• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

योगाभ्यासमा आकर्षण बढ्दै

  •  बुधबार, असार ०६, २०८० मा प्रकाशित

रामपुर (पाल्पा) । दैनिक योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र फुर्तिलो हँुदै गएको रामपुरकी विन्दु श्रेष्ठ बताउनुहुन्छ । उहाँ नियमित बिहान दुई घण्टा योग कक्षमा बसेर योगाभ्यास गर्नुहुन्छ । यहाँस्थित पतञ्जली योग समितिले दैनिक योगाभ्यास गराउन थालेपछि हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सहभागी भएर योग गरिरहेको श्रेष्ठ बताउनुुहुन्छ ।

“योगाभ्यास गर्न थालेपछि शरीर स्वस्थ र तन्दुरुस्त बनेको छ, फूर्तिलो भइँदोरहेछ, मानव शरीरलाई योगाभ्यास अति आवश्यक रहेछ” उहाँ भन्नहुन्छ । टाउको दुख्ने, र शरीरका भाग दुख्नेजस्ता विभिन्न समस्या योगाभ्यास गर्न थालेपछि हट्दै गएको श्रेष्ठको अनुभव छ । खाना रुच्ने, शरीर फूर्तिलो हुने र निरोगी बनाउने हुँदा अरुलाई पनि योग गर्न उहाँ सुझाव दिनुहुन्छ ।

फुर्सदको समयमा हरेक दिन योग कक्षमा बसेर योगाभ्यास गर्दै आइरहेको बताउनुहुन्छ, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ पनि । दैनिक योग गर्न थालेपछि दिनभरको काम र हिँडाइको थकान नहुने उहाँको भनाइ छ । “घरमै बसेर पनि योगाभ्यास गर्न सकिन्छ, स्वास्थ्यलाई निरोगी बनाउन योग दैनिक जीवनमा अति महत्व रहेको बताउँदा पनि यसलाई कतिपयले महत्व दिँदैनन्” सदस्य श्रेष्ठ भन्नुहुन्छ, “हरेक बिहान दुई घण्टा योग ग¥यौँ भने, दिनभरको थकान र कामको बोझ हटेर जानेछ ।”

पतञ्जली योग समितिले हरेक दिन बिहान पाँच बजेदेखि सात बजेसम्म योगाभ्यास कक्षा सञ्चालन गर्दै आइरहेको छ । रामपुर आयुर्वेद अस्पताल, किसानवारी योगकक्ष र रेशम सभाकक्षमा पनि सामूहिकरूपमा योग सिकाइन्छ । योगकक्षमा पुगेर योगाभ्यास गर्ने दैनिक करिब एकसय रहेका छन् । योगको सबैजसो विधि सिकाइने भएकाले नियमित कक्षा अगाडि बढिरहेको छ ।

रामपुरमा विसं २०७० देखि नियमित योग कक्षा चलिरहेको छ । पतञ्जली योग समितिका जिल्ला अध्यक्ष सुदीप गैरे तथा सदस्यहरू सूर्यप्रसाद श्रेष्ठ र राजेन्द्र ढकालले योगभ्यासका विधि सिकाउँदै आउनुभएको छ । पछिल्लो समय योगाभ्यासमा स्थानीयवासीको आकर्षण बढ्दै गएको रामपुर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “सुरुमा कक्षा चलाउँदा योग सिक्ने अति कम थिए, हिजोआज त योग सिक्न आउने बढ्दै गएका छन्, सिक्दै जाँदा शरीर फुर्तिलो र निरोगी हुन थालेपछि नियमित अभ्यास गर्ने बढ्दै गएको पाइएको छ” । नियमित अभ्यास गर्दै जाँदा टाउको दुख्ने, हाडजोर्नी दुख्ने, ग्याष्टिकजस्ता रोग निको हुँदै गएको सहभागीहरू बताउँछन् । नियमित अभ्यासले रोग कम हुँदै गएपछि भगवती गौतमले अस्पतालका औषधि प्रयोग गर्न छाड्नुभएको छ । योगाभ्यास गर्नुअघि उहाँले औषधोपचारमा धेरै धनराशि खर्च गर्दै आउनुभएको थियो ।

उपचारका लागि भरतपुर, बुटवल, काठमाडौँलगायत धेरै अस्पतालमा धाउँदा पनि व्यथा भने ज्यूँका त्यूँनै रहेकामा अहिले योग गरेपछि रोग निको भएको भगवती बताउनुहुन्छ । अभ्यास गर्ने स्थानको अभावमा वडा र टोल–टोलमा योग विस्तार गर्न कठिन भएको छ । योगाभ्यासमा नियमित आउने व्यक्तिमा मोटोपन, ढाड तथा कम्मर दुख्ने, पिनास, अत्यधिक टाउको दुख्ने र माईग्रेन समस्या हट्दै गएपछि अहिले धेरैको आकर्षण पनि बढ्दै गएको छ ।

योगाभ्यासले शरीरलाई स्वस्थ र फुर्तिलो मात्र नभइ प्यारालाइसिसजस्ता रोग पनि निको बनाउँछ भन्ने कुरामा पहिले विश्वास नगर्ने व्यक्ति पनि अहिले सत्य सावित हँुदै गएपछि सहभागी हुन थालेका छन् । व्यवस्थित योगाभ्यास गर्ने ठाउँ भएमा योग गर्नेको जमात बढ्नेछ । रामपुर नगरपालिकाका दशवटै वडाका टोल र बस्तीमा योग कक्षा चलाउने योजना समितिले बनाएको छ । रासस

बुधबार, असार ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.