• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ५९ मिनेट 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ३ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ३ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ३ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २२ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २२ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १ दिन 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई सास्ती

  •  शनिबार, भदौ १६, २०८० मा प्रकाशित

मलेखु (धादिङ) । धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई उपचारका लागि सास्ती हुने गरेको छ । यहाँसम्म एम्बुलेन्स पुग्ने सडक छैनन् भने गाउँबाट सबैभन्दा नजिक मानिने स्वास्थ्य संस्था नौबिसेमा छ । सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो ।

“घरमै सकुशल आमा र बच्चाको ज्यान जोगाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो”, धुनिबेँसी नगरपालिका–७ गुर्दुमका वीरबहादुर तामाङले भन्नुभयो, “गाउँमा सुत्केरी गराउने अनुभवी व्यक्ति भेटिदैनन् । कसैलाई बर्थिङ सेन्टरका बारेमा थाहा छैन ।” उहाँका अनुसार श्रीमती सविना तामाङलाई स्वास्थ्यकर्मीले यही भदौ १९ गते सुत्केरी हुने दिन तोकेका छन् ।

सुत्केरीलाई पोषिलो खानेकुराको जोहो गरिसकेको भन्दै वीरबहादुरले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पु¥याउने चिन्ताले पिरोलेको बताउनुभयो । “सुत्केरीका लागि आवश्यक सबै पोषिलो खानेकुरा स्वास्थ्यकर्मीले भनेअनुसार नै तयार गरेर राखेको छु”, उहाँले भन्नुभयो, “थोरै पैसाको जोहो पनि गरेको छु । तर व्यथा लागेपछि बेलैमा अस्पताल पुर्‍याउन सक्निछ कि सकिदैन भन्ने चिन्ताले पिरोलेको छ ।”

गाउँका अधिकांशले सकेसम्म घरमै सुत्केरी गराउन खोज्ने गरेको बताउँदै वीरबहादुरले यो यहाँका स्थानीयको बाध्यता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कतिपयले स्वास्थ्य चौकी वा अस्पताल जाँदाजाँदै बाटैमा बच्चा जन्माउँछन् । “जिल्लाको धुनिबेँसी नगरपालिका वडा नं ७ तोप्लाङ, गुर्दुम, लिखु, मजुवा, धुसेनी, थलीका सबैको साझा समस्या यस्तै छ”, उहाँले भन्नुभयो, “दोभान भन्ने ठाउँसम्म एम्बुलेन्स पुग्छ । त्यहाँसम्म पुग्न दुर्गम बस्तीका स्थानीयलाई चार घण्टासम्म पैदल हिँड्नुपर्छ ।”

बिरामी अस्पताल लैजाने खबर पाएपछि गाउँका सबै आइपुग्ने भन्दै उकालोओरालो बाटोमा स्टेचरमा बिरामी/गर्भवती बोकेर स्वास्थ्य संस्थामा पु¥याउनु निकै चुनौतीपूर्ण काम भएको वीरबहादुरको अनुभव छ । “दिउँसोमा पनि दायाँबायाँको बुटा समाउँदै हिँड्नुपर्छ । ओरालो बाटोमा राति बिरामी बोक्नयद्ध जिते बराबर हुन्छ”, उहाँले भन्नुभयो, “काहाली लाग्दो ओरालो बाटोमा बिरामी स्टेचरमा अडिएर बस्नै सक्दैन । स्टेचरबाट बिरामी नै लड्ला भन्ने डर उत्तिकै हुन्छ ।”

बर्खाको समयमा झन बाटो हिलो/लेदो हुने भएकाले यात्रा गर्न सास्ती हुने गरेको स्थानीय बताउँछन् । हिउँदमा जसोतसो गाउँसम्म गाडी पुगे पनि बर्खामा बाटोका कारण पैदल यात्रा नै सकसपूर्ण हुने स्थानीयको भनाइ थियो ।

“एम्बुलेन्स आउने केराबारीडाँडा वा दोभानसम्म बिरामी बोक्न कम्तीमा दुई घन्टा लाग्छ । पानी परेको बेला चिप्लो ओरालो झर्नै सक्दैन । सुत्केरीलाई बोकेर झन कसरी झर्नु निकै समस्या छ”, वीरबहादुरले दुखेसो पोख्नुभयो । उहाँका अनुसार व्यथा सामान्य रह्योे र गाह्रो भएन भने गाउँमै सुत्केरी गराउने चलन छ ।

सुत्केरी व्यथा लामो समयसम्म लाग्यो वा गर्भवतीलाई गाह्रो भयो भने मात्रै नौबिसे स्वास्थ्य चौकी लाने गरिएको फुर्लुङ डाँडाकी विष्णुकुमारी धलानले बताउनुभयो । “घरमै सुत्केरी भयो भने नाभी काट्न जान्ने पनि कोही छैनन्”, उहाँले भन्नुभयो, “हचुवाकै भरमा छिनाल्ने चलन अहिले पनि छ ।”

सुत्केरी हुने समय नजिकै आएका केही गर्भवतीले अस्पताल छेउछाउमा कोठा भाडामा लिएर बस्ने गरेका महिला स्वयंसेविका कविता लामाले बताउनुभयो । “अस्पताल नजिक आफन्त हुनेहरुले त्यही बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अधिकांश गर्भवतीले त्यसो गर्न सक्दैनन् । व्यथाले सारै नचापेसम्म घरमै बच्चा जन्माउने कोशिष गर्ने गरेका छन् ।”

“अघिल्लो वर्ष मजुवा गाउँकी दुई जना गर्भवतीले घरमै बच्चा जन्माउनुभयो । थलिको एकजना गर्भवतीलाई बोकेर नौविसे स्वास्थ्य चौकी झार्दाझार्दै बाटैमा बच्चा जन्मियो”, स्वयंसेवका कविताले भन्नुभयो, “घरमै बच्चा जन्माउने र बाटोमा सुत्केरी हुने घटना हाम्रो गाउँका लागि कुनै नौलो घटना होइन ।” सबैभन्दा माथिको गाउँबाट बिरामी बोकेर एम्बुलेन्स पुग्ने दोभानसम्म पुग्न चार घण्टा लाग्ने उहाँले बताउनुभयो । “अहिले दोभानसम्म मात्रै एम्बुलेन्स आइपुग्छ, त्यहाँसम्म पुग्न नजिकको गाउँबाट दुई घण्टा टाढाको गाउँबाट चार घण्टासम्म बिरामी बोक्नुपर्छ”, उहाँले भन्नुभयो ।

नगर क्षेत्रभित्रका गर्भवती र सुत्केरी बोक्न एम्बुलेन्स शुल्कसमेत निःशुल्क गराएको धुनिबेँसी नगरपालिकाले जनाएको छ । “टोलटोलमा स्टेचर पठाएका छौँ भने वडा नं ७ भित्र तीन जना महिला स्वयंसेविका पनि खटाएका छौँ”, वडाध्यक्ष यदुनाथ पाठकले भन्नुभयो, “ गुर्दुम यहाँको दुर्गम ठाउँ भएकाले एउटा बस्तीबाट अर्काे बस्तीमा पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।” सम्भव भएसम्म गर्भवतीलाई आवश्यक पर्ने सबै सेवा सुविधा दिने कोशिष गरेका गरिएको जनाउँदै उहाँले भौगोलिक विकटताले समस्या भइरहेको बताउनुभयो ।

गाउँमा बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकी नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर बच्चा जन्माउन बाध्य छन् । रासस

शनिबार, भदौ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.