• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १६ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

गुल्मीका आशिष विकको सात वर्षपछि मलद्वारको शल्यक्रिया

  •  शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–१४ का आशिष विक अहिले सात वर्षको हुनुभयो । उहाँ जन्मदा बुबा बाबुराम र कमला विश्वकर्मा खुसी नहुने कुरै भएन तर उहाँको त्यो खुसी एकैछिन पनि टिकेन । त्यसको कारण थियो, छोराको मलद्वार नहुनु ।

“सन्तान जन्मेपछि को आमाबुबा खुसी नहोलान् र तर हाम्रो खुसी एकैछिनमा हरायो । कल्पनामै नसोचेको र कहिल्यै नदेखेको मलद्वारबिनाको आफ्नै बच्चा देखेपछि पीडा त हुने नै भयो”, बुबा बाबुराम भन्नुहुन्छ,“त्यही पीडाले सात वर्षसम्म छटपटिएर बस्नुपर्यो ।”

उहाँका अनुसार छोरा जन्मेको केहीदिन मै विश्वकर्मा दम्पत्तीले बच्चालाई पाल्पा मिसन अस्पताल पु¥याए । अस्पतालले तत्कालका लागि कम्मरबाट दिसा गर्ने बनाइदियो । आशिषलाई चार वर्षसम्म त्यसरी नै दिसा गराइयो । चार वर्षसम्म आशिष राम्रोसँग उठ्न पनि सकेनन् । “एकछिन पनि छोड्न मिलेन । दिसा–पिसाब सोहोरेरै चार वर्ष बित्यो । कोखबाट दिसाहुँदा त्यसैको चिसोले छोरो पटक–पटक बिरामी पथ्र्यो”, आशिषकी आमा कमलाले भन्नुभयो,“तर हुर्काउनुको विकल्प नै थिएन । त्यसैले धेरै दुःख गरेर समय बित्यो ।”

घरको अवस्था बिग्रिँदैगएपछि बिरामी छोरा र श्रीमती छोडेर बाबुराम भारत जानुभयो । छोराको स्याहार र उपचारमा थप समस्या भएपछि उहाँ एकै वर्षमा घर फर्किनुपर्ने भयो । “यहाँ आएलगत्तै बच्चाको पीडा बढ्दै गएपछि काठमाडाँैको कान्ति बाल अस्पताल पुर्यायौँ, एक पटक होइन तीन÷तीन पटक । त्यहाँ पनि कुनै उपाय नलागेपछि दुई वर्षसम्म अरू ठाउँ लिने आँटै भएन । यतिञ्जेल छोरो छ वर्षको भइसकेको थियो”, बुबा बाबुरामले ति दिन सम्झिनुभयो ।

त्यसपछि समस्या समाधान भयो

आशिष गत कात्तिकमा चिसोले सिकिस्त बिरामी परेपछि गुल्मी अस्पताल तम्घास लिएको बताउने आमा कमला त्यही बेला नेपाल रक्तदाता स्वयम्सेवी समाज गुल्मीका अध्यक्ष धुव्र पाण्डेयसँगको भेटले छोराको समस्या समाधान भएको बताउनुभयो । “त्यही भेट छोराका लागि नयाँ जीवन दिने आधार बन्यो । उससको स्वास्थ्य र हाम्रो अवस्था देखेर पाण्डेयले सहयोग सङ्कलन गरी उपचार गरिदिने आश्वासन दिनुभएको थियो”, कमला भन्नुहुन्छ,“अभियान सुरूभएको तीन महिनामै केही रकम सङ्कलन भएपछि गत फागुनमा आशिषलाई काठमाडौँ मोडल अस्पताल ल्याएर उपचार गर्यौँ । पहिलो शल्यक्रिया सफल भयो ।”

आशिषको वैशाख दोस्रो साता दोस्रो शल्यक्रिया पनि भएको छ । रक्तदाता समाजका अध्यक्ष पाण्डेयले समाजमा आवद्ध सबै पदाधिकारी तथा सदस्य, कारागारका कैदीबन्दी, महेन्द्र मावि, विभिन्न क्लबलगायतका सङ्घसंस्थाले आर्थिक सहयोग गरेपछि उपचार सम्भव भएको बताउनुभयो । काठमाडौँमा सामाजिक अभियान्ता केदारप्रसाद न्यौपाने र मेघा तिमल्सेनाले ठूलो आर्थिक सहयोग गरेर बच्चालाई अहिलेको अवस्थामा ल्याएको पाण्डेयले बताउनुभयो । आर्थिकरूपमा कमजोर भएकाले उपचार नगरी सात वर्षसम्म कष्टकर जीवन बिताएका आशिषको उपचारमा रु साढे चार लाख खर्च भएको उहाँको भनाइ छ ।

“कैयौ पटक अस्पताल पुगेर फर्कियौँ । अहिले बल्ल बुझे पैसा नभएर उपचार नभएको रहेछ”, आमा कमलाले भन्नुभयो, “गुल्मी अस्पतालमा पाण्डेय सरलाई नभेटेको भए छोराले नयाँ जीवन पाउँथेन ।”

आशिषको चौथो चरणको उपचार बाँकी नै छ । त्यसैले अहिले पनि केही समस्या बाँकी रहेको बुबा बाबुरामले बताउनुभयो । “अहिलेसम्मको उपचारले छोराले नयाँ जीवन पाएको महसुस गरेका छौँ । सहयोगी सबैलाई आधार छ । अस्पतालले रकम जुटाएर छिटोभन्दा छिटो शल्यक्रिया गरे बच्चा सामान्य जीवनमा फर्कनसक्ने बताएकाले सबैसँग सहयोगको याचना गरिरहेका छौँ । पैसा जुटेपछि चाँडै थप उपचारका लागि अस्पताल जान्छौँ”, उहाँले रासससँग भन्नुभयो ।

रक्तदाता समाजका संस्थापक अध्यक्ष नवराज मरासिनीले आफूहरूले पनि सहयोगका लागि पहल गरिरहेका बताउनुभयो । महेन्द्र माविका प्राचार्य तथा समाजका सल्लाहकार कृष्ण मरासिनीले उपचारपछि परिवारले विद्यालयमा भर्ना गरे सबै खर्च व्यहोर्ने प्रतिबद्धता जनाउनुभएको छ । “उपचारमा सहयोग गरेकै हौँ अब विद्यालय भर्ना गरेमा सबै खर्च विद्यालय नै बेहोर्ने व्यवस्था गर्छौ”, उहाँले भन्नुभयो । रासस

शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.