• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५० मिनेट 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ४ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ४ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ४ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ४ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै

  •  शनिबार, जेठ २७, २०८० मा प्रकाशित

जानकी । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।

दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकपछि उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराउनुभयो । रोजगारीका लागि भारत जानका लागि यहाँ आउनुभएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । अस्पतालमा १४ दिन आइसियु र दुई दिन वार्डमा बसेर उहाँले उपचार गराउनुभएको उहाँका बुबा हेमलाल आचार्यले बताउनुभयो । “माधव खतरामुक्त भएर घर फर्किए पनि अझै हिँड्डुल गर्न गाह्रो हुने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार छोरालाई अहिले पनि हातका औँला, हत्केला र पैताला जलन हुने गरेको छ ।

“खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौँ तर छोराको अवस्था भने सामान्य छैन,” आचार्यले भन्नुभयो, “माधव पहिलाको जस्तो सजिलै हिँड्डुल गर्न सक्दैन । जतिखेरै हातका औँला, हत्केला र पैताला पोलिरहेको छ मात्र भन्छ ।” बुबा हेमलालका अनुसार माधवको जलन भएको ठाउँमा निरन्तर पानी पट्टि लगाउनुका साथै मसाज गरिरहनु पर्दछ । सर्पले टोकेपछि उपचारका लागि रू एक लाख २० हजार खर्च भएको बुबा हेमलालले जानकारी दिनुभयो । भेरी अस्पतालमा उपचार गराउँदा भित्रबाट पाइने औषधि, आइसियु र वार्डको खर्चमा अस्पतालले छुट दिएको उहाँको भनाइ थियो ।

कामको सिलसिलामा बर्दियाको बाँसगढीमा इँटाभट्टामा काम गर्ने भारतीय नागरिक मोहम्मद हनिदलाई राति सुतिरहेको अवस्थामा करेट सर्पले टोकेको थियो । तेइस वर्षीय मोहम्मदलाई जेठ २० गते राति सर्पले टोकेको थियो । पाँच दिनको उपचारपश्चात् उहाँ बिहीबार निको भई घर जानुभएको छ । घर फर्कनुभएका मोहम्मदको पनि स्वाथ्य अवस्था सामान्य नभएको उहाँले काम गर्ने इँटाभट्टाका प्रमुख खगेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिँडाइमा पनि केही समस्या देखिएको छ ।

“अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको तीन दिन भयो । अस्पतालबाट आएदेखि उसको बोली सुस्त छ”, प्रमुख कँडेलले भन्नुभयो, “उसले अहिले पनि औषधि खाइरहेको छ ।” उहाँका अनुसार मोहम्मदको उपचारमा रू ६२ हजार खर्च भएको छ ।

यही जेठ ८ गते नेपालगञ्ज उपमहानगरपालिका-२३ जङ्गलसिंङ पुरुवाका २२ वर्षीया सहजरानी यादवलाई कोब्रा नाम गरेको सर्पले टोकेको थियो । उहाँलाई दिउँसो धारामा पानी पिउन जाँदा सर्पले टोकेको थियो । सहजरानी १० दिनको उपचारपछि निको भई घर फर्कनुभएको छ । उहाँको उपचारमा रू ३५ हजार खर्च भएको परिवारले जनाएको छ । उहाँले अहिले पनि औषधि खाइरहनु भएको उहाँका भाइले बताउनुभयो ।

अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । एक महिनाको अवधिमा तीनजना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा आचार्यले बताउनुभयो । उहाँका अनुसार गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

“विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौँ । उक्त समयमा विष लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौँ”, डा आचार्यले भन्नुभयो, “विष लागेको अवस्थाका बिरामीलाई उनीहरुको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई हप्तासम्म आइसियू र भेन्टिलेटरमा राखेर सुधार नहुुँदासम्म उपचार गर्छौँ ।” निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उहाँको भनाइ छ ।

आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आउनुभएका डा आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताउनुभयो । उहाँले सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झूल टाँगेरमात्र सुत्ने, भुइँमा नसुत्ने, घर वरपर भएको जङ्गल वा झाडीलाई सफा बनाई राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेरमात्र खोरको चेकजाँच गर्ने, घरमा मुसा छन् भने मुसालाई नियन्त्रण गर्नेलगायत भएको बताउनुभयो ।

बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीनजना सर्पदंशका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताउनुभयो । उहाँले विष लागेका दुईजनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर हुनुहुन्छ ।

जानकी गाउँपालिका-६ का रमावती भाटालाई विषरहित सर्पले टोकेकाले उहाँलाई केन्द्रबाटै प्रारम्भिक उपचार गरी घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए । समुदाय र नेपाल आर्मीको सहकार्यमा स्थानीयलाई सर्पदशं सम्बन्धी उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पनि जेठमा दुई जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-८ जिरो बजारकी पप्पीकुमारी बोहोरालाई सर्पले टोकेको थियो । “पप्पीलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिए पछि १० घन्टाको निगरानीपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठाएका हौँ”, उहाँले भन्नुभयो ।

सोही केन्द्रमा सर्पदंशको उपचार गर्न राप्तिसोनारी गाउँपालिका-१ कुसुमकी कमला वली जेठको २३ गते आउनुभएकी अहेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार वलीलाई विषालु सर्पले नटोकेकाले विष लागेको कुनै लक्षण नदेखिएपछि १० घन्टा निगरानीमा राखेपछि घर फर्काइएको थियो । पाण्डेका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गर्मी याममा बढी सर्पदंशका बिरामी आउने भन्दै यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ थियो । राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ ।रासस

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.