• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

दन्त क्लिनिक दर्ताबिना सञ्चालन

  •  बिहिबार, जेठ १८, २०८० मा प्रकाशित

बलेवा । सत्र वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गर्नुभयोे । प्रक्रिया पूरा गर्न उहाँ दर्ताका लागि कयौँ ठाउँ धाउनुभयो । कसैले घरेलुमा दर्ता गर्न सुझाए त कतिपयले बागलुङ नगरपालिकामा ।

श्रेष्ठले तत्कालीन कानुनी व्यवस्थाअनुसार क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा दर्ता गरेर केयर सेन्टर सञ्चालन गर्नुभयो । पछिल्लो दुई दशकको अवधिमा बागलुङ बजारमा मात्रै दर्जन बढी दाँतको उपचार गर्ने क्लिनिक खुलेका छन् । तर नवीकरण भने भएका छैनन् ।

पहिले क्षेत्रीय निर्देशनालयमा दर्ता भएका क्लिनिक २०७९ सालयता तत्कालीन जनस्वास्थ्य कार्यालय बागलुङमा दर्ता भएका प्रमाण छन् । सरकारले स्वास्थ्य संस्था दर्ता नियमावली २०७७ जारी गरेपछि अस्पताल तथा स्वास्थ्य संस्था दर्ता र नवीकरणको अधिकार स्थानीय तहले पाए । त्यसयता बागलुङमा स्वास्थ्य संस्था नवीकरण भएका छैनन् ।

“व्यवसायको रूपमा बागलुङ नगरपालिकामा दर्ता गरेर हरेक वर्ष पाँच हजार कर तिरेको छु”, सञ्चालक श्रेष्ठले भन्नुभयो, “जनस्वास्थ्यले नवीकरण गर्न छाडेपछि कहाँ जाने भन्ने भयो । नगरपालिकाले कानुन बनिनसकेको भनेर दर्ता गर्न मानेनन् ।”

बागलुङ नगरपालिकाले समयमा कानुन नबनाउँदा यहाँका स्वास्थ्य संस्था दर्ता हुन नपाएका हुन् । तीन अस्पताल र दर्जन बढी क्लिनिक तथा आँखाको उपचार केन्द्र बजारमा सञ्चालनमा छन् । तर नगरपालिकाको ढिलाइका कारण स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने संस्था बिनादर्ता सञ्चालनमा छन् भने नगरले हरेक वर्ष राजस्व गुमाएको छ ।

“कानुन बनाएर मापदण्ड तोकिनुपर्छ र निजी अस्पताल तथा क्लिनिक सोही मापदण्डअनुसार सञ्चालन हुन जरुरी छ”, अनुगमन अधिकृतको जिम्मेवारीमा समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले भन्नुभयो, “कानुन बनाउन र कार्यान्वयन गर्न नगरपालिकाले ढिला गर्नुहुन्न ।” स्थानीय कानुन बनेर पनि कार्यान्वयन नहुँदा बिनादर्ता क्लिनिक सञ्चालन गर्ने बजारमा छन् ।

सङ्घीय सरकारको नियमावली आएको दुई वर्षमै नगरले कानुन बनाएको हो । ढिलो गरी राजपत्रमा प्रकाशन भएको थियो । स्थानीय तहले कानुन बने पनि कार्यान्वयनमा ढिलाइ गरेको छ । नगरपालिकाले कानुन तयार भइसकेको जनाएको छ । स्वास्थ्य संस्था दर्ता तथा स्तरोन्नति मापदण्ड २०७८ नगरसभाबाट पारित भएको छ । ढिलो गरी राजपत्रमा प्रकाशन भए पनि कार्यान्वयनमा नआएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

नगरको मापदण्डलाई तत्काल सूचना गरेर सबै स्वास्थ्य संस्थालाई मापदण्डमा ल्याइने खानालले बताउनुभयो । केही प्राविधिक कारणले कार्यान्वयन नभए पनि कानुन तयार छ । बजारमा सञ्चालित फार्मेसी भने औषधि व्यवस्था विभागमा दर्ता गरेर सञ्चालन गरेको पाइएको बरालले बताउनुभयो । स्वास्थ्य संस्था दर्ता तथा नवीकरणमा ढिलाइ हुँदा अनुगमन तथा सुपरीवेक्षणमा समेत प्रभाव पर्ने बराल बताउनुहुन्छ । रासस

बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.