• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गा

  •  आइतबार, असार ०३, २०८० मा प्रकाशित

दोधारा, चाँदनी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भरपर्दो उपचार नपाएर ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक छ । सामान्य बिरामी भए पनि उपचारका लागि धनगढी, कोहलपुर र काठमाडौँ तथा भारत लैजानुपर्ने अवस्था छ ।

उपचारका लागि कैलाली र कञ्चनपुर लैजाँदा बाटोमै ज्यान जान्छ । भरपर्दो सडक नहुँदा समयमै अस्पताल पु¥याउन सकिँदैन । सरकारले हालै डडेल्धुरा मेडिकल कलेज घोषणा गरेर काम अगाडि बढाएपछि यहाँका जनताको आशा पलाएको छ । यहाँका जनताले डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छन । मेडिकल कलेज सञ्चालनमा ल्याउन सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भइ काम अघि बढिसकेको छ ।

डडेल्धुराका चेतन बोहराले डडेल्धुरा मेडिकल कलेज सुदूरपहाडका लागि कोसेढुङ्गाको रुपमा हेरिएको बताउनुभयो । “बिरामी पठाउने डडेल्धुराले यहाँबाट चिकित्सक उत्पादन गर्ने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो–“दार्चुला, बैतडी, बाजुरा, डडेल्धुरा, बझाङ, डोटी र अछामका जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन ।” सरकारले घोषणा मात्रै गर्ने तर काम गर्न ढिलाइ गर्ने गरेको उल्लेख गर्दै बोहराले स्वास्थ्य जस्तो संवेदनशील विषयमा ढिलाइ गर्न नहुने बताउनुभयो ।

“सरकारले मेडिकल कलेज बनाउने घोषणा गरेर ठुलो आशा देखाएको छ”, उहाँले भन्नुभयो–“मेडिकल कलेज सञ्चालनमा ढिलाइ नहोस ।”

सुदूरपश्चिममा मेडिकल कलेज सञ्चालनमा ल्याउनसके छिमेकी मूलुक भारतबाटसमेत यहाँका विद्यार्थी आउने ठूलो सम्भावना रहेको आर्थिक विश्लेषक गोकर्ण अवस्थी बताउनुहुन्छ । “सुदूरका पहाडी जिल्लामा सडकको सुविधा भए बिरामीलाई सहज हुन्छ”, उहाँले भन्नुभयो–“यहाँ न्यून शुल्कमा मेडिकल कलेज र अन्य इञ्जीनीयरिङका विषयका कलेज सञ्चालन गर्ने सके छिमेकी मुलुकबाटसमेत विद्यार्थी आउने ठूलो सम्भावना छ, विशेषगरी सुदूरपश्चिमको पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउनेछन् ।”

डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुने र प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने उहाँको भनाइ छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले कलेज सञ्चालनमा ल्याउनका लागि पाठ्यक्रम निर्माण, भौतिक संरचना निमार्णलगायत काम अघि बढेको बताउनुभयो ।

“डडेल्धुरामा मेडिकल कलेज सञ्चालनपछि सुदूरपहाडका यहाँका जनताको स्वास्थ्य सेवामा पहुँच हुनेछ”, उहाँले भन्नुभयो–“पहाडी भेगका जनताले सहजरुपमा स्वास्थ सेवा पाउनेछन ।” उहाँले अहिले दार्चला, बाजुराका जनताले चौध÷पन्ध्र घण्टा यात्रा गरेर मात्रै स्वास्थ्य सेवा पाउने गरेको उल्लेख गर्दै डडेल्धुरामा मेडिकल कलेज सञ्चालनपछि सात÷आठ घण्टाको दुरीमा स्वास्थ्य सेवा पाउने बताउनुभयो ।

“यहाँका विद्यार्थीले घर आँगनमै सरकारी शुल्कमा स्वास्थ्य शिक्षा पाउनेछन”, जोशीले भन्नुभयो–“हामीले यसै शैक्षिक सत्रदेखि भर्ना गर्ने गरी काम अगाडि बढाएका छौँ ।” उहाँले मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडामा ८४ रोपनी जग्गा प्राप्त भइसकेको जानकारी दिनुभयो ।

डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा हाल दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको छ । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति जोशीले बताउनुभयो । “बोलपत्र आह्वान गरेर डिपीआर निमार्णको प्रक्रिया अघि बढिसकेको छ ।”

उहाँले भन्नुभयो–“मेडिकल कलेजमा पाँच विषयको अनुमति लिनेछौँ । तत्काललाई दुई विषयको मात्रै अध्ययन हुन्छ ।” अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा छ त्यसलाई थप गरेर सुरुवातमा तीन सय शय्याको अस्पताल सञ्चालन हुने उहाँले बताउनुभयो । सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्ने निर्णय गरेपनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुनसकेको थिएन ।

डडेल्धुरा मेडिकल कलेजका डीन डा हेमनाथ जोशीले अहिले डडेल्धुरा क्षेत्रीय अस्पतालमा सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताउनुभयो । “अस्पतालको भवन निर्माण भइरहेको छ । अझै आठ÷नौ महिना समय लाग्छ ।” उहाँले भन्नुभयो–“स्नातकतहको अध्ययनका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र पठाइसकेका छौँ ।” उहाँले चिकित्सा शिक्षा आयोगबाट अनुमति पाए आउँदो फागुन÷चैतदेखि विद्यार्थी भर्ना गर्ने तयारी भइरहेको बताउनुभयो । रासस

आइतबार, असार ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.