• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

विद्यार्थीको प्रश्न–सूर्तीजन्य पदार्थका विक्री वितरणमा प्रतिबन्ध किन नलगाउने ?

  •  शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

बलेवा । जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भन्नुभयो, “दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यसो नगर्ने ?” उहाँले राखेको धारणाको विषयमा जवाफ दिने निकाय त्यहाँ थिएन तर, उहाँले लागुऔषध दुरुपयोगको प्रस्थान विन्दु धूम्रपान हो भन्ने थाहा पाएपछि यो विषय राख्नुभएको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले आयोजना गरेको उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी नायब उपरीक्षक मदन केसीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयोे । लागुऔषधबारे उहाँले केहीबेर चर्चा गरेपछि विद्यार्थीले प्रश्न गरे । धेरैको चिन्ता थियो न्यून आय भएका परिवार र अनाथ बालबालिकालाई कसरी लागुऔषधबाट जोगाउने ? लागुऔषधमा लाग्नै नपर्ने वातावरण समाजले किन तयार नगर्ने ?

विद्यार्थी, अभिभावक र शिक्षक सहभागितामा उपभोक्ता शिक्षा र लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतीपछि विद्यार्थी छलफलमा सहभागी भए । विद्यार्थीले कसैले नेपालमा कानुनीरुपमा धूम्रपानलाई निषेध गर्नुपर्ने माग गरे भने कसैले बधशाला निर्माण गरेर शुद्ध मासुजन्य पदार्थको उत्पादन गर्न माग गरे ।

“विद्यार्थीले उठाएका विषय जायज छन्, तर कानुन बनेर नआउँदासम्म हामीले केही गर्न सक्दैनौँ”, प्रनाउ केसीले भन्नुभयो, “हामीले चेतना फैलाउने हो, कानुनअनुसार कसुरदार भए कारबाही गर्ने हो ।” भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उपयोगका बिषयमा चर्चा गर्नुभयो । “मासु परम्परागत रुपमा प्रयोग गरिरहेका छौँ, कतिपय तरिका वैज्ञानिक छन्, कतिपय सुधार गर्नुपर्ने” सापकोटाले भन्नुभयो “के बुझ्न जरुरी छभने मासु हाम्रा लागि जसरी उपयोगी खाद्यान्न हो त्यसैगरी सङ्क्रामक कीटाणुको खाना हो ।” सङ्क्रामक रोगको रुपमा रहेको मासुलाई विवेकपूर्ण प्रयोग गर्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लागुऔषध दुव्र्यसनी र उपभोक्ता सचेतना घर घरमा पुग्नुपर्ने बताउनुभयो । खड्काले विद्यार्थी सूचनाको संवाहक भएको भन्दै सकारात्मक सन्देश समुदायमा फैलाउन आग्रह गर्नुभयोे । उहाँले विद्यार्थीमा रहेको चासो लागुऔषध दुव्र्यसनीमा प्रतिवादी बन्ने बताउनुभयो । बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले परिवार र समुदायको हेलचक्य्राइँँ पनि लागुऔषध दुव्र्यसनी बढ्नुको कारण भएको बताउनुभयो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख प्रेम अर्यालले खाद्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गणेश माविकी छात्रा अनिसा चुँदाराले विद्यार्थीका तर्फबाट जिज्ञासा राख्नुभयो ।रासस

शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.