चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले दन्त सँगै स्वास्थ शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
शिविरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका ५२० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको थियोे । शिवनगर प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सन्देश गौतमले विद्यार्थीहरुको साधरण स्वास्थ चेक जाँच गर्नु भएको थियो भने मङगलम डेन्टलका डा.अनुप लुइँटेलको टिमले दन्त परिक्षण गर्नु भएको थियोे।
परिक्षणका क्रममा केही विद्यार्थीहरुमा दन्त समस्या देखिएको डा.लुइँटेलले बताउनु भयो । विद्यालयले आफ्रनो संस्थागत सामाजिक उत्तरदायीत्व बहन गर्दै यसअघि पनि विद्यार्थीहरुको स्वास्थ परिक्षण गर्दै आइरहेको छ ।