• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन

  •  सोमबार, साउन ०१, २०८० मा प्रकाशित

चितवन।पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा रु ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो ।

कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग गरिएको नगरप्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो । नगरपालिकाले कार्यविधि बनाएर गत आर्थिक वर्ष २०७९÷८० को भदौ महिनाबाट कोष सञ्चालनमा ल्याएको थियो । कोषको कार्यविधिअनुसार एउटा बिरामीलाई रु १० हजारसम्म उपचारका लागि सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ ।

आवश्यकताअनुसार रकम थप गर्ने विकल्प खुल्ला गरिएको नगरप्रमुख सापकोटाले बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई प्रतिव्यक्ति रु २० हजारसम्म प्रदान गरिएको उहाँले बताउनुभयो । रु १० हजारभन्दा बढी पाउने बिरामीको सङ्ख्या तीन जना रहेको जनाउँदै नगरप्रमुख सापकोटाले वडा कार्यालयको सिफारिसका आधारमा नगरपालिकाले कोषबाट रकम प्रदान गर्दै आएको बताउनुभयो ।

कोषबाट ३७ बिरामीको उपचारको लागि प्रतिव्यक्ति रु १० हजार र तीन बिरामीको उपचारको लागि प्रतिव्यक्ति रु २० हजारका दरले कोषबाट प्रदान गरिइएको छ । कोष सञ्चालनमा आएपछि हालसम्म रु दुई लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “आर्थिक अभावका कारण उपचार गर्न नपाएर कसैले ज्यान जानु हुँदैन”, उहाँले भन्नुभयो, “गरिब तथा विपन्न नगरवासीको उपचारको लागि कोष स्थापना गरेका हौँ ।”

त्यसैगरी नगरपालिकाले विपन्न समुदायको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गत आव २०७९÷८० मा तीन हजार दुई घरधुरीको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिकाले जनाएको छ । विपन्न समुदायको उपचारको लागि स्वास्थ्य बीमा र आकस्मिक उपचारको लागि कोष स्थापना गरिएको नगरप्रमुख सापकोटाको भनाइ छ । रासस

सोमबार, साउन ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.