• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ११ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ११ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ११ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सेवा शुल्करहित रगतले राहत

  •  बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

महोत्तरी । नयाँ आर्थिक वर्ष २०८०/०८१ प्रारम्भसँगै बर्दिबास नगरपालिकाले नगरक्षेत्रका अस्पतालमा भर्ना भएका बिरामीले माग भएको रगत सेवा शुल्करहित पाउने भएका छन् । चालु आवको प्रारम्भसँगै नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखा, रक्तसञ्चार केन्द्रबाट सेवा शुल्करहित रगत पाउने व्यवस्था गरेपछि उपचारमा रगत चाहिने बिरामीलाई राहत भएको हो ।

लामो समयदेखि आन्द्रा फुटेर मुखबाट रगत जाने समस्याको उपचार गराई रहनुभएकी बर्दिबास–८ हाथीलेटकी ३२ वर्षीया अर्पना लुङ्गेलीले अब रगत माग हुने बिरामीलाई राहत भएको बताउनुभयो । पालिकाले रक्तसञ्चार केन्द्रबाट सेवा शुल्करहित रगत पाउने व्यवस्थाले राहत मिलेको उहाँको भनाइ थियो । “समस्या नपरेकालाई यो केही होइन तर नियमित उपचार गर्नेहरुलाई यसले ठूलो राहत दिएको छ”, उहाँले भन्नुभयो ।

बिरामीले रक्तसञ्चार केन्द्रबाट रगत लिँदा दिनुपर्ने सेवा शुल्क नगरपालिकाले व्यहोर्ने घोषणा गरेपछि नयाँ आर्थिक वर्ष २०८०/८१ को प्रारम्भसँगै यो व्यवस्था कार्यान्वयन भएको छ । अब पालिका भित्रका बासिन्दाले जुनसुकै अस्पतालमा उपचार गराउँदा पनि चिकित्सकले माग गरेका रगत सेवा शुल्करहित पाउने भएका छन् ।

“म खुट्टाको हड्डीको सर्जरीपछि चिकित्सकको नियमित रेखदेखमा छु, महिनैपिच्छे रगत चाहिन्छ, यसपालीको अस्ति साउने सङ्क्रान्तिका दिन रगत लिएर उपचार लिइसके”, बर्दिबास–४ वरडाँडाका ५२ वर्षीय कृष्णबहादुर माझीले भन्नुभयो, “अब रगतवापतको सेवाशुल्क बिरामीले दिनु नपर्ने भएपछि उपचारमा धेरै सहज हुनेछ ।”

बर्दिबास–३ गौरीडाँडास्थित नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले रगत माग भएका बिरामीबाट रक्त सङ्कलन, भण्डारण, सुरक्षण, कार्य सामग्री थैला, रगतको ल्याब परीक्षण र रक्त मिलान परीक्षण (क्रस म्याच) गर्दा एक पोका रगतमा रू एक हजार चार सय सेवा शुल्क लिँदै आएको थियो ।

अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रले रगत माग गरेका पुर्जाका आधारमा सेवा शुल्क नगरपालिकाले व्यहोर्ने पत्र प्राप्त भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ । “चिकित्सकले रगत माग गरेको पुर्जा राखेर बिरामीलाई रगत दिन्छौँ, सेवाबापतको शुल्क मासिकरुपमा एकमुष्ट नगर कार्यपालिकाको कार्यालयमा दाबी गरिन्छ”, रेडक्रस उपशाखाका सभापति तथा रक्तसञ्चार केन्द्रका संयोजक रेवन्त कार्की ‘सुदीप’ भन्नुभयो, “बिरामीलाई दिन थालेको सेवा शुल्करहित रगत सेवाले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारमा निकै राहत पुग्नेछ ।”

यसअघि उपशाखाले अति विपन्न र जटिल रोगको उपचार गराइरहेका बिरामीलाई ‘विपन्न रक्त सहायता कोष’मार्फत सेवा शुल्करहित रगत उपलब्ध गराउँदै आएको थियो । उक्त सेवा लिनेमा बर्दिबास र गौशाला नगरक्षेत्रका नौ जना बिरामी रहेका कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मिर्गौलाको नियमित डायलसिस गराइरहेका, थाइलेसिमिया, ब्लडक्यान्सर (रक्त क्यान्सर), एनिमियाँ, एनिमिक, गम्भीर प्रकृतिको हाड सर्जरी र आन्द्रा फुटेर दीर्घ उपचार गराइरहेका बिरामीलाई महिनैपिच्छे चाहिने रगत कोषले सेवा शुल्क व्यहोरेर बिरामीलाई उपलब्ध गराउँदै आएको थियो ।

केन्द्रका संयोजक कार्कीका अनुसार कोषबाट पाउने सेवा जहाँसुकैका जटिल प्रकृतिका विपन्न बिरामीले पाउने भए पनि नगरले उपलब्ध गराएको सेवा शुल्करहित रगत बर्दिबास नगरक्षेत्रका बिरामीले मात्र पाउनेछन् । बर्दिबास अस्पतालबाट सरदर महिनामा चार सय पोका (थैला, पिन्ट) रगत माग हुँदै आएमा एक सय ५० को हाराहारीमा बर्दिबास नगरक्षेत्रका हुने गरेका उहाँको भनाइ थियो ।

नगरले थालेको उक्त सेवा सानो प्रकृतिको देखिए पनि स्वास्थ्य उपचारसँग सम्बन्धित भएकाले निकै महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । “एक व्यक्तिमा हेरिँदा एक हजार चार सय रकम देखिन्छ, यो रकम धेरथोर नभई स्वास्थ्यसँग जोडेर थालिएको सुविधा हो”, बर्दिबास–१२ का ठाकुरप्रसाद सिंहले भन्नुभयो, “स्वास्थ्य क्षेत्रका सुविधा अझै बढ्दै जाउन्, अस्पताल पुग्दा हेला हैन, उपचार पाइयोस् ।”

यसैबीच नगरप्रमुख प्रह्लादकुमार क्षत्रीले बर्दिबास अस्पतालको सेवा भरपर्दो र गुणस्तरीय बनाउन, अस्पतालको स्तरोन्नति गर्न, उपचार सेवा विस्तार गर्न र बिरामीलाई सहुलियत बढाउँदै लैजाने योजना अनुरुपम काम गरिरहेको बताउनुभयो । ‘बर्दिबास अस्पताल पुगेपछि उपचार हुन्छ’ भन्ने आमजनतामा विश्वास जगाउनु मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो ।

बर्दिबास नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि निरन्तर घुम्ती जाँच सेवा सञ्चालन गर्ने तयारी गरिरहेको नगरप्रमुख क्षत्रीले जानकारी दिनुभयो । नगर कार्यपालिकाको स्वास्थ्य शाखाको संयोजनमा बर्दिबास अस्पताल र नगर क्षेत्रका स्वास्थ्य संस्थाका दक्ष जनशक्ति परिचालित गरी बस्तीबस्तीमा घुम्ती सेवा पुर्‍याइने उहाँले बताउनुभयो ।

उक्त सेवा ६० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई दिइने नगरप्रमुख क्षत्रीले स्पष्ट पार्नुभयो । नगरपालिकाले बर्दिबास अस्पतालमा प्रसुति सेवा लिने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा गत वैशाख १ गतेदेखि दिँदै आएको छ । रासस

बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.