• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ५. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

इच्छाशक्तिका अगाडि शारीरिक दुर्वलता गौण बन्दोरहेछ’

  •  शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

सुर्खेत छिन्चु । सेतै फुलेका कपाल, एक छेउमा उनी श्रीमती र उनीसँगै एउटा समाउने लौरी राखेर दुई दम्पती मिठार्ईका डब्बा बनाउने गर्नुहुन्छ । उहाँहरु दुवै दम्पतीको व्यस्तता हेर्दा यसपटक अलि धेरै मिठाई राख्ने डब्बाको अडर लिएको जस्तो पनि देखिएको थियो ।

उहाँको दुई दम्पतीका काम हेर्दा लाग्दैन उहाँहरु शारीरिक रुपमा अशक्त हुनुहुन्छ भन्ने । करिब ६८ वर्षीय नन्दप्रसाद चौलागाईं आफ्नो नियमित काममै व्यस्त भेटिनुहुन्छ, सधैँजसो । ‘सुर्खेत स्विट बक्स’ व्यवसायबाट मिठाईका बट्टा उत्पादन गर्नमै व्यस्त हुनुहुन्छ । शारीरिक अवस्थाका हिसाबले उहाँका दुवै खुट्टा चल्दैनन् । यो अवस्थामा रहनुभएका वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत इत्राममा बस्दै आउनुभएका चौलागार्इंको जीवन धेरैले सोचेभन्दा भिन्न छ ।

पारिवारिक कुरा गर्दा खासमा अपाङ्गता उहाँमा मात्र होइन, उहाँकी श्रीमती नन्दारुपाले पनि दुवै आँखा देख्नुहुन्न । पाँच जनाको परिवारमा छोरीमा पनि बौद्धिक (सुस्त मनस्थिति) अपाङ्गता छ । तर पनि यो परिवार अरू कसैको दयामायाले नभएर आफ्नै पौरखमा बाँचिरहेको छ ।

मागेर जीवन गुजारा गर्ने भनेको नै हातखुट्टा सद्धे नहुने अर्थात शारीरिकरुपले अपाङ्गहरुले मात्रै हो । सबलाङ्गहरुले त काम गरेर खाने हो भन्ने सामाजिक मान्यताका कारण कतिपयले उहाँलाई दयाभाव देखाउँदा पनि उहाँले कहिल्यै आश गर्नुभएन । उहाँ भन्ने गर्नुहुन्छ, ‘‘शरिको एक अङ्ग कमजोर भएपनि अर्को अङ्ग ठीक छ भने किन अर्काको आश गर्ने ?’’ उहाँको मेहनत, लगनशीलता र सफलता देखेर धेरै मानिस छक्क पर्दछन् ।

वीरेन्द्रनगर एयरपोर्ट नजिकै रहेको इत्राम खोलापुल पूर्वको चोकदेखि चार सय ५० मिटर दक्षिणमा एउटा साधारण घरमा उहााँले आफ्नो व्यवसाय सञ्चालन गरिरहनु भएको छ । मिठार्ई प्याक गर्ने कागजका चारकुने बट्टा बनाउने काममा ध्यानमग्न चौलागाइले उद्योग थालेको अहिले २२÷२४ वर्षमा लागिसकेको छ ।

उहाँ भन्नुहुन्छ, ‘‘उमेर बढ्दै गएर होला अहिले हातगोडा थाकेका छन् जाँगर पनि सेलाउँदै गएको छ ।’’ दृष्टिविहीन् भएपनि काममा उहाँको पत्नी नन्दारुपाले सघाउँदै आउनुभएको छ । चौलागाई दम्पतीले ‘सुर्खेत स्वीट बक्स’ व्यवसाय सञ्चालन गरेको दुई दशकभन्दा धेरै भएको छ । शारिरीक अपाङ्गतासँगै उद्योग व्यवसाय सञ्चालन गर्नु र त्यसलाई निरन्तरता दिने काम आफैँमा कम चुनौतीपूर्ण छ तर पनि यी दुईको जोडी पारिवारिक रुपमा मात्र जमेको छैन व्यवसायमा पनि उत्तिकै जमेको छ ।

नन्दप्रसाद २०५२ सालमा आफ्नो श्रीमतीको आँखाको उपचारका लागि सुर्खेत झर्नुभएको थियो । जुम्लामा खेतीपाती गर्दै गुजारा गरी जेनतेन जीवन गुजारा चल्दै थियो । पछि कम्मरमुनिको भाग अचानक चल्न छोडेपछि उहाँ उपचारका लागि सुर्खेत झर्नुभएको थियो । सुर्खेतलगायत देशका विभिन्न स्थानमा उपचार गराउँदा पनि सामान्य अवस्थामा आउन नसकिएको उहाँले दुःखेसो पोख्नुभयो ।

विसं.२०४१ मा चौलागाईको जीवनमा आइपरेको समस्या त्यतिमा मात्र सीमित रहेन । आफ्नो खुट्टा नचल्नेभएपछि श्रीमतीको भरमा पर्नुभएका उहाँलाई केही वर्षपछि अर्को विपद् आइलाग्यो । नन्दरुपाको पनि अकस्मात् दुवै आँखाको ज्योति गुम्यो । तैपनि चौलागाई दम्पतिले हरेश खाएन र मिठार्ईका लागि आवश्यक पर्ने बट्टाको व्यापार सुरु ग¥यो । पीडामै जेनतेन जीवन गुजारिरहेका बेला छोरी जन्मिइन् । ती पनि सुस्त मनस्थितिकी ।

उहाँहरुले थप सङ्र्घष गर्ने अठोटसहित व्यापारलाई निरन्तरता दिइरहनु भयो । उहाँहरुको त्यो आत्मविश्वासले अन्य अपाङ्गता भएकाले पनि समाजमा केही गर्न सक्छन् भन्ने कुराको उदाहरण दिएको छ । एक रथका दुई पाङ्ग्रा जस्तै यो दम्पति एक अर्काको भरमा बाँचेको छ ।

अपाङ्गमैत्री स्कुटीमा दैनिकजसो मिठाईका बट्टा बेच्दै हिड्ने नन्दप्रसादले व्यापार विस्तार गरेर खुद्रा पसलसमेत थाप्नुभएको छ । अपाङ्गता भएर पनि पौरखी काम गर्दै आउनुभएका उहाँले मासिक करिब दुई हजार मिठाईका बट्टा उत्पादन गर्दै आएको बताउनुहुन्छ । उहाँको साहस, सङ्घर्ष र सफलताको कथा सपाङ्ग व्यक्तिहरुको लागि पनि प्रेरणाको स्रोत बनेको छ । वार्षिक कारोवार रकम करिब रु.पाँच लाख गर्दै आएका उनीहरुको लगानी कटाएर वार्षिक रु.एक लाखभन्दा बढी नै बचत हुन्छ ।

चौलागाईको परिवारको मुख्य आयस्रोत नै व्यवसाय नै हो । दुई छोरा र एक छोरीसहति परिवारमा पाँच जना सदस्य छन् । व्यवसायलाई उहाँको परिवारका सदस्यले आफ्नै श्रममा चलाएका छन् । फुर्सदको समयलाई सदुपयोग गर्दै प्रयोग हुने श्रमले व्यवसायका लागिअन्य कामदार राख्नु नपरेको उहाँ बताउनुहुन्छ ।

नन्दप्रसाद व्यवसायी हुनुभन्दा पहिला सिपाही हुनुहुन्थ्यो । उहाँले तत्कालीन शाही नेपाली सेनामा २४ वर्ष एक महिना सेवा गर्नुभएको थियो । विसं २०३२ चैत १ गते सेनाको सिपाही दर्जाबाट सेवा सुरु गर्नुभएका उहाँले सेनाको अमल्दार पदबाट अवकाश लिनुभएको थियो । सेनामा सेवारत रहँदा नै प्याराप्लेजिया रोगले च्याप्दै गयो र अन्ततः उहाँका दुवै खुट्टाले काम गर्न छाडे । आफ्नो साहसिक सङ्घर्ष र लगनशीलताको यात्राबाट उहाँले जीवन विचलित भएन र आज एक सफल व्यवसायी बन्नु भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘‘जागिरको क्रममा प्याराप्लेजिया रोगले थलिएँ । जुम्लाबाट उपचारका क्रममा काठमाडौं आवतजावत पनि सम्भव भएन’’ उहाँले विगत सम्झँदै भन्नुभयो, “उपचारमा सजिलो होला भन्ने सोचेर नै वीरेन्द्रनगरमा बसाई सरेको हुँ ।’’ जुम्लाको तत्कालीन लाम्रा गाउँ विकास समिति वडा नं ४ लाम्रा गाउँमा जन्मनुभएका उहाँ २०५२ सालमा सुर्खेत बसाईसराईं गरी आउनुभएको र सो समयमा दश धुर जग्गाबाट बसाई सुरु गरिएको उहाँले बताउनुभयो ।

कामप्रतिको लगाव, मेहनत र परिश्रमले होला अहिले वीरेन्द्रनगरमै एक कट्ठा १५ धुर घडेरी र सात कट्ठा १० धुर खेत जोड्नु भएको छ । विसं २०५५ मा वीरेन्द्रनगर नगरपालकिाको आर्थिक सहयोग र सुर्खेत नेत्रहीन सङ्घको आयोजनामा कागजी सामग्री उत्पादन’ सम्बन्धी एक हप्ते तालिमपछि नन्दप्रसादले मिठार्ईको बट्टा बनाउन थाल्नु भएको हो । सो तालिममा २५ जनाको सहभागिता थियो तर सुर्खेतमा अहिले यो व्यवसाय सञ्चालन गर्ने नन्दप्रसाद मात्र एक्लो प्रशिक्षार्थी हुुनुहुन्छ ।

उहाँले भन्नुभयो, “तालिमपछि कागजका थैला, झोला, मिठार्ईका बट्टा बनाउन जानेका छौँ । सुरुआती समयमा हामीले बनाएका मिठार्ईका बट्टाले बजार पाए । तर कागजका थैलाहरुमा भने ध्यान जान सकेन । त्यसको व्यवसाय प्लाष्टिकले ओगट्यो ।” हालको समयमा कागजका थैलाहरुको उत्पादन बजारमा ल्याउन सके वस्तुको पुनःप्रयोग र वातावरणमा समेत सुधार आउने उहाँको भनाइ छ ।

बजारमा हालको समयमा प्लाष्टिकको प्रयोग बढ्दै जाँदा भने यसले वातावरणीय प्रदूषणका साथै नागरिकको स्वास्थ्यमा समेत असर गरिरहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेर जाने कागजबाट सामग्री बनाएर सदुपयोगमा ल्याउन कुरामा नागरिकमा पनि जनचेतनाको विकास भइरहेको छ ।”

पछिल्लो समय प्लाष्टिकको प्रयोगले ल्याउने वातावरणीय र स्वास्थ्यमा पर्ने असरका बारेमा सर्वसाधारणमा विस्तारै चेतनाको विकास हुन थालेपछि कागजका थैलालगायतको उत्पादनले बजार पाउने नन्दप्रसाद विश्वस्त देखिनुहुन्छ । यसका लागि बजारमा कच्चा पदार्थ पनि खेर गइरहेका छन् । छापाखाना, सरकारी कार्यालयलगायतका क्षेत्र कागजका भरपर्दो स्रोत हुन् । रासस

शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.