• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

भेरी अस्पताल विशिष्टकृत सेवा दिँदै

  •  शनिबार, साउन १३, २०८० मा प्रकाशित

नेपालगञ्ज ।बाँकेस्थित भेरी अस्पतालले आफ्ना बिरामीलाई दिने सेवालाई विशिष्टकृत सेवाका रुपमा रुपान्तरण गर्दै लैजान थालेको छ । अस्पतालको १३३ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले न्युरो, युरो, क्याथ ल्याबलगायत विभिन्न सेवा प्रदान गरेर विशिष्टकृत सेवातर्फ फड्को मार्ने प्रयास भएको बताउनुभयो ।

उहाँले केही दिनअघि अत्याधुनिक एमआरआई मेसिन अस्पताल भित्र्याइएको जानकारी दिँदै भौतिक पूर्वाधारको विकास पनि क्रमिकरुपमा भइरहेको बताउनुभयो । सरकारले यस अस्पताललाई एमडी र एमएस अध्ययन अध्यापनका लागिसमेत अनुमति दिएको छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले भेरी अस्पताल सङ्घीय मातहतमा रहे पनि प्रदेश सरकारले पनि समन्वय गर्दै आएको उल्लेख गर्दै भएका स्रोतका आधारमा जनताले सेवा पाउनुपर्नेमा जोड दिनुभयोे ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतमा भएको कार्यक्रममा, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, नेकपा (एमाले)का जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, अस्पताल विकास समितिका पूर्वअध्यक्ष प्रमोद धिताललगायतले स्वास्थ्य सेवा सबैको पहुँचमा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विसं १९४७ मा पृथ्वीवीर डिपेन्सरीको रुपमा स्थापना भएको उक्त अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसुति गृह हुँदै विसं २०२२ मा भेरी अस्पतालमा नामाकरण भएको थियो । अस्पतालमा अहिलेसम्म वर्षमा एक लाख ८० हजार चार सय ३२ ले सेवा लिएका छन् । एक सय ६५ बेड रहेको सो अस्पतालमा इमर्जेन्सी सेवामा २५ बेड रहेको छ । कार्यक्रममा २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान पनि गरिएको थियो । रासस

शनिबार, साउन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.