• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

जोर्नी प्रत्यारोपण उपचार पद्धति किन र कसका लागि आवश्यक छ ?

  •  शनिबार, असार २३, २०८० मा प्रकाशित

जोर्नी प्रत्यारोपण उपचार पद्धति किन र कसका लागि आवश्यक छ ?

परिचय :
आधुनिक संसारमा हरेक विधामा भएका विकाससंँगै मानव स्वास्थ्यमा पनि चमत्कारिक आविस्कार भएका छन । यसले तपाईं हाम्रो स्वास्थ्यमा उल्लेखनिय सुधार ल्याउन सफलता पाएको छ । यी विभिन्न उपचार पद्धति मध्ये जोर्नी प्रत्यारोपण अप्रेशन एक प्रमुख र अत्यन्त सफल उपचार विधि हो । सामान्य बुझ्ने भाषामा भन्दा जोर्नी प्रत्यारोपण भनेको अप्रेशनको माध्यमद्धारा बिरामीको शरीर दुख्ने , काम नगर्ने वा बिग्रिएको जोर्नीलाई हटाएर कृतिम जोर्नी राखेर गरिने उपचार पद्धति हो । यसको उद्धेश्य बिरामीको दुखाई र पिडा कम गर्नु वा हटाउनु हो । हिंंँड्डुल गर्न सक्ने र सामान्य काम गर्न सक्ने पीडामुक्त जीवन बांँच्न सक्ने बनाउनु हो । यसपछि नचल्ने जोर्नी चल्ने बनाउनु र लामोछोटो भएको खुट्टाको अवस्था वा बांङ्गो अवस्था पनि सुधार ल्याएर नखोच्याईकन हिंँड्न सक्ने बनाउनु नै यसको प्रमुख उद्धेश्य हो । यस्तो अप्रेशन शरीरको विभिन्न जोर्नी फेर्नमा प्रयोग भईरहेको छ । यसमध्ये घुंँडाको जोर्नी फेर्ने ( Total Knee Arthroplasty ) र हिपको जोर्नी फेर्ने ( Total Hip Arthroplasty) सबभन्दा सफल र प्रचलित जोर्नी प्रत्योरोपण उपचार पद्धति हो ।
संसारभर विगत ५० बर्षदेखि यो अप्रेशन सफलतापुर्वक प्रयोगमा छ र नेपालमा पनि एकदशकदेखि यस्ता अप्रेशनहरु बढ्दो क्रममा गर्न थालिएको छ । हाल आएर काठमाडौंका केही अस्पतालहरुमा मात्र नभएर देशका विभिन्न सुविधा सम्पन्न अस्पतालहरुबाट पनि हाडजोर्नी एवं जोर्नी प्रत्यारोपण विशेषज्ञहरुबाट यस्ता खाले अप्रेशन सेवा बिरामीका लागि नियमित रुपमा गरिंँदै आएको अवस्था छ । बढीभन्दा बढी बिरामीहरुले जोर्नी फेर्ने अप्रेशन सेवाबाट देशभित्र लाभ लिन सकिने भएको छ । अब भारत वा अन्य देश गएर यो अप्रेशन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यो खुशीको कुरा हो । अमेरिकाको आंँकडा हेर्दा हरेक बर्ष ७ लाख भन्दा बेसी घुंँडा र हिपको जोर्नी फर्ने शल्यक्रियाको तथ्यांक देखिन्छ र यो संख्या अझ बढ्दो छ । आउंँदा दिनहरुमा उक्त अप्रेशन सेवाको आवश्यकता धेरै बिरामीलाई खांँचो पर्ने देखिन्छ । किनकी मानिसको बांँच्ने आयु बढ्दो छ । र उपचार गराउने चाहना क्षमता र उपलब्धता पनि उस्तै देखिन्छ । नेपालमा पनि यो अवस्था बढ्ने क्रम रहेको आँंकलन गर्न सकिन्छ ।

जोर्नी प्रत्यारोपण ( Joint Replacement ) किन र कसका लागि आवश्यक छ ?
क. उमेर बढे अनुसार शरीरको सम्पूर्ण अंगहरु पनि बुढो हुंँदै जान्छ र खिईंँदै जान्छ । यो प्राकृतिक प्रक्रिया हो । यही प्रक्रियामा शरीरको विभिन्न जोर्नीहरु खिईंँदै जान्छ , जसलाई हामी Osteoarthritis ( ओष्टियोअथ्राईटाईटिस ) भन्दछौं । यो क्रम बढ्दै गएर बिरामीको घुंँडा वा हिप दुख्ने , खोच्याएर हिंँड्ने ,बाङ्गो हुने, त्यस्तै जोर्नी नचल्ने वा काम गर्न नसक्ने हुन सक्दछ । अन्य उपचार पद्धति जस्तै औषधि व्यायाम आदिले काम नगर्ने भएपछि यस्ता बिरामीहरुलाई अन्तिम विकल्पको रुपमा Joint Replacement ( जोर्नी प्रत्यारोपण ) गर्न सल्लाह दिईन्छ । जोर्नी फेर्नुपर्ने कारणहरु मध्ये सबैभन्दा धेरै रोगबाट प्रभावित बिरामीहरु पर्दछ ।
ख. विभिन्न थरीका बाथरोग मध्ये रुमाट्रोइड अथ्र्राइटिस ( Rhumatoid Arthritis ) भन्ने बाथ लागेमा उमेर पुग्नु अगावै जोर्नीहरु धेरै खिईने , बाङ्गो हुने वा काम नगर्ने हुन सक्छ । यस्ता बिरामीहरुले पनि अन्तिम विकल्पको रुपमा जोर्नी फेर्ने शल्यक्रिया (Joint Replacement Surgery) को प्रक्रियाबाट स्वास्थ्यलाभ गर्न सक्छ , जसका धेरै उदाहरणहरु पनि छन ।
ग. जोर्नीमा चोटपटक लागेर वा भांँचिएर राम्रो उपचार गरिएन भने वा यस्तो अवस्थाबाट बाङ्गो जोडिएर चांँडै खिईने र पछि काम नगर्ने हुनपनि सक्छ । यस्ता खाले बिरामीलाई पनि आवश्यकता अनुसार जोर्नी फेर्ने शल्यक्रिया गरेर आफ्नो जीवन सुधार्न सकिन्छ ।
घ. जोर्नीमा विभिन्न रोग वा संक्रमण भएर जटिलता आयो भने पछि गएर जोर्नी बिग्रिएर काम नगर्ने हुन सक्दछ । यस्ता बिरामीहरुले उक्त अप्रेशनबाट फाईदा लिन सक्नुहुनेछ ।
ङ. जन्मजात वा शरीरको विकासको क्रममा कुनै जोर्नी सही तरीकाले बनेन भने उमेर छंँदैको समयमा जोर्नीले काम नगर्ने र दुख्ने हुन सक्छ । यस्तो अवस्थामा जोर्नी प्रत्यारोपण शल्यक्रिया गरेर बिरामीले आफ्नो पीडामुक्त स्वस्थ जीवन बांँच्न सक्दछ ।

अप्रेशन गर्नुअघि र पछि ध्यान दिनुपर्ने कुराहरु :
सही बिरामीको छनौट गर्न सक्नु , सफल अप्रेशन गर्न सक्नु र अप्रेशन पश्चात गर्नुपर्ने व्यायामको (Physiotherapy) को सही पालना गर्न सक्नु नै राम्रो र सन्तोषजनक परिणामको कसी हो । अप्रेशन गर्नुअघि सम्बन्धित जोर्नीको सम्पूर्ण अवस्थाको जानकारी हुनु आवश्यक हुन्छ । जोर्नी कति खिईएको छ , कति बाङ्गो छ, कति चल्छ , हड्डीको मात्रा र गुण कस्तो छ साथै समस्याको के कारण हो आदि जानकारीको लागि एक्सरे गरी पत्ता लगाईन्छ । आवश्यकता अनुसार कसैलाई सिटी स्क्यान (CT – Scan) र एमआरआई (MRI) को जांँच पनि गर्नुपर्ने हुन सक्छ । अन्य अप्रेशन जस्तै बिरामीलाई बेहोस गराई ( Anaesthesia) गरिने हुंँदा रगत , दिसा, पिसाब, मृगौला, मुटु, फोक्सो आदिको परीक्षण गर्नुपर्दछ । त्यस्तै अप्रेशन कक्षमा के गरिन्छ भने कृतिम जोर्नी के हो र कस्तो हुन्छ, अप्रेशन पछि के कस्तो व्यायाम र के के कारणमा ध्यान दिने भन्ने सम्पूर्ण बिषयको जानकारी दिईन्छ । अप्रेशन गर्नु अगाडि बिरामीको ढाडबाट सुइ लगाएर ( Spinal / Epidural Anaesthesia) कम्मर मुनि मात्र बेहोस गराएर अप्रेशन गर्ने गरिन्छ । बिशेष किसिमको र जटिल अप्रेशन भएको हुंँदा यसमा गरिने पूर्व तयारी , सावधानी र उच्च सतर्कता पनि महत्वपूर्ण हुने गर्दछ । अप्रेशन गर्दा बिग्रिएको जोर्नीको भागलाई फालिन्छ र उक्त भागमा उच्चस्तरको कृतिम जोर्नी राखिन्छ । यस्ता जोर्नीहरु विभिन्न औषधि चलाईन्छ र त्यसै अनुसार बिशेष ध्यान दिईन्छ । कहिलेकांँही रगत कम भएको अवस्थामा रगत चढाउनुपर्ने हुन्छ । फिजियोथेरापी भोलिपल्ट देखिनै क्रमशः शुरु हुन्छ । वाकरको सहायतामा हिँंडाउन शुरु हुन्छ । दुखाई कम हुंँदै जानु , मांसपेशी चलाउंँदै जानु, बिस्तारै हिंँडाउन थाल्नुले बिरामीका आत्मविश्वास पनि बढ्दै जान्छ ।

साधारणतया ४ देखि १४ दिनमा बिरामी घर जान सक्छन र ६ हप्तापछि बिना सहायता दुखाई नभईकन हिंँड्न सक्छन ,सामान्य काम गर्न सक्छन । जोर्नी फेरिएका बिरामीहरुले आफ्नो दैनिक हिंँड्डुल , टेबलमा बसेर गर्ने काम , गांडी हाक्ने काम र आफ्नो हेरचाह आफैं गर्न सक्छन ।
भ¥याङमा हिंँड्न , भुईंमा बस्न, घुंँडा दोबारेर बस्न पनि सक्छन तर सकेसम्म नगर्न सल्लाह दिईन्छ । दिसा पिसाबको लागि कमोड भएको ट्वाईलेट प्रयोग गर्न घर आंँगनमा अल्झने कुराहरु नराख्न , हिंँड्ने ठाउंँ ओभानो र नचिप्लने किसिमको राख्न सल्लाह दिईन्छ । बेलाबेलामा सम्बन्धीत डाक्टरहरुलाई देखाउने र एक्सरे गर्ने र पछि हरेक बर्षमा देखाउने गर्नुपर्छ । हालसम्मको अध्ययनले यस्ता फेरिएको जोर्नीहरु ९० प्रतिशत बिरामीहरुमा १५ देखि २५ बर्ष काम गरेको पाईएको छ ।

जोर्नी दुख्ने , खिईने, नचल्ने , हिंँड्डुल गर्न सक्ने र अरु औषधि उपचारले ठिक नभएको अवस्थामा जोर्नी प्रत्यारोपण उपचार अत्यन्त सफल र अन्तिम विकल्पको रुपमा लिइन्छ । यसले जीवन धेरै सजिलो र पीडामुक्त बनाउंँछ । विशिष्ट किसिमको कृत्रिम जोर्नी मानव शरीरमा राखिने हुंँदा यो उपचार विधि केही खर्चिलो छ । बिशेषज्ञ सर्जन र सुविधा सम्पन्न निश्चित अस्पतालमा मात्र उपलब्ध छ । तर सही अप्रेशन पछिको परिणाम र स्वास्थ्यमा देखिने सुधार सांँच्चिकै सन्तोषजनक छ । यसको बारेमा जनचेतना बढाउंँदै लगेर बढी भन्दा बढी पीडित र जरुरी बिरामीहरुले यसको लाभ लिनसक्ने अवस्थाको विकास गर्न हामीलाई सबैको सहयोग आवश्यक छ ।


(लेखक प्रा.डा.सुरेश पाण्डे चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज,भरतपुरमा वरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा कार्यरत हुनुहुन्छ । साथै उहाँले टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक लेख्नुभएको छ । यो पुस्तक एमबिबिएस र एमएसका मेडिकल विद्यार्थीहरुको लागि प्रभावकारी रहेको बिज्ञहरुको भनाई छ । )

शनिबार, असार २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.