• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

मेथिनकोट अस्पतालको सेवा विस्तार

  •  बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट जिल्ला अस्पतालमा सेवा विस्तार गरिएको छ । अस्पतालबाट प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउँदै संरचना व्यवस्थापनमा लागेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अस्पतालमा हाल ओटी (अप्रेसन थ्रेटर), डायलासिस सेवा थपिएको छ । काठमाडौँस्थित गङ्गालाल अस्पतालको सहकार्यमा हृदयाघात सम्बन्धी उपचार सेवा, मानसिक स्वास्थ्य अस्पताल पाटनको सहकार्यमा मानसिक स्वास्थ्य सेवालगायत आइसियु, भेन्टिलेटरसहित अस्पतालका सम्पूर्ण सेवालाई थप प्रभावकारी बनाइएको अस्पतालका प्रमुख डा मधुकर दाहालले बताउनुभयो । उहाँका अनुसार जनशक्ति व्यवस्थापन गरी हाल सुरु गर्न लागिएको डायलासिस सेवाले मिर्गौला रोगीका लागि निकै राहत पुग्नेछ ।

अस्पतालमा २४सै घन्टा आकस्मिक सेवाका साथै प्रयोगशाला, एक्स–रे, प्रसूति, फार्मेसी तथा अन्य सेवा विस्तार गरी गरिएको डा दाहालले बताउनुभयो । “सेवा प्रभावकारी बनाउँदै लगिएकाले बिरामीको विश्वास बढेको छ । गुणस्तरीय प्रयोगशालाका कारण स्थानीय तथा छिमेकी जिल्ला सिन्धुलीका नागरिकले पनि सेवा लिएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार पचास श्ययामा सञ्चालित यस अस्पतालले गम्भीर समस्या भई बाहिर पठाउनु पर्ने(रिफर) बिरामीको सङ्ख्या घटाउँदै लगेको छ ।

त्यस्तै विभिन्न विपद्का समयमा घाइते भएका, सडक दुर्घटना तथा आकस्मिक सेवामा आउने बिरामीको सहजताका लागि आवश्यक तयारी गरिएको डा दाहालले जानकारी दिनुभयो ।

बाह्र दक्ष चिकित्सकसहित ६८ जना कर्मचारी रहेको उक्त अस्पतालले सामान्य चिरफार, स्वास्थ्य विमा कार्यक्रम, रेविजविरुद्धको खोप, महामारी नियन्त्रण, एचआइभी एड्स नियन्त्रण, क्षयरोग, कुण्ठरोग, किटजन्य रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी हरेक शनिबार ‘मुख्यमन्त्री जनता स्वास्थ्य सेवा कार्यक्रम’समेत सञ्चालन भइरहेको छ ।

दाहालका अनुसार अस्पतालले बिरामीका लागि निःशुल्क खाना र खाजाका साथै सुत्केरी महिलाका लागि विशेष खानाको व्यवस्था गरेको छ । अस्पतालमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगर, तेमाल, रोशी, महाभारत, पाँचखाल नगर तथा रामेछाप, सिन्धुली, दोलखा, खोटाङ, ओखलढुङ्गा तथा बिपी राजमार्ग हुँदै यात्रा गर्ने अधिकांशले सेवा लिँदै आएका छन् ।

अस्पतालले शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरी महिलाको पाठेघरको उपचार, हड्डीको समस्या, हर्निया तथा हाइड्रोसिलका बिरामीको उपचार सुरु गर्ने जनाएको छ । जिल्ला अस्पतालको मान्यता दिइएको उक्त अस्पताललाई प्रादेशिकस्तरको बनाउन सेवा विस्तारमा तीव्रता दिइएको हो । रासस

बिहिबार, साउन ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.