चितवन । चितवनमा विगतको भन्दा अहिलेको बजेट बढी रहेको प्रमाण सहित देखाउन सक्ने बागमती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले बताउनु भएको छ ।
पश्चिम चितवनको मंगलपुरमा शनिबार९आज० आयोजित नेपाली काँग्रेस भरतपुर महानगर समितिको बृहत वैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले अहिले प्रदेश सांसदहरुलाई संसद विकास कोष,क्षेत्र विकास कोष बागमती प्रदेश सरकारले नछुट्याएको बताउनु भयो ।
२०८०,८१ को बजेटमा चितवनका ३ जना सांसदहरु ९ गिता गुरुङ,माया श्रेष्ठ ,बिनु रायमाझी ० ले आफ्ना योजनाहरु संसदीय दलमा पेश गर्नु भएको र ती योजनाहरु पार्टीको संसदीय दल मार्फत सरकार समक्ष पेश गरेर सम्बोधन गरिएको बताउनु भयो ।
उहाले पश्चिम चितवनको हेल्थपोस्टमा रु २५ लाख, माडी अस्पताललाई रु २५ लाख, माडी बदरझुला स्वास्थ्य चौकीलाई रु ५ लाख, शिवनगर स्वास्थ्य चौकीलाई रु १० लाख, शहिद गणेश पौडेल उप(स्वास्थ्य चौकीलाई रु १० लाख, खैरहनी नगर अस्पताललाई रु २५ लाख, इच्छाकामना स्वास्थ्य चौकीलाई रु २५ लाख बजेट बिनियोजन गरेको बताउनु भयो ।
बागमती प्रदेशमा रहेका ६६ वटा निर्वाचन क्षेत्रमा एक स्वास्थ्य क्षेत्र सरलीकरण अन्तर्गत २२ करोड रुपैया विनियोजन गरेर ६६ वटै निर्वाचन क्षेत्रको स्वास्थ्यमा पहुँच भन्ने नाराले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले काम गरेको मन्त्री जोशीले बताउनु भयो ।
यसैगरी कार्यक्रममा चितवन जिल्ला सभापति राजेश्वर खनालले पछिल्लो समय काँग्रेस भित्र बढी इतिहास कोटाउने,वर्तमानलाई अस्तब्यस्त पार्ने र भविस्यलाई अन्धकार बनाउने प्रवृति बढ्दै गएकोमा दु:ख व्यक्त गर्नुभयो ।
उहाँले काँग्रेसको इतिहास गर्मिलो रहेकोले इतिहासलाई स्मरण गर्दै वर्तमानलाई सुन्दर, भविस्यलाई सुनौलो बनाएर अगाडी बढ्न आग्रह गर्नु भयो ।
काँग्रेस केन्द्रिय सदस्य दिलमान प्राखिनको प्रमुख आतिथ्यता,बागमती प्रदेश सदस्य रामचन्द्र अर्याल (माइकल), बागमती प्रदेश स्वास्थ्य मन्त्री उतम जोशी, चितवन जिल्ला सभापति राजेश्वर खनाल, बगमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रम नेपाली काँग्रेस भरतपुर महानगर समितिको कार्यवाहक सभापति विजय घलेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाली काँग्रेस महानगर समिति सचीव प्रनिशा गुरुङले सहजीकरण गर्नु भएको थियो ।
