भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष लेखराज पन्त (हरी) ले आफ्नो ६३ औँ जन्मोत्सवमा असहायहरुको आश्रयस्थल कुसुम सहारा संस्थामा रहेका बालबालिकाहरुको स्वास्थ्य बिमाका लागि चेक हस्तान्तरण गरेका छन् ।
उनले संस्थामा आश्रित १८ जना बालबालिकाहरुको बिमाका लागि रु. १२ हजार ६ सय बराबरको चेक संस्थाका सञ्चालिका कुसुम सहारालाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्षको जन्मोत्सव मनाउन उपस्थित सबै शुभेच्छुक वडावासीहरुले वडा परिसरमा २०० थान सयपत्री फूलका बिरुवा समेत रोपेका थिए ।
वडाका राजनीतिक दल, २३ वटा टोल विकास संस्था तथा आमा समूहका प्रमुख तथा प्रतिनिधिहरु गरी करिब २०० जनाको उपस्थिति रहेको थियो ।
