वासको संक्रमणको जोखिम धेरै हुने भएकोले न्युमोनिया विरुद्धका खोपहरु लगाउनु पर्छ ।

दम रोगबाट प्रभावित बिरामीमा अन्य दीर्घरोगको समस्या समेत भयो भने उपचार प्रक्रिया कसरी अगाडी बढाउनु हुन्छ ?
(सि.ओ.पी.डी.) प्राय ३५–४० वर्ष भन्दा माथि देखिने भएकोले वयस्कमा देखापर्ने प्राय: रोगहरु उच्चरक्तचाप, मुटुको रोग मधुमेह आदि रोगहरुबाट पनि ग्रसित हुन्छन् । उपचार विधिमा खासै फरक नपरेता पनि मधुमेह, उच्च रक्तचाका बिरामीलाई दमरोगमा प्रयोग गरिने स्टेरोईडजन्य औषधिहरुले प्रतिकुल असर पार्ने हुन्छ । यस्तै उच्चरक्तचापका केही औषधिहरुले (सि.ओ.पी.डी.) लाई असर पार्ने हुन्छ । यस विषयमा सजग हुनु पर्दछ ।

दम रोगबाट प्रभावित बिरामी र रोग लाग्नै नदिनका लागि के के कुरामा ध्यान दिनु पर्छ?
दम रोगबाट बच्न उचित तरिकाले चिकित्सकको परार्मश अनुसार नियमित औषधिको प्रयोग गर्ने नियमित खोपहरु लिने, पौष्टिक, सन्तुलित आहारको साथै नियमित व्यायाम गर्ने , धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन नगर्ने, कुनैपनि धुलोधुवाें प्रदुषित वातावरण वा कलकारखानाहरुमा काम नगर्ने, यस्ता पेशा परिवर्तन गर्ने लगायतका बिषयमा सावधानी भएमा अबश्य पनि यस रोगबाट बच्न सकिन्छ ।

वरिष्ठ दम रोग विशेषज्ञ प्रा.डा.शुभेषराज कायस्थ चारदशक देखि स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.