• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

मधेश प्रदेशमा मुटु शल्यचिकित्सकको जनशक्ति र सेवाको अवस्था

  •  शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

मधेश प्रदेशमा मुटु शल्यचिकित्सकको जनशक्ति र सेवाको अवस्था

बाल्यकालमा स्कुलबाट घर जांँदै गर्दा मोटरसाइकल दुर्घटना भएर मान्छे ठाँउको ठाँउनै मरेको देख्दा म डाक्टर बनेर मान्छे बचाउँछु भन्ने उद्धेश्य मनमा लिएर सन २००३ मा नेशनल मेडिकल कलेजमा MBBS को लागि भर्ना भएंँ । पढाई संगै खेलकुद गर्दा गर्दै हामी सबैको MBBS पनि सकियो । यसै क्रममा मुटु विभागमा काम गर्दै जाँदा मलाई सर्जन बन्ने ईच्छा जाग्यो । सो ईच्छालाई पुरा गर्न म सन २०११ मा पाकिस्तानमा नाम निकालेर सिटिभिएस सर्जरीमा भर्ना भएंँ । अनौठो र अचम्मले भरिपुर्ण यो विधाको आफ्नो विषेशताहरु थिए ।

सन २०१७ मा आफ्नो पाकिस्तानको परीक्षा उत्तिर्ण गरी पुनः आफ्नो पहिलेको कर्मथलो नेशनल मेडिकल कलेज आईपुगंँे । बाहिर पढेको अनुभव एवंँ बाहिर गरेको कामहरुको अनुभव लिएर मैले आफ्नो कामको शुरुवात गरेंँ ।

सामान्य उपचारको लागि पनि भारत, चितवन र काठमाडौं जाने बिरामीहरुलाई अब वीरगंजमै मुटुको शल्यक्रिया सफल हुन्छ भनेर भन्दा कोही बिरामीले मानेनन् र साना अप्रेशन भए पनि गर्छु भन्दा एक वर्ष ६ महिनाको प्रयासपछि बल्ल हामीले पहिलो बिरामी भेट्यांै । बिरामी भेटेपनि यसमा धेरै समस्याहरु थिए । Cardiac Anesthesia मा अनुभव भएको मान्छे, हार्ट– लग मसिन चलाउने मान्छे (Pesfusionist) साथै एउटा मेरो अर्को सहायक (2nd, 3rd surgeon) ,सबै कुराको कमीहरु थिए । जटिल शल्यक्रिया भएको हुनाले जनशक्ति जम्मा गर्ने गाह्रो जिम्मेवारी मेरै कांँधमा थियो ।
“चुनौती बिना कुनै काम हुदैन” मेरो बुवाले भन्नु हुन्थ्यो । शायद वहाँले म हतोत्साही भएको देख्नु भएर होला,मैले आफ्नो साथी KB लाई कल गरे । त्यस बेलामा COMS मा काम गर्दै थियौं । उ र म दुबैजना सँगै पाकिस्तानमा सँगै सिटिभिएस सर्जरी पढेको। उसले तिमी नआत्तिनु, म आउंँछु भनेपछि मेरो एउटा समस्या सकियो । बिस्तारै Cardiac Anesthesia मा एक जना दाई आउने हुनु भयो र त्यँहा संँगै Perfusionist पनि आउने भए । एउटा डाँडा चढेर माथि पुगेको जस्तै अनुभव थियो यो NMC मा पिजीको विद्यार्थी पनि हंँुन्थे । ३–४ जनामा उनीहरु र एक दुई जना लेकचरर हरु संँगै मिलेर हामीले पहिलो बाइपास सर्जरी वीरगंजमा ग¥यौं । हाम्रो आमाले जहिले भन्नु हुन्थ्यो, पहाड चढ्न नसके पनि पहिलो कदम लिनु पर्छ । र यो हाम्रो बिरामीको उपचार राम्रोको लागि पहिलो कदम थियो।

मदेश प्रदेशमा मुटुरोगको अवस्था ः

हरेक वर्ष ८ लाख नयांँ मुटरोगी बिरामीहरु थपिने क्रम जारी छ । यो कुरामा नेपाल पनि अछुतो भने छैन । नेपालमा पनि हरेक वर्ष एकलाख नयाँ मुटु रोगी बिरामी थपिने क्रम भने जारी नै छ । हालमा हामीहरुले हेर्दा पनि हप्तामा ४–५ जना नयांँ मुटुको शल्यक्रिया हुने बिरामी हेरी नै रहेका हुन्छौं ।

मुटुरोग लाग्नुको मुख्य कारण ः

उच्च रक्तचाप
उच्च कोलेस्ट्रोल
खैनी, चुरोटको प्रयोग
मधुमेह
मोटोपन
बुवा आमा मुटुरोगको समस्या भएको समस्या भएको (पारिवारिक History)
नुन धेरै मात्रामा खांँदा

मुटुरोग विशेषज्ञ सम्बन्धी जनशक्तिको अवस्था ः

हाल सम्ममा मुटु शल्यचिकित्सकको संख्या ५० सम्म होला सो मध्य काठमाडांै बाहिरमा चितवन, पोखरा, वीरगंज, धरान, विराटनगरमा मात्रै १० देखि १५ जना चिकित्सकहरु बाहिरी भागमा काम गरिरहेका छांै । निकट भविष्यमा अरु पनि बाहिर आएर सेवा सुचारु गर्नुु हुनेछ ।

उपचार गर्ने प्रविधि सहित संस्थागत विकास ः

केन्द्र सरकार र स्थानीय सरकारले दरबन्दी नखुलाउनु, ठाउँ– ठाउँमा दक्ष जनशक्तिको पद खाली रहेको हुनाले पनि मुटुरोगी अन्यौलमा परेका छन । स्वास्थ्य बीमा नीति भएता पनि सम्पुर्ण नेपालीले यो सुविधाबाट वञ्चित नै भएर बांँच्नु परेको छ ।

पेशा विस्तार गर्न सरकारको दुई केन्द्रहरु छन । मनमोहन कार्डियो – थो¥यासिक सर्जरी Cardio Thoracic Surgery विश्वविद्यालयको मातहत अन्तर्गत वीर अस्पतालको मातहतमा आफ्नै कार्यक्रम छन तर फितलो व्यवस्थापन छ । नयां चिकित्सकलाई प्रेरणा गर्न नसकेको सरकारी नीतिले गर्दा अहिले यी दुबै संस्थामा सिट खाली हुने गरेको छ ।

मुटु शल्यचिकित्सा सेवाहरु

अहिले हामीले बाइपास सर्जरी (CABG), भल्भ सर्जरी (Value Replacement) ASO, VSD),खुट्टाको नशा फुलेको (Varicose vein), नशाहरु चंँुडिएको जोड्ने (Arterial Anastonosi, Dialysis) गर्ने बिरामीहरुमा फिस्टुला (AV Fistula) बनाउने (Chest Tube Dranage) फोक्सो जमेको पानी निकाल्ने (Chest Tube Dranage) साथै नशाको कारणले जीर्ण खुट्टा–हात काट्ने (Amputation) जस्ता विभिन्न सर्जरी गर्दै आएका छांै ।

चुनौती र सम्भावना ः

पहिला जस्तो चुनौति नभएपनि हरेक दिन चिकित्सकको लागि नयाँ चुनौति जस्तै हो । पहिले टिम बनाउने चुनौति थियो भने अहिले बिरामीलाई मुटुरोग सम्बन्धी बुझाउने, यसका कारणले हुन सक्ने बेफाइदाहरुको बारेमा अवगत गराउने मुटुरोग कसैलाई पनि हुन सक्ने र पैसा पनि प्रशस्त खर्च हुने हंँुदा मुटुरोग भएपनि बिरामीहरु अप्रेशन गराउन मान्दैनन । हाम्रो परिप्रेक्ष्यमा सम्पुर्ण महिलाहरु गर्भवती अवस्थामा डाक्टर भेट्नु पर्ने, आईरन चक्कीहरु खानुपर्ने, कुराहरु नबुझ्नाले बालबालिकामा हुनजाने मुटुरोगहरु उचित ढंगले मापन हुन सकेको छैन ।

सरकारी बीमा उपलब्ध नहुनु र नर्सहरु विदेशीकरणले गर्दा हुने अभावहरु जस्ता अहिलेका ज्वलन्त चुनौतिहरु हुन । अझै पनि संभावना यो विधामा भने कम छैन । हामी प्रयास गरिरहेका छौं र यसको लागि हामी विभिन्न क्याम्पहरु आयोजना गर्ने काम भने जारी नै छ । हामी सबैको साझा नारा “स्वस्थ नेपाल, स्वस्थ मुटु”

(लेखक डा.महमद अफ्रोज अन्सारी वीरगंजमा रहेको नेशनल मेडिकल कलेजमा युवा मुटु शल्यचिकित्सक रुपमा कार्यरत हुनुहुन्छ । )

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.