• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

नब्बे वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…

  •  सोमबार, जेठ २९, २०८० मा प्रकाशित

टक्सार (भोजपुर)। गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुग्नुभएका मचिन्द्र राईका लागि वरदान साबित भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने हुनुभयो । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न पनि समस्या हुँदै आइरहेको थियो ।

विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोग लिएर नेपाल नेत्र ज्योति सङ्घ, आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा अन्नपूर्ण बागधन रनदीपा राई माविमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ५४ जना आँखा देख्न सक्ने हुनुभयो । भोजपुरका ग्रामीण क्षेत्रहरु अन्य रोगको तुलनामा आँखा रोगीको सङ्ख्या धैरे देखिने गरेकाले गाउँस्तरीय शिविरलाई पहिलो प्राथमिकतामा राखिएको उपचार केन्द्रका प्रमुख विजय तामाङले बताउनुभयो ।

आर्थिक अवस्था र विविध कारणले वर्षौँदेखि आँखाको समस्या झेल्न बाध्य नागरिकलाई आफ्नै पालिकामा सञ्चालन भएको शिविरले लाभ पुर्याएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । अध्यक्ष बस्नेतले भन्नुभयो, “शिविरले हाम्रा वृद्ध आमाबुबालाई पुनः स्पष्ट देख्ने बनाएको छ, योभन्दा खुसीको कुरा के हुन्छ ।”

सिबिएम ग्लोबल विराटनगर, आँखा अस्पताल विराटनगर रानीको प्राविधिक सहयोगमा टेम्केमैयुङ गाउँपालिकाको नौवटै वडाबाट आएका एक हजार तीन सय जना बिरामीको जाँचपछि उपचार गरिएको छ । जसमा ५४ जनाको सफल मोतियाविन्दुको शल्यक्रियासमेत गरिएको छ ।

“हामी वृद्धावृद्धालाई पुनः दोस्रो जन्म पाएको जतिकै भएको छ, गाउँमै उपचार पाएपछि दुवै आँखाले स्पष्ट देख्न सक्ने भएका छौँ ।” टेम्कैमैयुङ गाउँपालिका–४ का ८६ वर्षीय प्रेमबहादुर राई खुसी हुँदै भन्नुहुन्छ । उहाँको शिविरमा देब्रे आँखाको शल्यक्रिया भएको थियो । यस्तै, ७९ वर्षीया शुभद्रा बुढाथोकी पनि शिविरमा शल्यक्रियाको सेवा पाएकामा खुसी हुनुहुन्छ ।

विपन्न र दुर्गम भेगका अशक्त नागरिकलाई लक्षित गरी भोजपुरमा निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्ररोग विशेषज्ञ डा युगान्तिका खत्रीको भनाइ रहेको छ । डा खत्रीले भन्नुभयो, “भोजपुरका ग्रामीण विपन्न र अशक्त नागरिकका लागि सहज उपचार सेवा दिन हामीले शिविर सञ्चालन गरेका हौँ, ग्रामीण भेगका वर्षौँदेखि आँखाका समस्या लिएर आउने बिरामीलाई हाम्रो टोलीले सफल उपचार गरेको छ ।”

दुर्गमका नागरिकलाई ठूला अस्पताल जाँदा आइपर्ने महँगो खर्च र सास्ती यो शिविरले कम गरेको छ । गाउँमै निःशुल्क ठूला उपचार पाउनु स्थानीयका लागि अवसर हो । आँखाका रोगीहरुको सङ्ख्या ग्रामीण क्षेत्रमा बढी देखिएकाले सबै क्षेत्रमा शल्यक्रिया सहितको शिविरहरु क्रमिकरुपमा सञ्चालन गरिँदै लगिने नेपाल नेत्रज्योति सङ्घ भोजपुरले जनाएको छ । रासस

सोमबार, जेठ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.