• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

मौसमजन्य रोगको जानकारी दैनिक पठाउन आग्रह

  •  शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

चितवन ।मौसम परिवर्तनसँगै जिल्लामा बढ्दै गएको डेङ्गु, आँखा पाक्ने रोगलगाएतको अवस्था र तथ्याङ्कलाई छिटोछरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई गराउन आग्रह गरिएको छ ।

कार्यालयले आज यहाँ जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई बोलाएर सङ्क्रमण बढ्दो अवस्था कार्यालयलाई छिटोछरितोरुपमा सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।

जिल्लामा बिहीबार मात्र डेङ्गुका कारण एक जनाको मृत्यु भएको छ । डेङ्गु सङ्क्रमण भएकाको सङ्ख्या ५३ पुगेको छ । आँखा पाक्ने समस्याका कारण जिल्लाका शिक्षण संस्था बन्द रहेका छन् ।

कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफलाइटिस, कोभिडजस्ता रोग फैलनसक्ने समयमा नियमित सूचना दिन आग्रह गर्नुभयो । नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विष्लेषण गर्न सहज हुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुने गर्छ ।” रोगको नियन्त्रणसँगै रोकथामका लागिसमेत नियमित रिपोर्टिङ आवश्यक रहेको उहाँको भनाइ थियो ।

अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउनसके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुनसक्ने समस्या समाधानमा सरकारको ध्यान पु¥याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताउनुभयो ।

अहिले हप्ता÷पन्ध्र दिनमा तथ्याङ्क र जानकारी पठाउने गरेकामा अब दैनिकरुपमा पठाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।” अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालालाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उहाँले आग्रह गर्नुभयो ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले गरेको रिपोर्टिङलाई नियमितरुपमा व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । आगामी भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको जनाउँदै उहाँले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताउनुभयो ।

जिल्लामा हाल उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । पाँच सय ३२ जनाको परीघक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको केसीले जानकारी दिनुभयो । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । रासस

शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.