• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १३ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १८ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १८ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १८ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

‘रगत अभावमा कोही मर्न नपरोस्’

  •  बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

काठमाडौँ ।वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन । नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ ।

रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन् । रक्तदान गर्नाले अरूको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्ति स्वयम्को शरीरसमेत स्वस्थ रहन्छ भन्ने जानकारीको अभाव रहेको छ । सामान्यतः १८ देखि ६० वर्षसम्म उमेर र ४५ किलोग्रामभन्दा बढी तौल भएका साथै सबै शारीरिक र हेमाटोलोजिकल मापदण्ड पूरा भएको तथा शरीरमा रगत न्यूनतम् तीन सय ५० मिलिलिटर भएका जो कोहीले पनि रक्तदान गर्न सक्दछन् ।

सामान्यतयाः एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुन्छ । जबकि रक्तदानको समयमा भने एक युनिट अर्थात् चार सय ७० मिलिमिटर रगतमात्र निकाल्ने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशतमात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा रक्तदातालाई भने कुनै हानि गर्दैन । एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको एक सय २० दिनभित्र उक्त रगत स्वतः नष्ट हुने गर्छ । सोही रगत अरूलाई दान गर्दा व्यक्तिको शरीरमा छिटोछिटो रगतको उत्पादन हुने गर्दछ ।

नेपाल स्वयम्सेवी रक्तदाता समाज अध्यक्ष प्रेमसागर कर्माचार्य स्वयम्सेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरू पीडित बिरामीहरूसमक्ष गुणस्तरीय परीक्षणपश्चात् निःशुल्क उपलब्ध एवं वितरण नगरेसम्म व्यापार नै हुने बताउनुहुन्छ । सरकारले स्वयम्सेवी रक्तदाताहरूद्वारा दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूमा गरिएको शुल्क निर्धारणले स्वयम्सेवी रक्तदाताहरूको मनोबलमा प्रतिकूल असर पुगेको उहाँको भनाइ छ ।

देशका प्रमुख अस्पतालहरुमा जटिल रोगहरुको उपचार सम्भव एवम् सुविधामा आएको अभिवृद्धिका साथै दिनहुँ बढ्दै गइरहेको दुर्घटना तथा प्राकृतिक विपद् लगायतका कारणले रगतको मागमा अत्यधिक वृद्धि भइरहेको छ । चोटपटक लागेका बिरामी, दुर्घटनामा परेका व्यक्ति, आपत्कालीन एवम् प्रकोपका बेला, बच्चा र गम्भीर रक्तअल्पत्ता भएका वयस्कहरू, रक्तस्रावसँग सम्बन्धित बच्चाहरु, उन्नत शल्यप्रक्रियामा रहेका बिरामीहरू, गम्भीर रक्तअल्पता भएका गर्भवती आदिलाई रगत आवश्यक पर्दछ । सुरक्षित रगतले प्रत्येक वर्ष लाखौँ मानिसको ज्यान बचाउन सकिन्छ ।

पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ । दैनिक रुपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको सङ्ख्या बढ्दो छ । तर मागअनुसार आपूर्ति भने निकै कम छ । यसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन । अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन् । काठमाडौँमा पाँच÷छ सय पिन्ट रगतको माग हुने गर्दछ । शनिबार करिब ३०÷४० वटा शिविरहरु सञ्चालदन हुने हुँदा धेरै परिणाममा रक्तदान हुने भएकाले त्यसले दुई÷तीन दिनलाई पुगे पनि बाँकी दिन अभाव नै हुने गरेको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) का केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति बताउनुहुन्छ ।

विज्ञानले हालसम्म पनि रगतको विकल्प पत्ता लगाउन नसकिएरहेको सन्दर्भमा बिरामीलाई रक्तसञ्चारको आवश्यकता भएमा स्वसेवी रक्तदाताहरुबाटै सुरक्षित रक्तदान गराउनुको विकल्प छैन । अहिले पनि रक्तदाताहरुको दानबाट नै बिरामीले रगत पाइरहेका छन् र जीवन बचाइरहेका छन् । रगत दान गर्ने प्रत्येक व्यक्तिले रगत दिनुअघि साधारण शारीरिक परीक्षण र रगत परीक्षण पूरा गर्नुपर्छ । व्यक्तिको रक्तचाप, शरीरको तापक्रम, मुटुको दर, हेमोग्लोबिन वा फलामको स्तर सामान्य सीमाभित्र हुनुपर्ने प्रजापति बताउनुहुन्छ ।

चिकित्सकहरुका अनुसार चिसो, फ्लु, घाँटी दुखाइ, पेट सङ्क्रमण भएका व्यक्तिहरू, ट्याटु वा शरीर छेड्ने व्यक्तिहरूले भर्खर प्रक्रियाको दिनदेखि छ महिनासम्म रगत दान दिन सक्दैनन् भने १३ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका पुरुष र १२ ग्राम प्रतिडिसीलिटर एलभन्दा कम एच बी भएका महिलाले रक्तदान गर्न सक्दैनन् ।

यसैगरी, एचआइभी सङ्क्रमित व्यक्ति, रिक्रिएसनल औषधिहरुको प्रयोग गर्ने व्यक्ति, गर्भवती र स्तनपान गराउने महिलालाई बच्चा जन्माएको नौ महिनासम्म रक्तदान गर्न अनुमति छैन । सुरुसुरुमा स्वयम्सेवी रक्तदाताहरुको कमी हुँदा बिरामीका आफन्तहरुले आफ्नो मान्छेका लागि बाध्यताले रगत दिन्थे भने पैसा तिरेर पेसेवर रक्तदाताहरुबाट रगत खरिद गरिन्थ्यो । नेपालमा स्वयम्सेवी रक्तदानको सुरुआत २००० सालमा स्व दयावीर कंसाकारले गर्नुभएको थियो । पछि २०२३ सालमा वीर अस्पतालमा लक्ष्मी ब्लड बैंकको स्थापना भई नेपालको राष्ट्रिय रक्तसञ्चार सेवा सुरु भएको थियो । स्वयम्सेवी रक्तदाता तथा रक्तदान गर्ने संस्थाहरुसँग स्वयम्सेवी रक्तदाताको अभाव, रक्तदानको प्रचारप्रसार नहुँदा तिनै पेसेवर रक्तदाताहरुको सहारा लिनुपर्ने बाध्यता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीले २०३३ सालमा रक्तसञ्चार सेवा केन्द्र काठमाडौँ स्थापना गरी यसअन्तर्गत विभिन्न जिल्लामा संस्थागत रुपमा रक्तदान कार्यलाई अगाडि बढाएको थियो । पछि बिरामीलाई स्वच्छ तथा स्वस्थ रगत उपलब्ध गराउन सहयोग पु¥याउनका लागि काठमाडौँ उपत्यकाका स्वयम्सेवी रक्तदान गर्ने विभिन्न सङ्घसंस्थालाई सङ्गठित गरी २०४६ सालमा ब्लड डोनर्स क्लबको स्थापना गरी २०४९ सालमा ब्लोदानको स्थापना गरियो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष प्रजापतिले केन्द्रले विभिन्न राष्ट्रिय÷अन्तरराष्ट्रिय सङ्घसंस्थाहरुको सहकार्यमा रगतसम्बन्धी जनचेतनालगायत अन्य गतिविधिहरु निरन्तर सञ्चालन गर्दै आएको र यस वर्ष पनि विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको बताउनुहुन्छ । ‘रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस्’ भन्ने मूल उद्देश्यका साथ विभिन्न कारणहरुले रगत आवश्यक परेका बिरामीहरुलाई विना शोधभर्ना स्वस्थ रगत सहजरुपमा रगत उपलब्ध गराउन ‘बिना शोधभर्ना बिरामीलाई रगत उपलब्ध गराउन स्वयम्सेवी रक्तदान अभियानमा सहभागी होऔँ’ भन्ने मूल नाराका यस वर्ष विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको उहाँको भनाइ छ ।

रगतको अभावले ज्यान गएको छैन । आफन्त साथीभाइ र सामाजिक सञ्जालमार्फत बिरामीले आवश्यक पर्दा रगत प्राप्त गर्न सकेका छन् । सरकारले यस वर्ष पनि डेङ्गुको जोखिम आउनसक्ने बताएकाले अहिलेदेखि नै रगतको अभाव हुन नदिन उच्च सतर्कता देखाउनुपर्ने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेल बताउनुहुन्छ । उहाँका अनुसार रेडक्रसको देशभरिको तथ्याङ्क हेर्दा १४ प्रतिशत शोधभर्नाबाट रगत प्राप्त भइरहेको छ भने ८६ प्रतिशत शिविर र स्वयम्सेवीहरुबाट भएको छ । राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा शत्प्रतिशत नै स्वयम्सेवी रक्तदाताहरुबाट हुनुपर्ने व्यवस्था रहेकाले स्वयम्सेवी रक्तदाताको सङ्ख्यात्मक वृद्धिसँगै उनीहरुलाई तीन÷तीन महिनाको अन्तरमा रक्तदान गर्न उत्पे्ररित गराउनुपर्ने हुन्छ । नीति बनेको १० वर्ष भइसक्दा पनि यसम्बन्धी कानुन नहुँदा धेरै समस्या रहेको पौडेल बताउनुहुन्छ ।

‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस विश्वभर मनाउन विश्व स्वास्थ्य सङ्गठनले आह्वान गरेअनुरुप ब्लोदानले पनि यही जेठ २४ देखि ३१ गतेसम्म रक्तदान विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा ए, बी, ओ रक्त समूह पत्ता लगाउने नोवेल पुरस्कार विजेता महान् वैज्ञानिक डा. काल्र्स ल्यान्डस्टेनरको जन्मदिन जुन १४ को अवसर पारी सन् २००४ देखि सप्ताहव्यापी रुपमा मनाउन सुरु गरिएको हो ।

बुधबार, जेठ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.