जोर्नी प्रत्यारोपण उपचार पद्धति किन र कसका लागि आवश्यक छ ?
परिचय :
आधुनिक संसारमा हरेक विधामा भएका विकाससंँगै मानव स्वास्थ्यमा पनि चमत्कारिक आविस्कार भएका छन । यसले तपाईं हाम्रो स्वास्थ्यमा उल्लेखनिय सुधार ल्याउन सफलता पाएको छ । यी विभिन्न उपचार पद्धति मध्ये जोर्नी प्रत्यारोपण अप्रेशन एक प्रमुख र अत्यन्त सफल उपचार विधि हो । सामान्य बुझ्ने भाषामा भन्दा जोर्नी प्रत्यारोपण भनेको अप्रेशनको माध्यमद्धारा बिरामीको शरीर दुख्ने , काम नगर्ने वा बिग्रिएको जोर्नीलाई हटाएर कृतिम जोर्नी राखेर गरिने उपचार पद्धति हो । यसको उद्धेश्य बिरामीको दुखाई र पिडा कम गर्नु वा हटाउनु हो । हिंंँड्डुल गर्न सक्ने र सामान्य काम गर्न सक्ने पीडामुक्त जीवन बांँच्न सक्ने बनाउनु हो । यसपछि नचल्ने जोर्नी चल्ने बनाउनु र लामोछोटो भएको खुट्टाको अवस्था वा बांङ्गो अवस्था पनि सुधार ल्याएर नखोच्याईकन हिंँड्न सक्ने बनाउनु नै यसको प्रमुख उद्धेश्य हो । यस्तो अप्रेशन शरीरको विभिन्न जोर्नी फेर्नमा प्रयोग भईरहेको छ । यसमध्ये घुंँडाको जोर्नी फेर्ने ( Total Knee Arthroplasty ) र हिपको जोर्नी फेर्ने ( Total Hip Arthroplasty) सबभन्दा सफल र प्रचलित जोर्नी प्रत्योरोपण उपचार पद्धति हो ।
संसारभर विगत ५० बर्षदेखि यो अप्रेशन सफलतापुर्वक प्रयोगमा छ र नेपालमा पनि एकदशकदेखि यस्ता अप्रेशनहरु बढ्दो क्रममा गर्न थालिएको छ । हाल आएर काठमाडौंका केही अस्पतालहरुमा मात्र नभएर देशका विभिन्न सुविधा सम्पन्न अस्पतालहरुबाट पनि हाडजोर्नी एवं जोर्नी प्रत्यारोपण विशेषज्ञहरुबाट यस्ता खाले अप्रेशन सेवा बिरामीका लागि नियमित रुपमा गरिंँदै आएको अवस्था छ । बढीभन्दा बढी बिरामीहरुले जोर्नी फेर्ने अप्रेशन सेवाबाट देशभित्र लाभ लिन सकिने भएको छ । अब भारत वा अन्य देश गएर यो अप्रेशन गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यो खुशीको कुरा हो । अमेरिकाको आंँकडा हेर्दा हरेक बर्ष ७ लाख भन्दा बेसी घुंँडा र हिपको जोर्नी फर्ने शल्यक्रियाको तथ्यांक देखिन्छ र यो संख्या अझ बढ्दो छ । आउंँदा दिनहरुमा उक्त अप्रेशन सेवाको आवश्यकता धेरै बिरामीलाई खांँचो पर्ने देखिन्छ । किनकी मानिसको बांँच्ने आयु बढ्दो छ । र उपचार गराउने चाहना क्षमता र उपलब्धता पनि उस्तै देखिन्छ । नेपालमा पनि यो अवस्था बढ्ने क्रम रहेको आँंकलन गर्न सकिन्छ ।
जोर्नी प्रत्यारोपण ( Joint Replacement ) किन र कसका लागि आवश्यक छ ?
क. उमेर बढे अनुसार शरीरको सम्पूर्ण अंगहरु पनि बुढो हुंँदै जान्छ र खिईंँदै जान्छ । यो प्राकृतिक प्रक्रिया हो । यही प्रक्रियामा शरीरको विभिन्न जोर्नीहरु खिईंँदै जान्छ , जसलाई हामी Osteoarthritis ( ओष्टियोअथ्राईटाईटिस ) भन्दछौं । यो क्रम बढ्दै गएर बिरामीको घुंँडा वा हिप दुख्ने , खोच्याएर हिंँड्ने ,बाङ्गो हुने, त्यस्तै जोर्नी नचल्ने वा काम गर्न नसक्ने हुन सक्दछ । अन्य उपचार पद्धति जस्तै औषधि व्यायाम आदिले काम नगर्ने भएपछि यस्ता बिरामीहरुलाई अन्तिम विकल्पको रुपमा Joint Replacement ( जोर्नी प्रत्यारोपण ) गर्न सल्लाह दिईन्छ । जोर्नी फेर्नुपर्ने कारणहरु मध्ये सबैभन्दा धेरै रोगबाट प्रभावित बिरामीहरु पर्दछ ।
ख. विभिन्न थरीका बाथरोग मध्ये रुमाट्रोइड अथ्र्राइटिस ( Rhumatoid Arthritis ) भन्ने बाथ लागेमा उमेर पुग्नु अगावै जोर्नीहरु धेरै खिईने , बाङ्गो हुने वा काम नगर्ने हुन सक्छ । यस्ता बिरामीहरुले पनि अन्तिम विकल्पको रुपमा जोर्नी फेर्ने शल्यक्रिया (Joint Replacement Surgery) को प्रक्रियाबाट स्वास्थ्यलाभ गर्न सक्छ , जसका धेरै उदाहरणहरु पनि छन ।
ग. जोर्नीमा चोटपटक लागेर वा भांँचिएर राम्रो उपचार गरिएन भने वा यस्तो अवस्थाबाट बाङ्गो जोडिएर चांँडै खिईने र पछि काम नगर्ने हुनपनि सक्छ । यस्ता खाले बिरामीलाई पनि आवश्यकता अनुसार जोर्नी फेर्ने शल्यक्रिया गरेर आफ्नो जीवन सुधार्न सकिन्छ ।
घ. जोर्नीमा विभिन्न रोग वा संक्रमण भएर जटिलता आयो भने पछि गएर जोर्नी बिग्रिएर काम नगर्ने हुन सक्दछ । यस्ता बिरामीहरुले उक्त अप्रेशनबाट फाईदा लिन सक्नुहुनेछ ।
ङ. जन्मजात वा शरीरको विकासको क्रममा कुनै जोर्नी सही तरीकाले बनेन भने उमेर छंँदैको समयमा जोर्नीले काम नगर्ने र दुख्ने हुन सक्छ । यस्तो अवस्थामा जोर्नी प्रत्यारोपण शल्यक्रिया गरेर बिरामीले आफ्नो पीडामुक्त स्वस्थ जीवन बांँच्न सक्दछ ।
अप्रेशन गर्नुअघि र पछि ध्यान दिनुपर्ने कुराहरु :
सही बिरामीको छनौट गर्न सक्नु , सफल अप्रेशन गर्न सक्नु र अप्रेशन पश्चात गर्नुपर्ने व्यायामको (Physiotherapy) को सही पालना गर्न सक्नु नै राम्रो र सन्तोषजनक परिणामको कसी हो । अप्रेशन गर्नुअघि सम्बन्धित जोर्नीको सम्पूर्ण अवस्थाको जानकारी हुनु आवश्यक हुन्छ । जोर्नी कति खिईएको छ , कति बाङ्गो छ, कति चल्छ , हड्डीको मात्रा र गुण कस्तो छ साथै समस्याको के कारण हो आदि जानकारीको लागि एक्सरे गरी पत्ता लगाईन्छ । आवश्यकता अनुसार कसैलाई सिटी स्क्यान (CT – Scan) र एमआरआई (MRI) को जांँच पनि गर्नुपर्ने हुन सक्छ । अन्य अप्रेशन जस्तै बिरामीलाई बेहोस गराई ( Anaesthesia) गरिने हुंँदा रगत , दिसा, पिसाब, मृगौला, मुटु, फोक्सो आदिको परीक्षण गर्नुपर्दछ । त्यस्तै अप्रेशन कक्षमा के गरिन्छ भने कृतिम जोर्नी के हो र कस्तो हुन्छ, अप्रेशन पछि के कस्तो व्यायाम र के के कारणमा ध्यान दिने भन्ने सम्पूर्ण बिषयको जानकारी दिईन्छ । अप्रेशन गर्नु अगाडि बिरामीको ढाडबाट सुइ लगाएर ( Spinal / Epidural Anaesthesia) कम्मर मुनि मात्र बेहोस गराएर अप्रेशन गर्ने गरिन्छ । बिशेष किसिमको र जटिल अप्रेशन भएको हुंँदा यसमा गरिने पूर्व तयारी , सावधानी र उच्च सतर्कता पनि महत्वपूर्ण हुने गर्दछ । अप्रेशन गर्दा बिग्रिएको जोर्नीको भागलाई फालिन्छ र उक्त भागमा उच्चस्तरको कृतिम जोर्नी राखिन्छ । यस्ता जोर्नीहरु विभिन्न औषधि चलाईन्छ र त्यसै अनुसार बिशेष ध्यान दिईन्छ । कहिलेकांँही रगत कम भएको अवस्थामा रगत चढाउनुपर्ने हुन्छ । फिजियोथेरापी भोलिपल्ट देखिनै क्रमशः शुरु हुन्छ । वाकरको सहायतामा हिँंडाउन शुरु हुन्छ । दुखाई कम हुंँदै जानु , मांसपेशी चलाउंँदै जानु, बिस्तारै हिंँडाउन थाल्नुले बिरामीका आत्मविश्वास पनि बढ्दै जान्छ ।
साधारणतया ४ देखि १४ दिनमा बिरामी घर जान सक्छन र ६ हप्तापछि बिना सहायता दुखाई नभईकन हिंँड्न सक्छन ,सामान्य काम गर्न सक्छन । जोर्नी फेरिएका बिरामीहरुले आफ्नो दैनिक हिंँड्डुल , टेबलमा बसेर गर्ने काम , गांडी हाक्ने काम र आफ्नो हेरचाह आफैं गर्न सक्छन ।
भ¥याङमा हिंँड्न , भुईंमा बस्न, घुंँडा दोबारेर बस्न पनि सक्छन तर सकेसम्म नगर्न सल्लाह दिईन्छ । दिसा पिसाबको लागि कमोड भएको ट्वाईलेट प्रयोग गर्न घर आंँगनमा अल्झने कुराहरु नराख्न , हिंँड्ने ठाउंँ ओभानो र नचिप्लने किसिमको राख्न सल्लाह दिईन्छ । बेलाबेलामा सम्बन्धीत डाक्टरहरुलाई देखाउने र एक्सरे गर्ने र पछि हरेक बर्षमा देखाउने गर्नुपर्छ । हालसम्मको अध्ययनले यस्ता फेरिएको जोर्नीहरु ९० प्रतिशत बिरामीहरुमा १५ देखि २५ बर्ष काम गरेको पाईएको छ ।
जोर्नी दुख्ने , खिईने, नचल्ने , हिंँड्डुल गर्न सक्ने र अरु औषधि उपचारले ठिक नभएको अवस्थामा जोर्नी प्रत्यारोपण उपचार अत्यन्त सफल र अन्तिम विकल्पको रुपमा लिइन्छ । यसले जीवन धेरै सजिलो र पीडामुक्त बनाउंँछ । विशिष्ट किसिमको कृत्रिम जोर्नी मानव शरीरमा राखिने हुंँदा यो उपचार विधि केही खर्चिलो छ । बिशेषज्ञ सर्जन र सुविधा सम्पन्न निश्चित अस्पतालमा मात्र उपलब्ध छ । तर सही अप्रेशन पछिको परिणाम र स्वास्थ्यमा देखिने सुधार सांँच्चिकै सन्तोषजनक छ । यसको बारेमा जनचेतना बढाउंँदै लगेर बढी भन्दा बढी पीडित र जरुरी बिरामीहरुले यसको लाभ लिनसक्ने अवस्थाको विकास गर्न हामीलाई सबैको सहयोग आवश्यक छ ।
(लेखक प्रा.डा.सुरेश पाण्डे चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज,भरतपुरमा वरिष्ठ अर्थोपेडिक सर्जनको रुपमा कार्यरत हुनुहुन्छ । साथै उहाँले टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक लेख्नुभएको छ । यो पुस्तक एमबिबिएस र एमएसका मेडिकल विद्यार्थीहरुको लागि प्रभावकारी रहेको बिज्ञहरुको भनाई छ । )