• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै

  •  मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित

देउखुरी । घोराही–१३ तेरौटेकी चौधरी थरकी २७ वर्षीया एक महिलाले कक्षा १० मा पढ्दै गर्दा बिहे गर्नुभएको थियो । गाउँकै मन मिल्ने साथी भेटेपछि उहाँले घरपरिवारलाई थाहै नदिइ भागेर बिहे गर्नुभयो । चौधरीका अहिले एक छोरा र एक छोरी छन् ।

उहाँलाई दुई सन्तान जन्माइसकेपछि सन्तानको रहर पुगिसकेको थियो । पहिलो सन्तान छोरा, दोस्रो छोरी जन्मेपछि चौधरीले परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्ने विषयमा श्रीमान्सँग सल्लाह गरे पनि सहयोग नगरिदिँदा तेस्रो गर्भ रहेपछि समस्या भयो । नजिकैको स्वास्थ्य संस्थाबाट औषधि लगेर खानु भएकी उहाँले त्यसैले गर्दा अहिलेसम्म पनि महिनावारी भएको समयमा रगत धेरै बग्ने समस्या रहेको गुनासो गर्नुभयो ।

घोराही–१ की २५ वर्षीया नेपाली थरकी अर्की एक महिलाको दुईवटा सन्तान भइसकेका थिए । उहाँलाई सन्तानको रहर पुगिसकेको थियो । अब बच्चाको रहर पुग्यो भन्ने लागेको समयमा फेरी गर्भ रहेपछि के गर्ने, कसो गर्ने भन्ने चिन्ताले नेपालीलाई सतायो र घरपरिवारले यसबारेमा साथ नदिँदा उहाँले पनि लुकीछिपी असुरक्षित गर्भपतन गराएको बताउनुभयो ।

नेपाल सरकारले बिहेवारी २० वर्ष पारि भन्ने उद्देश्य राखेर विवाहको न्यूनतम उमेर २० वर्ष तोकेको छ तर दाङमा अभैm पनि सानै उमेरमा गर्भपतन गर्नेको सङ्ख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा गर्भपतन गराउने २० वर्ष मुनिका महिला झन्डै १० प्रतिशत रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनिकाको सङ्ख्या बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने २० वर्ष मुनिका महिलाको सङ्ख्या नौ दशमलव छ प्रतिशत रहेको पाइन्छ ।

दिगो विकास लक्ष्य २०३०अनुसार महिलाले आफ्नो शरीरमाथिको स्वायत्तता र लैङ्गिक समानताका साथै यौन सम्बन्ध, परिवार नियोजनका सामग्री र प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारीसहित आफैँ निर्णय गर्न सक्ने क्षमताको विकास गर्ने लक्ष्य लिएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा छ दशमलव दुई प्रतिशत रहेकामा पाँच वर्षमा यो सङ्ख्या बढेर नौ दशमलव छ प्रतिशत पुगेको छ । सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको सङ्ख्या बढेको देखिँदा असुरक्षितरुपमा पनि गर्भपतन गराउनेको महिलाको सङ्ख्या पनि उत्तिकै रहेको आङ्कलन गरिएको छ । विवाहपूर्व शारीरिक सम्बन्धका कारण पनि २० वर्ष नपुग्दै गर्भपतन गराउन खोज्नेको सङ्ख्या बढेको देखिएको छ । सामाजिक, आर्थिक र सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरु पनि छन् ।

लुम्बिनी प्रदेश भित्रका १२ जिल्लामा सुरक्षित गर्भपतन गराउन एक सय ७४ स्वास्थ्य संस्था सूचीकृत छन् । सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन गराइन्छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन गराउने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको पाइन्छ । यसरी असुरक्षित गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मका जोखिम रहेकाले स्वास्थ्य मन्त्रालयले सचेतना अभिवृद्धिका कार्यक्रमसमेत गर्दै आएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जुन ढकालले बताउनुभयो ।

“सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन छ । यसका अतिरिक्त स्वास्थ्यकर्मीलाई तालिम दिने, जनचेतना अभिवृद्धि गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अझै पनि छोराको आशामा लिङ्ग पहिचान गरेर गर्भपतन गराउने कार्य भइरहेका गुनासाहरु पनि आइरहन्छन् । यस्ता कार्यलाई नियमन गर्न अझैं कानुनी दायरालाई बढाउन जरुरी छ ।”

वरिष्ठ नरसिंङ निरीक्षक राधा पौडेलले बजारमा खुलेका औषधि पसलमा सूचीकृत र सिफारिस भएका भन्दा बाहिरका औषधिसमेत बिक्री वितरण हुने गरेकाले असुरक्षित गर्भपतन बढेको बताउनुभयो । बजारमा छ प्रकारका औषधि बिक्री वितरणका लागि अनुमति छ तर खुला सिमानाका कारण अन्य औषधि सहजै भित्रिने गरेकाले असुरक्षित गर्भपतनको जोखिम झनै बढेको उहाँको भनाइ थियो । रासस

मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.