काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बुधवार ढकाललाई महानिर्देशकको जिम्मेवारी दिनु भएको हो ।
महानिर्देशक ढकालले औषधि व्यवस्था विभागमा सेवा प्रवेश गर्नु अघि औषधि विज्ञको रुपमा विभिन्न नेपाली औषधि उद्योगहरुलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहाँका समकालीन साथीहरुका अनुसार महानिर्देशक ढकाल स्पष्ट्र वक्ता र कडा कार्यशैली भएको निर्देशकको रुपमा परिचित हुनुहुन्छ ।
ढकालले यस अगाडि पनि औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी समाल्ने अवसर पाउनु भएको थियो ।
