• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४५ मिनेट 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ७ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

आँखा पाक्ने रोगले धनुषाका विद्यालय धमाधम बन्द

  •  आइतबार, साउन २१, २०८० मा प्रकाशित

धनुषा ।आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाले पनि एक सूचना जारी गर्दै साउन २२ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी अन्य नगर तथा गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा आशिष बोहोराले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको बताउनुभयो ।

अस्पतालमा पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक बढीमा दैनिक छ सय ५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले आठ सयभन्दा बढी आइरहेका छन् । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी सङ्ख्या बढेको डा बोहोराले बताउनुभयो ।

डा बोहोराले यस साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक एक सय ५० जनासम्म बिरामी आएको बताउनुभयो । गत साता यस्तै समस्या लिएर आउने बिरामी सङ्ख्या ४०÷४५ जना मात्रै थियो । जनकपुरसहित अहिले गाउँगाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ । सबैभन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको एक गैरसरकारी संस्थामा सामाजिक परिचालक अनिता यादवले सात वर्षीय छोरालाई चार दिनदेखि आँखा पाक्ने रोगले सताएकोमा आजदेखि आफू पनि प्रभावित भएको बताउनुभयो ।

उहाँले छोरालाई ठीक हुन लागेको तर आफूलाई नै आँखा पाक्ने रोग सरेको बताउनुभयो । जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा बोहोराका अनुसार सङ्क्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।

चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।

सङ्क्रमण बढेपछि दमौलीमा पनि विद्यालय बन्द

दमौली : आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनी माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनी माध्यमिक विद्यालयले साउन २२ गतेदेखि २४ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालभर फैलिएको आँखा पाक्ने रोगले यस विद्यालयमा पनि अधिकांश शिक्षक तथा विद्यार्थीमा सङ्क्रमण देखिएकाले तीन दिन शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय भएको छ ।”

बिदाको दिनमा विद्यार्थीको सरसफाइ, खानपिनमा ध्यान दिन र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा जान नदिने कुरामा सतर्कता अपनाउन आग्रह गरिएको छ । पञ्चमुनी माध्यमिक विद्यालयले साउन १९ र २० गते विद्यालय बन्द गरेकामा त्यसलाई निरन्तरता दिँदै साउन २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा विद्यार्थीमा रोगको सङ्क्रमण देखिएकाले विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

हिउँदे बिदाबाट कट्टा हुने गरी आवश्यकताअनुसार शनिबारसमेत विद्यालय सञ्चालन गर्न सकिने भन्दै साउन २४ गतेदेखि विद्यालय सुचारु हुने वा सङ्क्रमण नियन्त्रण नरहे पुनःसूचना जारी गरिने जनाइएको छ ।

जिल्लाका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेको छ । एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने वा टाँसिने, आँखाबाट आँसु बगिरहने, आँखा सुन्निने आँखा पाक्ने रोगको लक्षण हुन् । यसबाट बच्न जथाभावी रूपमा आँखा नछुने, आँखा छुनुभन्दा पहिले राम्ररी साबुनपानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्नुपर्ने डा सञ्जीव अधिकारीले बताउनुभयो ।

आँखा पाक्ने रोग लागि सकेपछि पटकपटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने गर्न उहाँले आग्रह गर्नुभयो ।

अस्पतालमा बिरामीको भीड

नारायणगढ : मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्गटिवाइटिस’ का कारण जिल्लामा आँखा पाक्ने समस्याको प्रकोप बढेपछि भरतपुर आँखा अस्पतालमा बिरामीहरूको भीड बढेको छ । अस्पतालमा बिरामी बिहानैदेखि उपचार गराउन आएपछि भीड हुन थालेको हो ।

अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्र चौधरीका अनुसार अन्य समयभन्दा यो समयमा अस्पतालमा बिरामीको चाप ५० प्रतिशतले बढेको छ । बिरामीमध्ये आँखा पाकेर उपचार गराउन आउनेको सङ्ख्या ७० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप बढेपछि अस्पतालमा भीड लागेको छ ।”

उहाँले विगतका दिनमा दैनिक आठ/नौ सय बिरामी आउने गरेको भन्दै आइतबारको बिहानैदेखि बिरामीको चाप हेर्दा यो सङ्ख्या दोब्बर हुन सक्ने बताउनुभयो । उहाँले अस्पतालले सबैलाई सहज तरिकाले उपचार र परामर्श दिएको जानकारी दिनुभयो ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन व्यक्तिगत सरसफाइ र सामाजिक दुरी अपनाउनुपर्ने बताउनुभयो । उहाँले यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा रोग लागेको बिरामीको सम्पर्कमा जान नहुने जानकारी दिनुभयो । उहाँले विशेषत वर्षा मौसम र मौसम परिवर्तनको समयमा यस्ता भाइरसजन्य रोगले सताउने भन्दै रोगबाट बच्नु नै उत्तम उपाय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो भाइरल इन्फेक्सन हो त्यसैले यसको लक्षणको आधारमा उपचार गर्ने हो । चिसोले सेक्ने, आँसुजन्य औषधि राख्ने हो ।” उहाँले आँखा पाकेमा जथाभावी एन्टिबायोटिक औषधि प्रयोग नगर्न सुझाव दिनुभएको छ ।

डा सुवेदीले आँखा पाक्ने रोग लागेमा मेडिकलबाट जथाभावी औषधि खरिद गरेर प्रयोग नगर्न सुझाव दिँदै चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । चितवनसहितका देशैभरि यो समयमा आँखा पाक्ने रोग निकै बढेर गएको छ । जिल्लाका कतिपय पालिकामा यसको प्रकोप बढेपछि शिक्षण संस्था बन्द गरिएको छ ।

आँखा पाक्ने रोगबाट विद्यार्थी र शिक्षक सङ्क्रमित

उदयपुर : जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा बिस्तारै फैलिदै गएको आँखा पाक्ने रोग अहिले जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी र बेलका क्षेत्रमा फैलिन थालेको छ ।

आँखा पाक्ने रोग फैलिँदै जान थालेपछि सबैभन्दा बढी सङ्क्रमित विद्यालयका विद्यार्थी र शिक्षक बन्न थालेका छन् । आँखा पाक्ने रोगका कारण जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रका धेरै सरकारी तथा निजी विद्यालयका विद्यार्थी र शिक्षक सङ्क्रमित भएको यस क्षेत्रका विद्यालयका शिक्षकले बताएका छन् ।

गाईघाट, पिशजोन विद्यालयका प्रिन्सिपल प्रभात कर्णका अनुसार आफ्नो विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी र सात शिक्षक आँखा पाक्ने रोगबाट सङ्क्रमित भएका छन् ।

गाईघाट क्यान्भास एकेडेमी, प्याराडाइज, उदयपु् इङ्गलिस स्कुल, इभरग्रिनसहित सरकारी विद्यालय त्रियुगा नमूना मावि, बालमन्दिर मावि, अम्बेवर मावि राजावाससहितका विद्यालयका शिक्षक र विद्यार्थीहरूमा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाले अहिले अस्पतालमा दैनिक सयौँको सङ्ख्यामा बालबालिका र विद्यार्थी आँखा पाक्ने रोगको उपचारका लागि अस्पताल आउने गरेको बताउनुभयो ।

यता बेलका नगरपालिका क्षेत्र र चौदण्डी गढी नगरपालिका क्षेत्रका सरकारी तथा निजी विद्यालयमा आँखा पाक्ने रोगले विद्यार्थी र शिक्षकमा निकै सङ्क्रमित बनाएको जनता मावि हँडियाका शिक्षक बाबुनारायण चौधरीले बताउनुभयो । रासस

आइतबार, साउन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
झापा र कैलालीमा खोप अभियान

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.