• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रोग एक मिथक अनेक

  •  शनिबार, जेठ २७, २०८० मा प्रकाशित

रोग एक मिथक अनेक

चिकित्सकको रुपमा काम गर्न थालिएको झन्डै १३ वर्ष नाघेछ । फिजिसियन भएको नाताले दिनहुँ उच्च रक्तचाप, डाईबिटीज, थाइराईड, जन्डिसका बिरामीसँग ठोक्किन पुग्छु । नेपालको भौगोलिक
संरचना, सामाजिक परिवेश । सांस्कृतिक विविधता, शंैक्षिकस्तर र आर्थिक भिन्नताका कारण एकै रोग भएपनि विविध विचारधारा एवं पृष्ठभूमि भएका बिरामीसँग भलाकुसारी गर्ने मौका मिल्छ । निदान
एवं उपचार गर्ने क्रममा माथि उल्लेखित दीर्घकालिन रोगका बारेमा बिरामीका अनेक रोचक मिथक
विषय प्रस्तुत गर्दछु ।

डाईबिटीज (सुगर रोग) :
– म त दुब्लो छु । दिनहुँ कसरत गर्छु । मलाई कहाँ सुगर हुन सक्छ ।
– म त चिनी खाँदिन । गुलियो मन नै पर्दैन । मलाई सुगर हुनै सक्दैन ।
– मेरो परिवारमा अहिले सम्म कसैलाई सुगर भएको छैन । यो रिपोर्ट नै गलत होला ।
– अहिले औषधि शुरु नगरांै डाक्टर साब । म कसरत गर्छु, खानपीन मिलाउँछु । एक पटक शुरु गरे
पछि सधंै खानुपर्छ र फेरि ।
– नाई सुई (क्ष्लकगष्लि) नलिने । फलानोलाई सुई सुरु गरेपछि झन् गाह्रो भयो । बेहोश भयो ।
– सुगर भयो । अब गुलियो खानै हुँदैन ।
– भात खाएकै छैन । रोटी त जति खाएपनि हुन्छ ।
– औषधि खाएको छु । अब त जे पनि खान मिल्छ ।
– सुगर कन्ट्रोल भयो । अब औषधि नलिएपनि हुन्छ ।
– सुगर फ्री बिस्कुट, चिया हो । जति खाए पनि केही हुँदैन ।


उच्च रक्तचाप

– म त मोटो छैन । व्यायाम गर्छु । प्रेसर हुन सक्दैन ।
– घरमा रक्तचाप नाप्दा त ठीक देखाउँछ । यहाँ मात्र धेरै देखाउने हो ।
– नाई, प्रेसरको औषधि शुरु नगरांै । फेरी जिन्दगीभर खानुपर्छ ।
– म नुन खान्न बरु, करेला पनि खान्छु । यसो गरेर हेरांै ।
– मलाई टाउको दुखेको छैन, रिस पनि उठ्दैन । मलाई प्रेसर देखेको होईन होला ।
– नेट (न्ययनभि) मा हेर्दा वाइन खाए प्रेसर घट्छ भनेको छ । म त्यही गर्छु ।
– प्रेसरको औषधिको धेरै नराम्रो असर छ । फलानोलाई प्रेसरको औषधि खाएपछि झन खुट्टा सुनिन
थाल्यो ।
– मेरो प्रेसर नर्मल भयो । अब औषधी खांँदिन ।

थाइराइड
– मेरो घाटीमा डल्ला आएको छैन । थाइराइडको समस्या नहोला ।
– म बन्दा, काउली खांँदिन । थाइराइड बढेपनि अहिलेनै औषधि शुरु
नगरौँ । शुरु गरेपछि सधैँ खानुपर्छ फेरी ।
– पुरुषलाई पनि कही थाइराइडको समस्या हुन्छ र ।
औषधि नियमित खाएको छु । बिहान बिर्सिने भएकाले धेरै जसो नास्ता गरेर खान्छु ।
– थाइराइडको समस्या त मोटो बिरामीलाई हुनुपर्ने, खाना रुच्दैन भन्थें । म त दुब्लो छु, भोक झन्
बढी लाग्छ ।
– पाठेघरको समस्याले होला महिनावारीमा धेरै रगत बगेको । थाइराइडले होइन ।
– गर्भवती भएँ । त्यसैले, आफैले औषधि बन्द गरेँ ।
– अब रिपोर्ट नर्मल आयो । औषधि नखाने डाक्टर साब ।
जाँड रक्सीका कारण देखिने जन्डिस
– जन्डिस भयो । अब पहेँलो खानेकुरा खानु हुदैँन ।
– उसले मैले भन्दा धेरै रक्सी खान्छ । उसलाई केही भएको छैन ।
– म रक्सी नखाइकन काम नै गर्न सक्दिन । तैपनि कम गरौँला । औषधि शुरु नर्गदिनु ।
– औषधि खाइरहेको छु । खाना राम्रो खाएको छु । अब त रक्सी खाना मिल्छ नि ।
– राम्रो ब्राण्डको रक्सीले हानी गर्दैन । वाइन र वियर मात्र त हो मैले पिउने । केही हुँदैन ।
– कहिलेकांँही पार्टीमा अनि साताको अन्य (ध्भभपभलम) मात्र त हो खाने । केही हुँदैन ।
– अब त जन्डिसको मात्र धेरै घटेको । अब रक्सी पिउन मिल्छ ।

माथि उल्लेखित मिथकहरु बारे जनमानसमा प्रष्ट्याउन निकै जरुरी छ । रोगको निदान पश्चात्
उपचार शुरु गर्नु अघि उचित समय दिएर बिरामीलाई परामर्श दिनु अत्यावश्यक ठान्दछु । कुनै पनि औषधिको काम गर्ने शैली, खाने समय औषधिका कारण देखिन सकिने प्रतिकुल असर, औषधि नियमित सेवन नगरेमा हुन सक्ने जटिलतामा साथै नियमित फलो–अप बारे बिरामी र उसको परिवारलाई सम्झाउनु एक कुशल डाक्टरको जिम्मेवारी पनि हो । यसका साथै, बिरामीको कौतुहलता मेट्दै खानपीन र जीवनशैलीमा ल्याउन आवश्यक परिवर्तन बारे पनि बताउन नितान्त: आवश्यक छ । “गुगल” गर्दै विभिन्न वेबसाइटमा राखिएका सामाग्रीका आधारमा औषधि सम्बन्धी निर्णय नगर्नु हुन बिरामी प्रति मेरो अनुरोध पनि छ।

(लेखक डा.सरोज पोखरेल जनरल फिजिसियनको रुपमा गण्डकी प्रदेशको राजधानी पोखरामा कार्यरत हुनुहुन्छ । )

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.