• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

जथाभाबी एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएकोमा चिकित्सकद्धारा चिन्ता व्यक्त

  •  शनिबार, असार १६, २०८० मा प्रकाशित

पोखरा । जथाभाबी रूपमा एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गर्न थाल्नु भएको छ । एन्टिमाइक्रोबियल रेसिस्टेन्सको विश्वव्यापी अवस्था र नेपालमा एन्टिबायोटिक औषधिले पशु, कृषि, मानवमा पुर्याएको असरका बारेमा हालै पोखरामा आयोजित एक दिने पत्रकार सचेतना कार्यक्रममा चिकित्सकहरूले जथाभाबी रूपमा एन्टीबायोटिक औषधिको प्रयोग बढ्दै गएकोले यसबाट प्रत्यक्ष मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र ठुलो आर्थिक क्षति हुने दाबी गर्नु भएको हो।

हाल विश्वमै एन्टीबायोटिक सुस्त महामारीको रुपमा देखा परेको, चिकित्सकको सल्लाह बिना आफु खुसि प्रेसक्रिप्सन लिने गरेको, एन्टीबायोटिक मानवले प्रयोग गरि वातावरणमा प्रदूषण हुने गरेको, जनावरहरूमा समेत प्रयोगले मानव स्वास्थ्यमा असर पर्दै गएको चिकित्सिकहरुको भनाई थियो । यसको नियमन गर्ने निकाय प्रायः मौन रहेको कारण बजारमा यसको अत्यधिक प्रयोगले गर्दा मानव, जनावर र वातावरणको चक्रीय प्रणालीमा समेत असर पर्दै गएको चिकित्सकहरूले दाबी गर्नु भयो ।

यूएसएआईडिका वरिष्ठ प्राविधिक डा.सन्तोष दुलालले मानव स्वास्थ्यलाई नै असर पार्ने गरि बजारमा जथाभाबी रूपमा एन्टीबायोटिक औषधि प्रयोग गर्नु एटमबम जस्तै भएको बताउनु भयो । एटमबमलाई जसरी उचित ढंगले प्रयोग गर्न सकिँदैन त्यसै गरि एन्टीबायोटिक जथाभाबी रूपमा प्रयोग गर्दा मानवमा भयङ्कर क्षति हुने डा. दुलालले दाबी गर्नु भयो ।

ब्याक्टेरियाबाट हुने सङ्क्रमणलाई कुनै पनि औषधिले काम नगर्ने वा कोभिडकै बिरामीलाई पनि उपचार गर्दा औषधिले काम नगर्ने समस्या हुने डा.दुलालको भनाई छ । मिडियाकर्मी मार्फत सचेतना अभियान अन्तरगत गण्डकी प्रदेशमा उक्त कार्यक्रम गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोद बिन्दु शर्माले भुसको आगो सल्केसरी समाजमा एन्टीबायोटिक फैलिएको दाबी गर्नुभयो । मानव सभ्यतामा यसले ठुलो चुनौती दिएको उहाँको भनाई छ । मन्त्रालयका महानिर्देशक खिम बहादुर खड्काले जथभावीरूपमा चिकित्सकको सल्लाह बिना आफूखुसी एन्टीबायोटिक प्रयोगले मानव स्वास्थ्यमा असर परेको बताउनुभयो । यसको नियमन हुन नसकेको उहाँको भनाई थियो ।

मन्त्रालयका फार्मेसी अधिकृत साजन बरालले एन्टीबाईटीक औषधि लिँदा चिकित्सकको अनुमति बिना बिक्री वितरण गर्न नहुने बताउनु भयो । यसको नियमन गर्न नसक्दा यसको मेडिकलहरूमा जथाभाबी रूपमा बिक्री वितरण भएको उहाँले दाबी गर्नु भयो ।

७५ प्रतिशत जनावरका कारण मानिसलाई सरुवा रोग लाग्ने गरेको डा. बिबिका श्रेष्ठले बताउनु भयो । संक्रमण रोकथाम र नियन्त्रण गर्न, लैङ्गिक विभेद गर्न नहुने, एन्टिमाइक्रोबियलको समुचित प्रयोग गर्ने, एएमआर सम्बन्धी क्रियाकलापहरू अनुसन्धान र आविष्कारहरूमा लगानी गर्नुपर्ने उहाँले बताउनु भयो । उक्त संस्थाले सो कार्यक्रम सातौँ प्रदेशको रुपमा गण्डकीमा आयोजना गरेको अर्जुन अधिकारीले बताउनु भयो ।

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.