• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

स्वास्थ्य बीमामा आकर्षण : भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या बढ्यो

  •  मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित

नारायणगढ ।स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् ।

अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दुई हजारदेखि दुई हजार दुई सय जना बिरामी अस्पतालको बहिरङ्ग सेवामा आउने गर्छन् । अस्पतालमा चितवनबाहेक गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, पूर्वी नवलपरासीलगायतका जिल्लाबाट बीमाका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।

विगतमा दैनिक एक हजार पाँच सय मात्रै बिरामी आउने गरकोमा पछिल्ला दिनहरूमा यो सङ्ख्या बढ्दै गएको छ । निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार नपाइने भएपछि बिरामी यही आउने गरेका छन् ।

उहाँले भन्नुभयो, “भरतपुर अस्पताल पुरानो, विश्वासिलो र यहाँ विशेषज्ञ चिकित्सकीय सेवा पाइने भएकाले बिरामी सेवाप्रति आकर्षित भएका हुन् ।” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालका सबै स्वास्थ्यकर्मी, कर्मचारी र विशेष गरेर बीमा शाखामा कार्यरत कर्मचारीबाट भएका मेहिनतका कारण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बिरामीको आकर्षण बढ्नुमा सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्त्वपूर्ण छ ।”

उहाँले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी भुक्तानीमा समस्या नभएको बताउनुभयो । बीमामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको उहाँको भनाइ छ । उहाँले सकेसम्म बिरामीलाई कसरी सहजता दिलाउन सकिन्छ भनेर आफूहरू लागि परेको बताउनुभयो ।

अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालमा आउने बिरामीको सङ्ख्या यहाँको सेवामा सुधार भएसँगै बढ्दो क्रममा रहेको बताउनुभयो । बिरामी बढेपछि अस्पतालमा उपकरण र जनशक्ति व्यवस्थापनमा चुनौती थपिएको भन्दै उहाँँ भन्नुहुन्छ, “हामीसँग कम जनशक्ति र उपकरण सीमित हुँदा बिरामीलाई भनेको समयमा सेवा दिन पाइरहेका छैनौँ ।”

अस्पतालमा बिरामीको चापअनुसार जनशक्ति व्यवस्थापन र आवश्यक उपकरण खरिद गर्नुपर्ने देखिएपछि अस्पतालले पहिलोपटक वार्षिक कार्ययोजना बनाएको उहाँले जानकारी दिनुभयो । “कार्ययोजनामा बिरामी र चिकित्सक–नर्स र कर्मचारीकोे अनुपात मिलाउनेदेखि आवश्यक उपकरण खरिदसम्मको योजना बनाइएको छ”, अध्यक्ष पौडेलको भनाइ छ । उहाँले हालसालै केन्द्र सरकारसँग पहल गरी एमआरआई मेसिन खरिद सुनिश्चित गरिएको, अस्पतालमा पुराना मेसिनहरु मर्मत गरिएको, नयाँ केही मेसिन थपिएको तथा केही थपिने क्रममा रहेको, प्रयोगशाला रिपोर्टहरु छिट्टै दिने व्यवस्थाजस्ता सुधारका काम गरिएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालको भौतिक पक्ष मात्रै नभई कर्मचारी व्यवस्थापन र सेवा सुविधामा पनि जोड दिइएको छ । अतिरिक्त समयमा सेवा दिने कर्मचारीलाई ४० प्रतिशतसम्म भत्ताको व्यवस्था गर्नुका साथै बीमा बोर्डबाट आउने रकममध्ये १० प्रतिशत अस्पताल विकास समिति र सरकारी कर्मचारीले पाउने गरी निर्णय भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । रासस

मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.