• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ७ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १३ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १६ मिनेट 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १९ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १९ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २१ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २२ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

१३ कलेजो सफल प्रत्यारोपण, एक हजार बढीको मिर्गौला प्रत्यारोपण

  •  सोमबार, भदौ ०४, २०८० मा प्रकाशित

भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।

नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “२०७२ मङ्सिर २२ गतेदेखि हामीले केन्द्रमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेका थियौँ, २०७९ को अन्तिमसम्म १० जनामा कलेजो प्रत्यारोपण गरेका थियौँ, केन्द्रले विसं २०८० मा तीन जनाको सफल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ, यही साउन ३२ गते र भदौ २ गते दुईवटा कलेजो प्रत्यारोपण गर्न सफल भएका छौँ ।”

विश्वमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण नेपालमै केन्द्रले न्यून शुल्क अर्थात् रु १५ लाखमै कलेजो प्रत्यारोपण हुँदा विदेशिने करोडौँ रुपैयाँसमेत जोगिएको र कलेजो प्रत्यारोपण सहज भएको उहाँले बताउनुभयो । नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्दा विदेशी विशेषज्ञ चिकित्सकको टोलीको नेतृत्वमा नेपालका चिकित्सकसहितको संलग्नतामा भएकोमा पछिल्लो समयमा नेपालकै चिकित्सकको दक्षता बृद्धि गरी स्वदेशकै चिकित्सकबाट कलेजो प्रत्यारोपण सेवा निरन्तर गरिरहेको उहाँले बताउनुभयो ।

डा श्रेष्ठले भन्नुभयो, “नेपालकै चिकित्सकको दक्षतामा थप वृद्धि गरी स्वदेशी चिकित्सकबाटै कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्थामा पुगेका छौँ, यसअघि हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यसपटक एक जना मात्र विशेषज्ञ चिकित्सकको सहयोगले केन्द्रमा सफलतापूर्वक आफ्नै जनशक्तिबाट एक सातामा दुई कलेजो प्रत्यारोपण गर्न सफल भयौँ ।”

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणबिज्ञ डा श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा शिल्भाकुमार नागानाथनसहित नेपाली विज्ञ चिकित्सकसहितको टोलीले शल्यक्रिया गर्नुभएको थियो । उहाँका अनुसार केन्द्रमा साउन ३२ गते बिहीबार सल्यानका ५२ वर्षीय कृष्णबहादुर केसीको कलेजो प्रत्यारोपण गरिएको थियो । उहाँलाई आफ्नै छोरा २३ वर्षीया किरण केसीले कलेजो दान गर्नुभएको थियो । यही भदौ २ गते शनिबार ५७ वर्षीय कुमार राईलाई उहाँकी २१ वर्षीया छोरी प्रतिक्षा राईले कलेजो दान गर्नुभएको थियो ।

केन्द्रमा हाल कलेजो प्रत्यारोपित र अङ्ग दाता दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । दुवै कलेजो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा सपना बर्मा, डा रामबाबु साह, डा ललितकुमार दास, कलेजो फिजिसियन डा कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, डा रेखा श्रेष्ठ, डा रस्मित श्रेष्ठ, डा शिवसुन्दर जचल, रेडियोलोजी विभागका डा कृष्ण बुढाथोकी, डा समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशी, नर्सिङ टोलीको सहभागिता रहेको थियो ।

केन्द्रका निर्देशक डा श्रेष्ठले केन्द्र स्थापनाको ११ वर्षको अवधिमा एक हजार एक सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिँदै केन्द्रले विसं २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । अहिलेसम्म पाँच जना मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । रासस

सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.