• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

आरोग्य केन्द्रमार्फत निःशुल्क उपचार र औषधि वितरण

  •  शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

चितवन ।चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ ।

भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर केन्द्रले आयुर्वेदिक सेवा प्रदान गरिरहेको हो । यस केन्द्रबाट आर्थिक वर्ष २०७९÷८० मा दुई हजार दुई सय ४० जनाले उपचार सेवा लिएको केन्द्र प्रमुख मङ्गल विष्टले जनाकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट योग सेवा लिने दुई सय ६१, पञ्चकर्म (थेरापी) लिने चार सय ७० र सामान्य प्याथोलोजी सेवा लिने एक सय १० जना रहेका छन् ।

केन्द्रबाट निःशुल्क औषधिसमेत वितरण हुने गरेको प्रमुख विष्टले बताउनुभयो । गत आवमा रु सात लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँबाट २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएकोे छ ।

विसं २०७७ मा स्थापना भएको यो केन्द्रमा इच्छाकामनासहित गोरखाको सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यो केन्द्र पृथ्वी राजमार्गसँगै जोडिएकाले यात्रुले समेत सेवा लिने गरेको प्रमुख विष्टले बताउनुभयो । केन्द्रमा दैनिक १० देखि १५ बिरामी आउने गरेका छन् । “सेवा केन्द्रलाई एक जना कर्मचारीको भरमा चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “गाउँमै पुगेर सेवा दिनुपर्ने भएकाले जनशक्तिको अभाव छ ।” प्रमुख विष्टले पछिल्लो समय केन्द्रबाट निःशुल्क ल्याब सेवासमेत प्रदान गरिएको बताउनुभयो । “मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत केन्द्रलाई ल्याब प्राप्त भएको छ, बिरामीको घरमै पुगेर ल्याब टेष्ट गर्छौं”, उहाँले भन्नुभयो । ल्याब सुरु भएको एक महिनामै एक सय १० जनाले सेवा लिएका थिए। केन्द्रमार्फत नागरिकलाई दिनुपर्ने न्यूनतम सेवा दिएको भन्दै उहाँले बजेट र कर्मचारीको अभावका कारण समस्या भएको बताउनुभयो ।

इच्छाकामनालाई केन्द्रित गरेर सेवा दिने उद्देश्यले सेवा केन्द्र स्थापना भएको हो । वडाध्यक्ष नरबहादुर नेपालले सेवा केन्द्र स्थापनापश्चात् आयुर्वेद उपचारका लागि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले यस वर्ष गाउँपालिकाले पनि यहाँ कर्मचारी व्यवस्थापनका लागि सहयोग गर्ने बताउनुभयो । वडाध्यक्ष नेपालले आयुर्वेदिक उपचारबारे गाउँमा धेरैलाई जानकारी नरहेकाले समय समयमा स्वास्थ्य शिविर आयोजना गरेरसमेत उपचार गरिरहेको जानकारी दिनुभयो । रासस

शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.