• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

रसुवाको धुञ्चेमा पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माइयो

  •  मङ्गलबार, असार १२, २०८० मा प्रकाशित

रसुवा । धुञ्चेमा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइएको छ । बेथा लागेर पनि सहजरूपले बच्चा जन्माउन नसकेपछि उत्तरी रसुवास्थित आमा छोदिङ्मो गाउँपालिका–५ टेचाङ्ते निवासी एक महिलालाई जिल्ला अस्पतालले गएराति शल्यक्रियाबाट बच्चा निकालेको थियो । यो शल्यक्रियाले जिल्लामा पहिलो रेकर्ड कायम गरेको छ । सुत्केरीको नाम भने उल्लेख नगर्न अस्पतालले आग्रह गरेको छ ।

जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो । दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताउनुभयो ।‘निक साइमन्स’ले गरेको सहयोग रसुवावासीका लागि हितकारी भएको र यो सेवालाई निरन्तरता दिइने बताइएको छ । दक्ष चिकित्सकका साथै दुई स्टाफ नर्स, एक ल्याप टेक्निसन एवं एक रेडियो ग्राफरसमेत उक्त संस्थाले उपलव्ध गराउनाका साथै सहयोग पनि गरिरहेको छ । पन्ध्र शय्या क्षमताको उक्त अस्पतालमा निक साइमन्सले शल्यक्रियाका लागि नियमित एक दक्षचिकित्सक खटाएका कारण शल्यक्रिया गर्न सफल भएको बताइएको छ । सुत्केरी बेथाले छट्पटिएकी ती महिलालाई अस्पताल पु¥याउनासाथ तत्काल परीक्षण गरी चिकित्सक टोलीले शल्यक्रिया गर्नुपर्ने निचोड निकालेको थियो ।

डा रञ्जितराज पाठकसहितको चिकित्सक समूहले पूर्वतयारीको समय बाहेक ४५ मिनेटमा पेटको बच्चा निकालेकोे मेडिकल सुपरिटेन्डेन्ट शाहले जानकारी दिनुभयो । जन्मेका नवजात शिशुको तौल साडे तीन केजी रहेको र आमा तथा बच्चा दुवैको स्वस्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ ।

सुत्केरी हुने महिलाकी आमा डोल्मा तामाङले भन्नुभयो, “छोरीलाई दुई हप्ता अगाडि हल्का सुत्केरी बेथा लाग्दै गएको थियो । दिनदिनै शरिर असहज हुन थालेपछि जिल्ला अस्पताल पु¥याउँदा चिकित्सकले शल्यक्रिया गर्ने निर्णय गरे र अहिले आमा तथा बच्चा दुवैलाई राम्रो छ गरिबी जीवनमा निःशुल्करूप शल्यक्रियासहितको उपचारले ठूलो राहत मिलेको भन्दै चिकित्सक समूहलाई धन्यवादसमेत दिनुभयो ।

यसअघि प्रसूतिका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा काठमाडौँ ल्याउन सरकारले एयर एम्बुलेन्स ( हेलिकप्टर )उपलब्ध गराउने गरे पनि उपचार एवं शल्यक्रियाका लागि धेरै रकम लाग्ने गरेकामा अब सो समस्या अस्पतालले समाधान गरेपछि एयर एम्बुलेन्सका लागि खर्चहुने रकम राज्य कोषमै सुरक्षित रहने र अर्काे उपचारमा हुने व्यक्तिगत खर्चसमेत बचत हुँदा हिमाली ग्रामीण बासिन्दालाई ठूलो राहत मिलेको सुत्केरीकी आमा डोल्माले बताउनुभयो ।
सहजरूपले सुत्केरी हुन नसकेका महिलालाई स्थानीयस्तरमा गरिएको शल्यक्रिया यस हिमाली जिल्लाका ग्रामीण बासिन्दालाई हितकारी भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । विगतको तुलनामा यस अस्पतालको सेवामा निकै सुधार भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहको भनाइ थियोे ।

मङ्गलबार, असार १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.