• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

आँखाको ज्योति फर्केपछिको खुसी

  •  बिहिबार, असार १४, २०८० मा प्रकाशित

महोत्तरी । “बौवा, बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, आँइखक रोशनी हमरा नव जिनगी आ भरोसा देलक” (बाबु, लाग्दथ्यो, बुढ्यौली उमेर नर्कजस्तै भएको थियो तर आँखाले ज्योति पाएपछि फेरि नयाँ जीवन दिएकाले भरोसा जागेको छ) भर्खरै मोतियाबिन्दुको शल्यक्रियापछि आँखाको ज्योति फेरि पाउनुभएकी महोत्तरीको बर्दिबास नगरपालिका–२ बुद्धचोककी ८४ वर्षीया आद्यादेवी झाले खुसीहुँदै सो कुरा बताउनुभयो । पछिल्ला पाँच वर्षदेखि मोतियाबिन्दुले आँखा टालिए पछि बाँकी जीवन बोझ भएको ठान्नुभएकी उहाँमा अब फेरि संसार हेर्ने आस जागेको छ । झाको देब्रे आँखाको शल्यक्रिया भएको थियो ।

आँखामा मोतियाबिन्दु भएर पछिल्ला पाँच वर्षदेखि वरपर घुमफिर र दिसापिसाब गर्न पनि घरपरिवारका अन्यको सहाराले चल्नुपर्ने झा यसै असारको पहिलो साता शल्यक्र्रिया सम्पन्न भएयता भने अब आफैँ हिँडडुल गर्न सक्ने हुनुभएको छ । “नई सोचल सुख हमरा ई बुढारी में भेटल (मैले नसोचेको सुख यो बुढ्यौलीमा पाएँ) उहाँले भन्नुभयो ।

झाजस्तै बर्दिबासकै वडा नं १ बस्तीकी ७९ वर्षीया मानकुमारी रानामगर पनि आँखाको शल्यक्रियापछि पट्टि खोल्दा दङ्ग पर्नुभयो । “हेर्दाहेर्दै र देख्दादेख्दै आँखा बन्द भए, म त भगवान्सँग पुकारा गर्थे कि चाँडै लैजाउँ भनेर”, उहाँले भन्नुभयो, “अब आँखा खुल्यो, अझै बाँच्नदेऊ भन्दैछु ।” सामान्यतया ५० वर्ष उमेर कटेपछि हुने मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्या बर्दिबास–१ की सैमुम खातुनलाई ३५ वर्षमै देखियोे । लुगा सिउने पेसाकी उहाँ आँखा बन्द भएपछि जिन्दगीलाई नै धिक्कार्न थाल्नुभयो तर गए साता खातुनको आँखामा पलाएको मासु शल्यक्र्रिया गरेर फालिएपछि अब फेरि काममा फर्कने उहाँमा विश्वास जागेको छ ।

झा, राना र खातुनजस्तै बर्दिबास–४ की ७३ वर्षीया बबीमाया मगर, बर्दिबास–१ की ६० वर्षीया बेचनी महरा, बर्दिबास–३ कालापानीकी ६० वर्षीया पूmलमाया विक र बर्दिबास–४ का ४४ वर्षीय तिलकबहादुर थापालाई पनि मोतियाबिन्दु र आँखामा मासु पलाएको समस्या शल्यक्रियाबाट निको भएपछि नयाँ जीवन पाएको महसुस भएको छ । “अपरेसन भएपछि अब भने बाँचिरहुँजस्तो आस जाग्यो, अब लाग्दैछ, यो संसार हामीलाई हेर्नकै लागि हो”, बबीमाया मगरले खुसीका आँशु पुछ्दै भन्नुभयो ।

पछिल्लोपटक बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा बर्दिबास आँखा अस्पतालले नगरका ग्रामीण भेगलाई लक्ष गरी गत जेठ अन्तिम सातादेखि सञ्चालन गरेको आँखा जाँच र शल्यक्रियासहितको निःशुल्क उपचार प्रबन्धले यसपालि नगरका ५२ जनाले गुमेको आँखाको ज्योति पाए ।

“आँइख नई देखै छली त कत्त छि ? कि खाइछि ? कोनो सुधी नई छल” (आँखा नदेख्दा कहाँ छु, के खाँदैछु, केही भेउ पाउँदिनथेँ) अहिले घरमा भेट्न पुग्ने आफन्तलाई बेचनी महराले भन्नुभयो, “डाक्डर आँइखक पट्टि खोइल देलन, आब हरकुछके चाह सेहो बढल” (डाक्टरले आँखाको जालो हटाइदिनुभयोे, अब देखेजति सबै कुरामा चाह बढ्न थाल्यो) ।

नगरको ग्रामीण भेगका गरिब बस्तीमा मोतियाबिन्दु र आँखामा मासु पलाउने समस्याका बिरामी बाक्लै देखिएपछि यसपालि नगरपालिकाले आँखाको जाँच, औषधि, चश्मा र शल्यक्रियासमेतको खर्च व्यहोर्ने प्रतिबद्धता जनाएर बर्दिबास आँखा अस्पताललाई यसमा प्रबन्ध गर्न जिम्मा दिएको थियोे । नगरका ग्रामीण भेगका छ ठाउँमा सञ्चालित आँखा जाँच शिविरमा तीन हजार आठ सय जनाको आँखा जाँच गरिएको उक्त अस्पतालका सञ्चालक अध्यक्ष मुकुन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । शिविरमा शल्यक्रियाका अतिरिक्त छ सय जनालाई आँखामा लगाउने र खाने औषधि र दुई सय ७८ जनालाई चश्मा उपलब्ध गराइएको अस्पतालले जनाएको छ । नगरभित्र सञ्चालित शिविरमा शल्यक्रिया गर्नपर्ने ठहर भएका ४४ को शल्यक्रिया गर्न बाँकी रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

आँखा जाँच र शल्यक्रिया हिमालयन आई केयर फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ आँखारोग विशेषज्ञ डा दीपक खड्का नेतृत्वको टोलीले गरेको थियो । विसं २०६३ मा स्थापित उक्त अस्पतालले पछिल्लो १० वर्षयता विभिन्न सामाजिक सङ्घसंस्था र निकायको सहकार्यमा आँखाका जटिल समस्या पहिचान, जाँच र शल्यक्रियासहित आवश्यक उपचार गर्दै आएको छ । रासस

बिहिबार, असार १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.