• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

आँखा पाक्ने रोगले धनुषाका विद्यालय धमाधम बन्द

  •  आइतबार, साउन २१, २०८० मा प्रकाशित

धनुषा ।आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्तिअनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न र सामाजिक दूरी कायम गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिका र मिथिला नगरपालिकाले पनि एक सूचना जारी गर्दै साउन २२ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यसैगरी अन्य नगर तथा गाउँपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

जनकपुरस्थित जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा आशिष बोहोराले आँखा पाक्ने रोग (एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गइरहेको बताउनुभयो ।

अस्पतालमा पछिल्लो केही दिनदेखि आँखा रोगका बिरामीको भीड पनि बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक बढीमा दैनिक छ सय ५० जनासम्म उपचार गराउन आउने भए पनि अहिले आठ सयभन्दा बढी आइरहेका छन् । आँखा पाक्ने रोग धेरै फैलिएकाले बिरामी सङ्ख्या बढेको डा बोहोराले बताउनुभयो ।

डा बोहोराले यस साता आँखा पाक्ने समस्या लिएर मात्रै दैनिक एक सय ५० जनासम्म बिरामी आएको बताउनुभयो । गत साता यस्तै समस्या लिएर आउने बिरामी सङ्ख्या ४०÷४५ जना मात्रै थियो । जनकपुरसहित अहिले गाउँगाउँमा पनि आँखा पाक्ने रोग फैलिएको छ । सबैभन्दा बढी बालबालिकामा सङ्क्रमण देखिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको एक गैरसरकारी संस्थामा सामाजिक परिचालक अनिता यादवले सात वर्षीय छोरालाई चार दिनदेखि आँखा पाक्ने रोगले सताएकोमा आजदेखि आफू पनि प्रभावित भएको बताउनुभयो ।

उहाँले छोरालाई ठीक हुन लागेको तर आफूलाई नै आँखा पाक्ने रोग सरेको बताउनुभयो । जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा बोहोराका अनुसार सङ्क्रमण भइसकेपछि सुरूमा आँखा बिझाउने, चिलाउने, चिप्रा टाँसिने, आँखा रातो हुने, आँसु बग्ने, घाममा हिँड्न गाह्रो हुनेलगायत लक्षण देखापर्छन् । कसैकसैको आँखाको ढकनी पनि सुन्निन्छ ।

चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान–बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई चस्माको प्रयोग गर्न र भीडभाडमा नजान पनि आग्रह गरिएको छ । चिकित्सकको सल्लाहअनुसार उपचार गर्न पनि आग्रह गरिएको छ ।

सङ्क्रमण बढेपछि दमौलीमा पनि विद्यालय बन्द

दमौली : आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनी माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनी माध्यमिक विद्यालयले साउन २२ गतेदेखि २४ गतेसम्म विद्यालय बन्दको निर्णय गरेको सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हाल नेपालभर फैलिएको आँखा पाक्ने रोगले यस विद्यालयमा पनि अधिकांश शिक्षक तथा विद्यार्थीमा सङ्क्रमण देखिएकाले तीन दिन शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय भएको छ ।”

बिदाको दिनमा विद्यार्थीको सरसफाइ, खानपिनमा ध्यान दिन र अन्य व्यक्तिहरूसँगको सम्पर्कमा जान नदिने कुरामा सतर्कता अपनाउन आग्रह गरिएको छ । पञ्चमुनी माध्यमिक विद्यालयले साउन १९ र २० गते विद्यालय बन्द गरेकामा त्यसलाई निरन्तरता दिँदै साउन २३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयमा विद्यार्थीमा रोगको सङ्क्रमण देखिएकाले विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

हिउँदे बिदाबाट कट्टा हुने गरी आवश्यकताअनुसार शनिबारसमेत विद्यालय सञ्चालन गर्न सकिने भन्दै साउन २४ गतेदेखि विद्यालय सुचारु हुने वा सङ्क्रमण नियन्त्रण नरहे पुनःसूचना जारी गरिने जनाइएको छ ।

जिल्लाका विभिन्न ठाउँमा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्न थालेको छ । एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने, आँखा धेरै चिलाउने, कचेरा लाग्ने वा टाँसिने, आँखाबाट आँसु बगिरहने, आँखा सुन्निने आँखा पाक्ने रोगको लक्षण हुन् । यसबाट बच्न जथाभावी रूपमा आँखा नछुने, आँखा छुनुभन्दा पहिले राम्ररी साबुनपानीले हात सफा गर्ने, सफा पानीले आँखा सफा गर्नुपर्ने डा सञ्जीव अधिकारीले बताउनुभयो ।

आँखा पाक्ने रोग लागि सकेपछि पटकपटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुने गर्न उहाँले आग्रह गर्नुभयो ।

अस्पतालमा बिरामीको भीड

नारायणगढ : मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्गटिवाइटिस’ का कारण जिल्लामा आँखा पाक्ने समस्याको प्रकोप बढेपछि भरतपुर आँखा अस्पतालमा बिरामीहरूको भीड बढेको छ । अस्पतालमा बिरामी बिहानैदेखि उपचार गराउन आएपछि भीड हुन थालेको हो ।

अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्र चौधरीका अनुसार अन्य समयभन्दा यो समयमा अस्पतालमा बिरामीको चाप ५० प्रतिशतले बढेको छ । बिरामीमध्ये आँखा पाकेर उपचार गराउन आउनेको सङ्ख्या ७० प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप बढेपछि अस्पतालमा भीड लागेको छ ।”

उहाँले विगतका दिनमा दैनिक आठ/नौ सय बिरामी आउने गरेको भन्दै आइतबारको बिहानैदेखि बिरामीको चाप हेर्दा यो सङ्ख्या दोब्बर हुन सक्ने बताउनुभयो । उहाँले अस्पतालले सबैलाई सहज तरिकाले उपचार र परामर्श दिएको जानकारी दिनुभयो ।

अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन व्यक्तिगत सरसफाइ र सामाजिक दुरी अपनाउनुपर्ने बताउनुभयो । उहाँले यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुँदा रोग लागेको बिरामीको सम्पर्कमा जान नहुने जानकारी दिनुभयो । उहाँले विशेषत वर्षा मौसम र मौसम परिवर्तनको समयमा यस्ता भाइरसजन्य रोगले सताउने भन्दै रोगबाट बच्नु नै उत्तम उपाय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो भाइरल इन्फेक्सन हो त्यसैले यसको लक्षणको आधारमा उपचार गर्ने हो । चिसोले सेक्ने, आँसुजन्य औषधि राख्ने हो ।” उहाँले आँखा पाकेमा जथाभावी एन्टिबायोटिक औषधि प्रयोग नगर्न सुझाव दिनुभएको छ ।

डा सुवेदीले आँखा पाक्ने रोग लागेमा मेडिकलबाट जथाभावी औषधि खरिद गरेर प्रयोग नगर्न सुझाव दिँदै चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताउनुभयो । चितवनसहितका देशैभरि यो समयमा आँखा पाक्ने रोग निकै बढेर गएको छ । जिल्लाका कतिपय पालिकामा यसको प्रकोप बढेपछि शिक्षण संस्था बन्द गरिएको छ ।

आँखा पाक्ने रोगबाट विद्यार्थी र शिक्षक सङ्क्रमित

उदयपुर : जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा बिस्तारै फैलिदै गएको आँखा पाक्ने रोग अहिले जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी र बेलका क्षेत्रमा फैलिन थालेको छ ।

आँखा पाक्ने रोग फैलिँदै जान थालेपछि सबैभन्दा बढी सङ्क्रमित विद्यालयका विद्यार्थी र शिक्षक बन्न थालेका छन् । आँखा पाक्ने रोगका कारण जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रका धेरै सरकारी तथा निजी विद्यालयका विद्यार्थी र शिक्षक सङ्क्रमित भएको यस क्षेत्रका विद्यालयका शिक्षकले बताएका छन् ।

गाईघाट, पिशजोन विद्यालयका प्रिन्सिपल प्रभात कर्णका अनुसार आफ्नो विद्यालयमा दुई सयभन्दा बढी विद्यार्थी र सात शिक्षक आँखा पाक्ने रोगबाट सङ्क्रमित भएका छन् ।

गाईघाट क्यान्भास एकेडेमी, प्याराडाइज, उदयपु् इङ्गलिस स्कुल, इभरग्रिनसहित सरकारी विद्यालय त्रियुगा नमूना मावि, बालमन्दिर मावि, अम्बेवर मावि राजावाससहितका विद्यालयका शिक्षक र विद्यार्थीहरूमा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको सम्बन्धित विद्यालयका शिक्षकले बताएका छन् ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा ज्ञानेन्द्र झाले अहिले अस्पतालमा दैनिक सयौँको सङ्ख्यामा बालबालिका र विद्यार्थी आँखा पाक्ने रोगको उपचारका लागि अस्पताल आउने गरेको बताउनुभयो ।

यता बेलका नगरपालिका क्षेत्र र चौदण्डी गढी नगरपालिका क्षेत्रका सरकारी तथा निजी विद्यालयमा आँखा पाक्ने रोगले विद्यार्थी र शिक्षकमा निकै सङ्क्रमित बनाएको जनता मावि हँडियाका शिक्षक बाबुनारायण चौधरीले बताउनुभयो । रासस

आइतबार, साउन २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.