• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • २ हप्ता 

लोकप्रिय समाचार

धनकुटामा छैटौँ पटक अमेरिकी स्वास्थ्य शिविर

  •  बुधबार, भदौ १३, २०८० मा प्रकाशित

धनकुटा । अमेरिकाको हवाईस्थित अलोहवा मेडिकल मिसनले धनकुटामा छैटौँ पटक बृहत् निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । यस संस्थाले आफ्नै खर्चमा धनकुटामा विसं २०६७, २०६८, २०७०, २०७२ र २०७५ मा शिविर सञ्चालन गरिसकेको छ ।

धनकुटाका समाजसेवीद्वय पुरेन्द्रलाल श्रेष्ठ र रोशेष श्रेष्ठ तथा सल्भ नेपाल धनकुटाको समन्वयमा धनकुटा अस्पतालमा यो पटकको शिविर असोज १ देखि १२ गतेसम्म सञ्चालन गरिने आयोजक समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

‘पहुँच नहुनेका लागि पहुँच’ भन्ने मूल नाराका साथ सम्पन्न हुन लागेको उक्त बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, थाइराड, गाठागुठी, दाँतलगायत एक दर्जनभन्दा बढी रोगको शल्यक्रिया गरिने मूल आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनुभयो ।

बाह्र दिनसम्म सञ्चालन हुने उक्त शिविरमा ४२ जना अमेरिकनसहित विभिन्न देशबाट जनरल सर्जन, गाइनो सर्जन, एनेसथेसिया विज्ञ र मेडिसिन विशेषज्ञ डाक्टरले सेवा दिने प्रचारप्रसार संयोजक तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभयो ।

यो शिविर अमेरिकन दक्षता र प्रविधिमा हुने भएकाले सबैका लागि यो एक अवसर भएको उहाँले सबैलाई सहभागी भएर लाभ लिन सुझाव दिनुभयो । मेडिकल मिसनले यसअघि नेपालमा आठ वटा शिविर सञ्चालन गरेकामा धनकुटा–५, लहानमा दुई बृहत् शिविर र नुवाकोटमा दन्त शिविर सञ्चालन गरेको थियो ।

धनकुटामा यसअघि सम्पन्न भएका पाँच वटा बृहत् स्वास्थ्य शिविरमा विभिन्न जिल्लाका १२ हजार तीन सय ९८ जनाले सेवा लिएका थिए । जसमा जटिल शल्यक्रिया सात सय ४६, सामान्य शल्यक्रिया एक हजार एक सय ६८, दन्त सेवा दुई हजार तीन सय चार र कृत्रिम हात ११ जनाले सेवा पाएको आयोजकले जानकारी दिएको छ ।

शिविर व्यवस्थापनका लागि अनुमानित करिब २० लाख रुपैयाँ खर्च हुने आर्थिक व्यवस्थापन उपसमिति संयोजक दोर्ण गुरागाईंले जानकारी दिनुभयो । गत वर्षमा समेत आर्थिक संयोजक रहनुभएका गुरागाईंले यसअघिका शिविरमा नागरिकले प्रत्येक शिविरबाट दुई करोडभन्दा बढीको निःशुल्क शल्यक्रिया उपचार सेवा लिएको जानकारी दिनुभयो ।

शिविर सञ्चालनका लागि २१ सदस्यीय मूल आयोजक समितिसहित १० वटा उपसमिति गठन गरिएको मूल आयोजक समितिका सचिवालय सदस्य तथा उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो । रासस

बुधबार, भदौ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.