• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १४ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १४ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १५ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १५ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १७ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १७ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

आरोग्य केन्द्रमार्फत निःशुल्क उपचार र औषधि वितरण

  •  शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

चितवन ।चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ ।

भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर केन्द्रले आयुर्वेदिक सेवा प्रदान गरिरहेको हो । यस केन्द्रबाट आर्थिक वर्ष २०७९÷८० मा दुई हजार दुई सय ४० जनाले उपचार सेवा लिएको केन्द्र प्रमुख मङ्गल विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट योग सेवा लिने दुई सय ६१, पञ्चकर्म (थेरापी) लिने चार सय ७० र सामान्य प्याथोलोजी सेवा लिने एक सय १० जना रहेका छन् ।

केन्द्रबाट निःशुल्क औषधिसमेत वितरण हुने गरेको प्रमुख विष्टले बताउनुभयो । गत आवमा रु सात लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँबाट २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएकोे छ ।

विसं २०७७ मा स्थापना भएको यो केन्द्रमा इच्छाकामनासहित गोरखाको सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यो केन्द्र पृथ्वी राजमार्गसँगै जोडिएकाले यात्रुले समेत सेवा लिने गरेको प्रमुख विष्टले बताउनुभयो । केन्द्रमा दैनिक १० देखि १५ बिरामी आउने गरेका छन् । “सेवा केन्द्रलाई एक जना कर्मचारीको भरमा चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “गाउँमै पुगेर सेवा दिनुपर्ने भएकाले जनशक्तिको अभाव छ ।” प्रमुख विष्टले पछिल्लो समय केन्द्रबाट निःशुल्क ल्याब सेवासमेत प्रदान गरिएको बताउनुभयो । “मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत केन्द्रलाई ल्याब प्राप्त भएको छ, बिरामीको घरमै पुगेर ल्याब टेष्ट गर्छौं”, उहाँले भन्नुभयो । ल्याब सुरु भएको एक महिनामै एक सय १० जनाले सेवा लिएका थिए। केन्द्रमार्फत नागरिकलाई दिनुपर्ने न्यूनतम सेवा दिएको भन्दै उहाँले बजेट र कर्मचारीको अभावका कारण समस्या भएको बताउनुभयो ।

इच्छाकामनालाई केन्द्रित गरेर सेवा दिने उद्देश्यले सेवा केन्द्र स्थापना भएको हो । वडाध्यक्ष नरबहादुर नेपालले सेवा केन्द्र स्थापनापश्चात् आयुर्वेद उपचारका लागि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले यस वर्ष गाउँपालिकाले पनि यहाँ कर्मचारी व्यवस्थापनका लागि सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष नेपालले आयुर्वेदिक उपचारबारे गाउँमा धेरैलाई जानकारी नरहेकाले समय समयमा स्वास्थ्य शिविर आयोजना गरेरसमेत उपचार गरिरहेको जानकारी दिनुभयो । रासस

शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.