• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ७ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बेलायती नर्सले सात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर

  •  शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित

लण्डन ।सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् ।

गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको थियो ।

उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाई र छलफलपछि फैसला सुनाएको हो ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म उत्तरपश्चिम इङ्ल्यान्डको काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशुको मृत्यु भएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

“लुसी लेट्बीलाई सबैभन्दा कमजोर बच्चाहरूको सुरक्षाको जिम्मा दिइएको थियो । उनीसँगै काम गर्नेहरूलाई उनीहरूको बीचमा एउटा हत्यारा छ भन्ने थाहा थिएन,” वरिष्ठ क्राउन अभियोजक पास्केल जोन्सले एक बयानमा भनेका छन् ।

अभियोजकले भनेका छन् , “पटक–पटक उनले बच्चालाई यस्तो वातावरणमा हानि पु¥याएकी थिइन्, जुन वातावरण उनीहरू र उनीहरूका परिवारका लागि सुरक्षित हुनुपथ्र्याे । यो हत्याले उनीमाथि गरिएको विश्वासमा पूर्ण विश्वासघात गरेको ठहर हुन्छ ।”

अदालतको सुनुवाईका क्रममा सहकर्मीहरूले प्रत्येक बच्चाहरू विरामी परेको वा उनीहरूको मृत्यु भएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए ।

केही नवजात शिशुहरू उनीहरूका आमाबाबुले शैया छोड्ने बित्तिकै एक्कासी विरामी परेको पाइएको सुनुवाईका क्रममा प्रमाण प्राप्त भएका थिए ।

अभियोजक निक जोनसनले भने, “लेट्बीले आफ्ना सहकर्मीलाई मृत्युको शृङ्खला ‘दुर्भाग्यको एक भाग मात्र हो’ भन्ने विश्वास दिलाएकी थिइन् ।”

लेट्बीको गलत निर्णयको ‘अन्तिम पिडित’ एकै पटक जन्मिएका तीन शिशुकेटा (तिम्ल्याहा) थिए, जसलाई अदालतमा बच्चाहरू ओ र पी को रूपमा उल्लेख गरिएको थियो ।

जून २०१६ मा इबिजामा छुट्टीबाट फर्केको केही समय पछि बच्चा ओ को मृत्यु भयो भने पी को एक दिन पछि मृत्यु भएको थियो ।

लेट्बीले तेस्रो बच्चा, चाइल्ड क्यूलाई मार्ने प्रयास गरेको पनि भनिएको थियो, तर फैसलाले आरोपको निर्णयमा पुग्न नसकिएको उल्लेख गरेको छ । जोनसनले त्यतिबेलासम्म लट्ेबी ‘पूर्णतया नियन्त्रणबाहिर’ रहेको र ‘वास्तवमा उनी पूर्ण नकारात्मक भूमिकामा रहेको’ बताएका छन् ।

लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा तेस्रो पटक पक्राउ परेपछि उनलाई औपचारिक रूपमा अभियोग लगाइएको थियो र हिरासतमा राखिएको थियो ।

उनको घरमा खानतलासी गर्दा प्रहरीले अस्पतालको कागजात र हस्तलिखित एउटा चिठ्ठी भेट्टायो जसमा लेट्बीले लेखेकी थिइन्, “म दुष्ट हुँ, मैले यो गरें ।”

दुई तिम्ल्याहाको मृत्युपछि लेट्बीलाई प्रशासनिक जिम्मेवारी तोकिएपछि उनले यो नोट लेखेको सुनुवाईका क्रममा बताएकी थिइन् ।

उनले आफूलाई मेडिकल ड्युटीबाट हटाउने निर्णयले आफूलाई ‘केही गलत काम गरेको’ जस्तो महसुस भएको बताइन् ।

ब्यारिस्टर बेन मायर्सले लेट्बीको बचाउ गर्दै अदालतमा गरेको बहसमा उनी ‘मेहनती, कामप्रति प्रतिबद्ध’ र ‘सेवालाई माया गर्थिन्’ भनेका छन् । शिशुको नाजुक स्वास्थ्यलाई सङ्केत गर्दै पिडितमध्ये धेरै समय पहिले जन्मेका र नवजात शिशु एकाइ धेरै ठूलो तर कम कर्मचारीयुक्त रहेकोले सेवा प्रवाहमा समस्या भएको पनि उनले बताए । लेट्बीलाई चार जना वरिष्ठ चिकित्सकहरूको एउटा ‘गिरोह’ले अस्पतालको असफलता ढाकछोप गर्न नर्स लेट्बीलाई दोषी देखाउने प्रयास गरेको पनि मायर्सल बताए ।

लेट्बीले आफ्नो सुनुवाईमा उनी ‘सधैं बच्चाहरूको सेवा गर्न चाहन्थिन्’ र मृत्युको लागि आफूलाई दोषी ठह¥याउनु ‘भयानक’ निर्णय भएको बताएकी थिइन् ।

यो घटनाले बेलायतका दुई कुख्यात चिकित्सकीय हत्यारा, डाक्टर हेरोल्ड शिपम्यान र नर्स बेभर्ली एलिटको सम्झनालाई पुनः जीवित गरेको छ । आफ्ना १५ जना बिरामीको हत्या गरेको चार वर्षपछि सन् २००४ मा जनरल प्राक्टिसनर शिपम्यानले जेलमा झुण्डिएर आत्महत्या गरेका थिए ।

उनको मृत्युपछि गरिएको एक सार्वजनिक अनुसन्धानले सन् १९७१ देखि १९९८ को बीचमा उनले २५० जना बिरामीलाई घातक मोर्फिन इन्जेक्सन दिएर उनीहरूलाई मारेको एक सार्वजनिक अनुसन्धानले निष्कर्ष निकालेको थियो ।

सन् १९९३ मा ‘एन्जिल अफ डेथ’ भनिने नर्स एलिटलाई आफ्नो हेरचाहमा रहेका चार जना साना बालबालिकाको हत्या गरेको, अन्य तीन जनाको हत्या गर्ने प्रयास गरेको र बाँकी छ जनालाई शारीरिक क्षति पु¥याएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो । रासस

शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.