• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • २ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • २ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २१ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २१ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न अस्पताललाई आग्रह

  •  शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

चितवन । जिल्लामा रहेका सरकारी, निजी र सामुदायिक अस्पताल तथा प्रयोगशालाहरूलाई महामारीजन्य रोगको समयमै रिपोर्टिङ गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले यस्तो आग्रह गरेको हो ।

मौसम परिवर्तनसँगै जिल्लामा डेङ्गु, आँखा पाक्नेलगायतका रोगको तथ्याङ्कलाई छिटो छरितो ढङ्गबाट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन आग्रह गरिएको हो । कार्यालयले आज यहाँ जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पताल एवं प्रयोगशालाका प्रमुख एवं प्रतिनिधिलाई डाकेर सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले छिटो छरितो सूचना सम्प्रेषण गरिदिन आग्रह गरेको हो ।

सो अवसरमा कार्यालयका निमित्त प्रमुख इन्द्रमणि भण्डारीले मलेरिया, डेङ्गु, स्क्रबटाइफस, जापानिज इन्सेफ्लाइटिस, कोभिड जस्ता रोगहरू फैलिइरहेकाले महामारीको रूप लिन सक्ने भन्दै नियमित सूचना दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नियमित रिपोर्टिङले तथ्याङ्क सङ्कलन र विश्लेषण गर्न सहज हुन्छ ।” सरकारी तथा निजी क्षेत्रबाट प्रभावकारी रिपोर्टिङ नहुँदा महामारी नियन्त्रणमा समस्या हुन सक्नेतर्फ उहाँले सचेत गराउनुभयो । उहाँले थप्नुभयो, “रोगको नियन्त्रणसँगै रोकथामका लागि समेत नियमित रिपोर्टिङ आवश्यक छ ।”

अहिले दिइँदै आएको सूचनालाई अझै प्रभावकारी बनाउन सके प्रभावित क्षेत्रको पहिचान र त्यहाँ हुन सक्ने समस्या समाधानमा सरकारको ध्यान पु¥याउन सहज हुने कार्यालयका सूचना अधिकारी राम केसीले बताउनुभयो । अहिले हप्ता÷पन्ध्र दिनमा तथ्याङ्क र जानकारी आउने गरेको भन्दै दैनिकरूपमा पठाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “समन्वयको कमीका कारण प्रभावितले समयमा उपचार नपाउने समस्या आउन सक्छ ।” अहिलेको समय किटजन्य रोगको समय भएकाले सबै अस्पताल, प्रयोगशालाहरूलाई सतर्कताका साथ तथ्याङ्क समयमा पठाउन उहाँले आग्रह गर्नुभयो ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले अहिले भइरहेको रिपोर्टिङलाई नियमितरूपमा व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । भदौ र असोजमा जिल्लामा डेङ्गुको सङ्क्रमण फैलने गरेको भन्दै उहाँले सबैको सहयोगले मात्र नियन्त्रण सम्भव रहेको बताउनुभयो ।

जिल्लामा हाल उपचारका लागि आएका मध्ये ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको छ । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगाना नखुलेका छ र जिल्लाबाहिरका १७ जना रहेको केसीले जानकारी दिनुभयो । रासस

शुक्रबार, साउन २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.