• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

३९ महिनासम्म पनि बनेन ट्रमा सेन्टर

  •  आइतबार, असार ३१, २०८० मा प्रकाशित

भालुवाङ ।लमहीमा निर्माणाधीन प्रदेशस्तरीय ट्रमा सेन्टरको काम हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । विसं २०७७ चैत २४ गते सम्झौता भएर निर्माणकार्य सुरु भएको ३९ महिना बित्न लाग्दा पनि ट्रमा सेन्टरले पूर्णता पाउन सकेको छैन ।

लुम्बिनी प्रदेश गौरवको योजनाका रूपमा रहेको यस ट्रमा सेन्टरको काम कछुवागतिमा हुनुले प्रदेश सरकारलाई नै गिज्याइरहेको छ । कतै बजेट अभावमा काम अलपत्र परेका छन्, भने कतै बजेट हुँदाहुँदै पनि समयमा काम सम्पन्न हुन सकिरहेका छैनन् ।

ट्रमा सेन्टर बनाउनका लागि दाङको लमही उपयुक्त भएको भन्दै लुम्बिनी प्रदेश सरकारले बजेट विनियोजन गरेको लमही नगरपालिकाका पूर्वनगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गसँग सटेको, दुर्घटना भइहालेमा घाइते र बिरामीलाई तुरुन्तै अस्पताल पु¥याउन सकिने स्थान भएकोले लमही प्रदेश सरकारको रोजाइमा परेको उहाँको भनाइ छ ।

“हामी जनप्रतिनिधि भएर आइसकेपछि ती जग्गा स्थानीय सरकारको मातहतमा हुन्छ भन्ने बुझ्यौँ, त्यही बेला प्रदेश सरकारले ट्रमा सेन्टरका लागि जग्गा चाहियो भनेर हामीलाई खबर गरेपछि त्यहाँ भएको सहकारीलाई अन्यत्र व्यवस्थापन गरेर जग्गा उपलब्ध गराएका हौँ”, पूर्वनगर प्रमुख केसीले भन्नुभयो ।

केसीका अनुसार ट्रमा सेन्टर बन्दै गरेको जग्गा ऐलानी हो । त्यहाँ एउटा सहकारी सञ्चालन भइरहेको थियो । त्यसभित्र केही रुख पनि थिए । लुम्बिनी प्रदेश सरकारले सोही जग्गा उपलब्ध गराई दिन भनेर लमही नगरपालिकालाई भनेपछि नगरपालिकाले सहकारी अन्यत्र व्यवस्थापन गर्न पत्राचार गरे पनि सहकारी सञ्चालकबाट तत्काल सार्न नसकिने भनेपछि विवाद उत्पन्न भएको थियो ।

“त्यहाँ रहेको सहकारीलाई अन्यत्र व्यवस्थापन गर्यौं, त्यहाँ भएका भवन भत्काउन केही समय लाग्यो र त्यहाँ भएका रुख काट्न ठूलै समस्या आयो, त्यसकारण पनि काम ढिला भएको हो” केसीले भन्नुभयो । रुख काट्दा वन कार्यालयको अवरोध हुँदा थप ढिला भएको पूर्वनगर प्रमुख केसीको भनाइ छ ।

लमही नगरपालिकाका पूर्वउपप्रमुख देवका बेल्बासेका अनुसार लमही क्षेत्रमा सामान्य खालको ट्रमा सेन्टर बनाउने भनेर सङ्घीय सरकारले पनि चासो राखेको थियो । तर प्रदेश सरकारले प्रदेशस्तरीय ट्रमा सेन्टर बनाउने भनेर स्थानीय पालिकासँग समन्वय गरेपछि काम अगाडि बढेको हो ।

दाङको लमहीमा अत्याधुनिक सेवा सुविधासहितको ट्रमा सेन्टर निर्माण गर्ने भनेर लुम्बिनी प्रदेश सरकारले आव २०७६÷७७ मा रु १९ करोड ४१ लाख विनियोजन गरेको थियो । तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा बजेट विनियोजन भएको हो । प्रदेशले अहिलेसम्म चारवटा मुख्यमन्त्री पायो, तीमध्ये पोखरेल र वर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी दाङकै हुनुहुन्छ ।

लमहीमा बन्दै गरेको प्रदेशस्तरीय ट्रमा सेन्टर कहिले सम्पन्न हुन्छ भन्ने कुनै टुङ्गो छैन । ट्रमा सेन्टरको निर्माणको जिम्मा लामा जिएसएच जेभी काठमाडाँैले लिएको छ । कामको सम्झौता गरेलगत्तै नेपालमा कोरोनाका कारण निर्माणका सामग्री पठाउन नसकेको निर्माण कम्पनीका प्रतिनिधि दिलीप लामाले बताउनुभयो । “त्यो बेला केही समय कोरोनाले काम गर्न दिएन, केही समय त्यहाँ भएका भवन भत्काउन ढिला भयो र केही समय जग खन्ने क्रममा पानी निस्किएर ढिलाइ भयो”, लामाले भन्नुभयो ।

सहरी विकास तथा भवन कार्यालय दाङका निमित्त कार्यालय प्रमुख अनन्तकुमार देवका अनुसार २०८० असार २३ गते काम सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । विविध कारण देखाउँदै समयमा काम सम्पन्न गर्न नसकिएको जनाएपछि निर्माण व्यवसायीको अनुरोधमा म्याद थपको काम प्रक्रियामा रहेको छ । लमहीमा बन्दै गरेको प्रदेशस्तरीय ट्रमा सेन्टरको नियमनको काम सहरी विकास तथा भवन कार्यालय दाङले गर्दै आएको छ । रासस

आइतबार, असार ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.