• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १२ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १२ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १२ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

धवलागिरि अस्पतालमा ‘सिटीस्क्यान’ सेवा सुरु हुँदै

  •  मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

गलकोट ।धवलागिरि अस्पताल बागलुङमा सिटीस्क्यान सेवाका लागि आवश्यक उपकरण भित्रिएको छ । पोखरा बाहिर पहिलोपटक धवलागिरि अस्पतालमा सिटीस्क्यान उपकरण भित्रिएको हो । यो सेवाले धवलागिरिको मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका बिरामीलाई सहज हुने छ ।

गण्डकी प्रदेश सरकारले धवलागिरि अस्पतालमा सिटीस्क्यान सेवाका लागि आर्थिक वर्ष २०७९÷०८० मा रु १० करोड बजेट विनियोजन गरेको थियो । धवलागिरि अस्पतालले ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरेको सिटीस्क्यान उपकरण अस्पतालमा आइपुगेको छ ।

विशेषज्ञ सेवाबाट विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले सिटीस्क्यान सेवा थप गर्न थालिएको धवलागिरि अस्पताल बागलुङले जनाएको छ । अस्पतालमा अहिले १८ विशेषज्ञ चिकित्सकद्वारा विभिन्न विभागीयरुपमै विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छन् । अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजनाअन्तर्गत उपकरण थप गरेको हो ।

पछिल्लो समय धवलागिरि अस्पतालले दैनिक चार सयदेखि पाँच सय बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएकामा सिटीस्क्यान गर्न र जटिल प्रकारका समस्यालाई मात्र पोखरा सिफारिस गर्नुपर्ने अवस्थामा सिटीस्क्यान सेवा सुरु भएपछि सिफारिस दर अझै घटेर जाने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविरन्जन प्रधानले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश बाहिरको सरकारी अस्पतालमा पहिलो सिटीस्क्यान सेवा प्रदान गर्ने अवस्थामा पुगेका छौँ, सिटीस्क्यान उपकरण भित्रिएको छ, अस्पतालले ग्लोबल टेन्डरमार्फत चीनबाट उपकरण भित्र्याएको हो”, उहाँले भन्नुभयो, “अब सिटीस्क्यान गर्न पोखरा, काठमाडौँ जानु पर्दैन, एक महिनाभित्रै सिटीस्क्यान सेवा प्रदान गर्ने लक्ष्यअनुसार आवश्यक काममा लागेका छौँ ।” अहिले उपकरण जडानकार्यको आवश्यक तयारी भइरहेको छ ।

प्रमुख डा प्रधानका अनुसार अस्पतालमा भइरहेको जनशक्तिलाई तालिम प्रदान गरेर सेवा सञ्चालन गर्ने बताउँदै आवश्यक जनशक्तिको व्यवस्थापनका लागि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेको छ । अस्पतालमै रेडियोलोजिस्ट भएकाले सेवा सञ्चालनमा समस्या नहुने उहाँको भनाइ छ ।

लामो समयको प्रयासपछि गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश राजधानी बाहिर सिटीस्क्यान राख्न सफल भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । अठार विशेषज्ञ र ११औँ तहका तीन चिकित्सक भएको र रेडियोलोजिस्ट विशेषज्ञ चिकित्सक भएको अस्पतालमा सिटीस्क्यान सेवा हुनु भनेको धवलागिरिवासीका लागि सुखद् कुरा भएको शर्माको भनाइ छ । अठार विशेषज्ञ, १० मेडिकल अधिकृतबाट विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालले चिकित्सक थपिँदा अस्पतालमा उपचारका लागि आउने नागकिलाई पोखरा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सहज भइरहेको छ ।

तेइस जनाको दरबन्दी रहेको अस्पतालमा दरबन्दी र छात्रवृत्तिका १८ विशेषज्ञ र १० मेडिकल अधिकृत गरी २८ चिकित्सक कार्यरत रहेको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिनुभयो । अस्पतालमा आकस्मिक, प्रसूति, ओपिडीलगायत २४ वटा विभाग पूर्णरूपमा सञ्चालनमा आएको प्रमुख डा प्रधानले जानकारी दिनुभयो । अस्पतालमा अहिले आइसीयू र एनआइसीयूजस्ता महत्त्वपूर्ण सेवासमेत प्रदान भइरहेको छ । रासस

मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.