काठमाडौं । ईशान बाल तथा महिला अस्पतालमा एक दिने निशुल्क आँखा रोग शिविर सम्पन्न भएको छ । अस्पतालको आँखा रोग विभागद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
उक्त शिविरमा २०१ जना विरामीको आँखा रोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । भने १८० जना विरामीलाई आवश्यक अनुसार औषधि वितरण गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक तथा वरिष्ठ वाल सल्य चिकित्सक डा रामनन्दन प्रसाद चौधरीका अनुसार आँखा परीक्षण गराइएका मध्ये ५० जना बिरामीमा दृष्टि दोष देखिएकाले सहुलियत दरमा चस्मा प्रदान गरिएको जानकारी दिनु भयो ।
उक्त शिविरमा अस्पतालका आँखा रोग विज्ञहरु करिण ठाकुर र प्रजीता खड्काले सेवा प्रदान गर्नुभएको थियो । अस्पतालका जनरल म्यानेजर भक्तबहादुर शाहीले अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार यसै गरी निशुल्क शिविर कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
