• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

  •  सोमबार, असार १८, २०८० मा प्रकाशित

भादगाउँ ।क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण नदेखिएको जनाउँदै परिवारले नै शङ्कास्पद बिरामीलाई उपचारमा नपठाउने गरेको पाईएको हो ।

क्षयरोग मुक्त घोषणा अभियानअन्तर्गत आइतवार बसेको जिल्ला समिति बैठक र अन्तक्र्रिया कार्यक्रममा चाँगुनारायण नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यकुमार त्वायनाले नगरको वडा नं ८ र ९ वडामा गरिएको स्वास्थ्य परीक्षणबाट पत्ता लागेका बिरामीका आफन्त बिरामीलाई औषधि सेवन गराउन नमान्ने गरेको बताउनुभयो ।

उहाँले ती दुई वडाका दिर्घरोगी र गर्भवती महिलाको स्वास्थ्य परीक्षणमा ३० जनामा क्षयरोग सङ्क्रमण देखिएको बताउँदै त्वायनाले नगरमा अत्यधिकरुपमा क्षयरोगी लुकेर बसेको आशङ्का व्यक्त गर्नुभयो । उहाँले क्षयरोग निवारणका लागि समाजमा लुकेर बसेको भन्दा पनि लुकाईएका क्षयरोगीका कारण थप चुनौती बन्दै गएको बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्षयरोगको समग्र अवस्था प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जिल्लामा पत्ता लागेका सबै प्रकारका क्षयरोगीको सङ्ख्या छ सय ५८ रहेको जानकारी दिनुभयो । यसमध्ये फोक्सोमा क्षयरोग भएका बिरामीको सङ्ख्या ५७ दशमलव दुई प्रतिशत र फोक्सोबाहेक अन्य भागमा क्षयरोग भएका बिरामीको सङ्ख्या ४२ दशमलव आठ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

उहाँले क्षयरोग मुक्त चाँगुनारायण घोषणाका लागि क्षयरोगमुक्त अभियान स्वयंसेवकलाई तालिम, क्षयरोग प्रभावित व्यक्ति तथा समुदायको सहभागितामूलक योजना, अनुगमन तथा मूल्याङ्कन प्रणालीको स्थापना, समुदायमा क्षयरोग स्क्रिनिङ क्याम्प सञ्चालन, क्षयरोग मुक्त अभियान स्वयंसेवकलाई परिचालन गरी समुदायमा रहेका जोखिम समूहका बस्तीका घरदैलोमा गई स्क्रिनिङ कार्य गरी रोग पत्ता लगाउने कार्यमा सहयोग, खकार सङ्कलन तथा ढुवानी वा सम्भावित बिरामी प्रेषणलगायतका गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले सरकारी लक्ष्य प्राप्तिका लागि अहिलेको अभियानलाई तीव्रता दिनुपर्छ भन्नुभयो । उहाँले क्षयरोग मुक्त अभियानलाई सूक्ष्म योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने बताउँदै अभियानको नियमित अनुगमन र प्रतिवेदन तयार गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखालगायतका प्रतिनिधिले कुनै पनि बिरामीको पहिलो गन्तव्य निजी फार्मेसी तथा मेडिकल पनि भएकाले क्षयरोगको ‘स्क्रिनिङ’मा उनीहरुलाई परिचालन गर्नुपर्ने सुझाव दिएका थिए । रासस

सोमबार, असार १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.