• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २५ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २८ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३१ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३५ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

हाजिर गर्न नदिए आन्दोलन गर्ने स्वास्थ्यकर्मीको चेतावनी

  •  बुधबार, साउन ०३, २०८० मा प्रकाशित

बाँके । कोहलपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । कोहलपुर नगरपालिकाले हाजिर गर्न नदिएर आफूहरूलाई अन्याय गरेको भन्दै आक्रोशित भएका स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।

आर्थिक वर्ष सुरु भएसँगै कोहलपुर नगरपालिकाले १६ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो । असार ३० गते बसेको कोहलपुर नगर कार्यपालिकाको बैठकले दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यका १६ जना कर्मचारीहरूको व्यवस्थापनका लागि भन्दै समायोजन मिलान भन्दा पहिले कार्यरत निकायमा फिर्ता पठाउने निर्णय गरेको थियो । उक्त निर्णयबाट आफूहरू अन्यायमा परेको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।

कोहलपुर नगर स्वास्थ्य शाखाका सिनियर अहेव गेहराज खनालले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएर अपमानजनक व्यवहार गरिएको बताउनु भयो। नगरपालिकाले समायोजनमा कार्यरत कर्मचारीलाई साउन १ गतेदेखि हाजिर गर्न नदिने भएपछि आफूहरू अन्यायमा परेको खनालले बताउनु भयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ र स्वास्थ्य सेवाका कर्मचारी समायोजन मिलान सम्बन्धि व्यवस्था २०७७ बमोजिम आफूहरू दोहोरो सहमतिका आधारमा विभिन्न मितिमा समायोजन मिलानको अनुसार कोहलपुर नगरपालिकामा हाजिर भई हालसम्म काम गर्दै आएको भएपनि एक्कासी पुरानै ठाउँमा फिर्ता पठाउने निर्णय हुन दुखद भएको सिनियर अहेव शारदा चन्दले बताउनुभयो ।

समायोजनमा कामकाज गर्ने गरि खटाएका कर्मचारीहरूलाई एक्कासी फिर्ता गर्ने निर्णयले अन्याय भएको स्वास्थ्यकर्मीको भनाई छ ।

यसैबिच स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न ट्रेड युनियनहरूले स्वास्थ्यकर्मीहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने बताएका छन् । मङ्गलबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रेड युनियनका प्रतिनिधिहरूले दोहोरो सहमति लिइसकेकाका कर्मचारीहरूलाई पुन पुरानै ठाउँमा फर्कन नैतिक समस्या पर्ने भन्दै केन्द्रिय स्तरबाटै यसको समाधान खोजिने बताए ।

कोरोना महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखेर काम गरेका स्वास्थ्यकर्मीहरूलाई स्थानीय निकायमै व्यवस्थापन गर्नुको साटो अलपत्र पार्ने गरी पुरानै ठाउँमा फिर्ता पठाउने निर्णय गर्नु निन्दनीय भएको भन्दै उनीहरूले असन्तुष्टि ब्यक्त गरेका छन् ।

बाँकेमा सबै ट्रेड युनियनको तर्फबाट स्थानीय, प्रदेश हुँदै केन्द्रिय स्तरमा समेत यस विषयमा ध्यानाकर्षण पत्र बुझाउने तयारी भइरहेको नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्र कुमार केसीले बताउनु भएको छ । विगतको स्थानीय सरकारले लिएको दायित्व अहिलेको सरकारले पनि बहन गर्नुपर्ने भन्दै केसीले स्वास्थ्यकर्मीहरूलाई काम गर्नै नदिने वातावरण निर्माण गर्नु भर्त्सनायोग्य कार्य भएको उल्लेख गर्नुभयो।

ट्रेड युनियन काँग्रेस बाँके जिल्ला अध्यक्ष लोकेन्द्र चन्दले स्वास्थ्यकर्मीहरू माथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । आफु मातहतका कर्मचारीलाई अभिभावकीय भूमिका निर्वाह गर्न नसक्नु प्रमुख प्रशासकीय अधिकृत र पालिका प्रमुखको कमजोरी भएको उल्लेख गर्दै चन्दले तानासाही रूपमा कर्मचारीलाई फिर्ता पठाउने निर्णय कदापि स्वीकार्य नहुने बताउनु भयो ।

कोहलपुर नगरपालिकाको निर्णयका कारण देशभरका स्वास्थ्यकर्मीहरूलाई असर परेको बताउँदै चन्दले विपद्को समयमा फ्रन्ट लाइनमा खटिएका कर्मचारीलाई दुख दिनु आपत्तिजनक भएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय ट्रेड युनियन बाँके जिल्ला अध्यक्ष राजेन्द्र शाहि, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बाँके अध्यक्ष राजेन्द्र सिंह लगायतले स्वास्थ्यकर्मीहरूको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने गरी नीतिगत रूपमै ऐन संशोधनका लागि पहल भइरहेको बताएका थिए । उहाँहरूले स्वास्थ्यकर्मीहरुले गर्ने आन्दोलनमा ऐक्यबद्धता समेत जनाउनु भएको छ ।

बुधबार, साउन ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.