• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव

  •  सोमबार, साउन ०८, २०८० मा प्रकाशित

जनकपुरधाम ।मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा देखिएको पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

सोमबार जनकपुरधाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वल्र्डभिजन इन्टरनेशनलको आयोजना तथा प्रदेश सरकारको समन्वयमा आयोजित पोषणसम्बन्धी राउण्डटेबल छलफल कार्यक्रममा मुख्यमन्त्री यादवले कुनै एक तहका सरकारको पहलले मात्रै मधेस प्रदेशमा रहेको पोषणसम्बन्धी समस्या समाधान नहुने भन्दै सबै तहका सरकारबीचको आपसी सहकार्य र समन्वय जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेशमा पोषणको स्थिति सुधारका लागि क्रियाशील सङ्घसंस्थासँग पनि आवश्यक सहकार्य र समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

“मधेस प्रदेशमा पोषणको स्तर सुधार ठूलो समस्या र चुनौतीका रूपमा रहेको छ । यसमा देखिएका समस्या समाधान गर्न र प्रदेशवासीको मौलिक हकको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध छ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “सबैको सामूहिक प्रयास भएमा हाल देखिएको समस्या समाधान गर्न सकिन्छ । त्यसैले म यस कार्यमा सहयोगका लागि सबैलाई आग्रह गर्दछु ।”

त्यस अवसरमा नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा (देउवा) ले शिशुको पोषणको कुरा गर्दा आमाका लागि पोषणको आवश्यकता बिर्सन नहुने बताउनुभयो । उहाँले पोषणको अभावमा आमा कमजोर हुँदा शिशु पनि स्वस्थ हुन नसक्ने भएकाले यसतर्फ विशेष ध्यानदिन आग्रह गर्नुभयो ।

मानवीय विकास सूचकाङ्कमा पछि परेको मधेस प्रदेशको विकासका लागि जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने सांसद देउवाको भनाइ थियो ।

कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले सङ्घीय सरकारले आवश्यक अधिकार र समन्वय नगरी प्रदेशलाई ओझेलमा पार्ने काम भइरहेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहले केही दिनभित्रै मधेस प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्ने तयारी भएको जानकारी दिनुभयो । प्रदेशका एक सय ३६ मध्ये बाँकी रहेका १८ पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणाको तयारीमा सरकार जुटेको उहाँले बताउनुभयो ।

उहाँले मधेस प्रदेशमा खस्किँदै गएको स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि सरकार संवेदनशील रहेकाले यस कार्यमा सबै पक्षबाट सहयोग हुनुपर्ने बताउनुभयो । “मधेस प्रदेशका धेरै विज्ञ, वरिष्ठ चिकित्सकबाट देशभरका निजी तथा सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह भइरहे पनि मधेसकै स्वास्थ्य अवस्था सुधार नहुनु चिन्ताको विषय हो”, मन्त्री सिंहले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विज्ञ चिकित्सकहरूलाई प्रदेशमै सेवा दिन अभिप्रेरित गर्नेदेखि अन्य आवश्यक योजना कार्यान्वयन गर्दैछ । यसमा सबै तह र तप्काबाट हामीलाई सहयोगको आवश्यकता छ ।”

कार्यक्रममा वरिष्ठ चिकित्सक डा आरएन झाले जनकपुरधाममा क्यान्सर रोगको उपचारको सुरुआत हुनु सुखद् भएको भन्दै अब गुणस्तरीय र भरपर्दो उपचार सेवा दिन सम्बद्ध पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ चिकित्सक डा बलराम मिश्रले जनकपुरधाममा नै क्यान्सर रोगको उपचार हुन लागेकामा खुसी व्यक्त गर्दै नागरिक हितलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा डा महेश महासेठ, डा वैद्यनाथ ठाकुर, डा शरद यादव, प्रादेशिक अस्पतालका व्यवस्थापक अखिलेशकुमार साहसहित ३० जनाले रक्तदानसमेत गर्नुभएको क्यान्सर रोग विशेषज्ञ डा अवधेश साहले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रूपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीलगायतले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, वन तथा वातावरणमन्त्री रमेश पटेल, विनाविभागीय मन्त्री सुरिता साह, प्रदेशका निमित्त प्रमुख सचिव किशोर चौधरीलगायत प्रदेश सरकारका सचिव तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । रासस

सोमबार, साउन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.