• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

आँबुखैरेनीमा स्वास्थ्य सुविधा विस्तार गरिँदै

  •  बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित

तनहुंँ ।तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् ।

गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ ।

स्थानीय तहको निर्वाचनका बेला जनतामाझ जाँदा स्वास्थ्य क्षेत्रमा केही काम गर्छौँ भनेर प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता पूरा गर्न स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । स्वास्थ्य क्षेत्रलाई विस्तार गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन काम गर्छौँ भनेर लागिपरेका छौँ ।”

अध्यक्ष चुमानका अनुसार गाउँपालिकासँगै रहेको स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा विस्तार गरी सञ्चालन गरिएको छ । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान भइरहेको छ । उहाँले भन्नुभयो, “एक/डेढ वर्ष पहिला भिडियो एक्सरे गर्नु परे चितवन जानुपर्ने अवस्था थियो । निर्वाचनका बेला स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका थियाँै । एक वर्षमा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा स्तरोन्नति गरी सेवा दिइरहेका छौँ ।”

अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले आफ्नै स्रोतमा एमडिजिपी चिकित्सक(विषयगत विधाका विशेषज्ञ चिकित्सक) नियुक्त गरेको छ । “एमजिडिपी डाक्टर गाउँपालिकाले राख्न सक्छ भनेर खिस्सीटिउरी गर्थे । अहिले पालिकाको पहलमा अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ सञ्चालित अस्पतालबाट बिरामी बाहिर लैजानपरे गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष चुमानले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै आवश्यक परे विकास बजेट घटाएर स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताउनुभयो । “हामी बरु भत्ता नलिउँला, तर स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौँ”, उहाँको भनाइ थियो । अहिले अस्पताल सञ्चालनका लागि केही रकम लिनपरेको भन्दै निकट भविष्यमा अस्पतालबाट उपलब्ध हुने सेवालाई निःशुल्क बनाइने चुमानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही बाध्यताका कारण उपचारका लागि केही रकम लिनुपरेको छ । औषधि किन्ने बेला गाह्रो भइरहेको छ । चाँडोभन्दा चाँडो अस्पताललाई बीमामा सूचीकृत गराउन प्रयासरत छौँ ।” गाउँपालिकाले निकट भविष्यमा शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरिरहेको अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी, एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले केही दिन अघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष चुमानले बताउनुभयो । केन्द्र सञ्चालनमा आएसँगै आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ थियो ।

आँखाको उपचारका लागि आँबुखैरेनी गाउँपालिकासँगै छिमेकी जिल्ला गोरखा, बन्दिपुरलगायतका बासिन्दालाई भरतपुरसम्म जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । आँबुखैरेनीमा आँखा उपचार केन्द्र स्थापनापछि सबैलाई सहज भएको उहाँको भनाइ थियो ।

भरतपुर आँखा अस्पतालसँग गरिएको सम्झौता अनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुई कोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि पाँच वर्षसम्म वार्षिक रू छ लाखका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिने सम्झौतामा उल्लेख गरिएको छ ।

“आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पतालको सहकार्यमा ओपिडी टिकट र केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारको लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ”, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भन्नुभयो । उहाँका अनुसार केन्द्रमा एकजना सहायकस्तरको कर्मचारी राखिएको छ । “केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक औजार, उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेशनरीलगायत सामान उपलब्ध गराउने छ”, उहाँले भन्नुभयो ।

केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने सहमति भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकता अनुसार स्रोतसाधन जुटाइ कम्तीमा वर्षमा एक पटक निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।

आँखा उपचार केन्द्र सञ्चालन गर्न गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नेपाल नेत्रज्योति सङ्घका प्रतिनिधि, गाउँपालिकाका महिला सदस्य, आँखा उपचार केन्द्र रहेको वडाका अध्यक्ष, भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक, स्थानीय लायन्स क्लबका सदस्य सम्मिलित समिति गठन गरिएको छ । रासस

बिहिबार, जेठ ३२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.