• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ११ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ११ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १३ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १४ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १४ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १६ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १६ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दर्ता गरेरमात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन

  •  सोमबार, भदौ १८, २०८० मा प्रकाशित

नवलपुर(नवलपरासी) । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा सञ्चालित औषधि पसल ९मेडिकल तथा फार्मेसी०, क्लिनिक एवं ल्याबलाई मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।

आइतबार गरिएको अनुगमनका क्रममा जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो । गैँडाकोट नगरपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक शान्ति कोइरालाले अनुगमनका क्रममा दुई औषधि पसल दर्ता नै नगरी सञ्चालन भएको पाइएको जानकारी दिनुभयो ।

गैँडाकोट–११ भेडाबारीमा सुनील मेडिकल हल र गैँडाकोट–१३ बेल्डिहामा सञ्चालित जेनिशा फार्मेसी एवं मेडिकललाई एक साताभित्र दर्ता भएर सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा त्रुटि भेटिएका स्वास्थ्य संस्थालाई सचेत गराइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा गैँडाकोट–११ भेडाबारीमा सञ्चालनमा आएको सुनील मेडिकल हल दर्ताबिनै सञ्चालन गरेको भेटिएको कोइरालाले बताउनुभयो । दर्ता नगरी सञ्चालन गरिएको सो मेडिकल हललाई सात दिनभित्र दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । दर्ता नगरी सञ्चालित सुनील मेडिकल हलमा म्याद सकिएका औषधि अत्यधिक भेटिएको भन्दै उहाँले औषधि राख्ने ठाउँमा फिनेल तथा हारपिक पनि सँगै राखेको पाइएको बताउनुभयो ।

अनुगमन समितिले सो मेडिकल हललाई मूल्यसूची राख्न एवं मापदण्ड पूरा गरी सञ्चालन गर्न सचेत गराएको हो । गैँडाकोट–१३ बेल्डिहाको जेनिशा फार्मेसी एवं मेडिकललाई म्याद नाघेका औषधि तुरुन्त हटाउन, फार्मेसी दर्ता गरेर थप काम गर्दै आएको मेडिकललाई इन्जेक्सन र ड्रेसिङ सेवा सात दिनभित्र दर्ता गरेर मात्र सञ्चालन गर्न, मूल्यसूची राख्न, ड्रेसिङ सेवाबापतको बिल काट्न निर्देशन दिइएको कोइरालाले बताउनुभयो । गैँडाकोट–११ को कमल स्वास्थ्य क्लिनिकलाई क्लिनिकको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्यस्तै गैँडाकोट–१४ मा रहेको अमरापुरी स्वास्थ्य क्लिनिक एवं निश्चल फार्मेसीको औषधि राख्ने स्थानमा हरपिक तथा फिनेल सँगसँगै राखिएको तथा म्याद सकिएका औषधि भेटिएको अनुगमन समितिका सदस्य एवं नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

उक्त क्लिनिकमा बिरामी परीक्षण कक्ष व्यवस्थित नभएको, ल्याबको मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएपछि एक हप्ताभित्र सुधारका लागि निर्देशन दिइएको उहाँको भनाइ छ । गैँडाकोट–११ भेडाबारीको कमल स्वास्थ्य क्लिनिकलाई बहिरङ्ग सेवा ९ओपिडी० जाँच स्थानको उचित व्यवस्थापन गर्न, ल्याबको मापदण्ड पूरा गर्न सचेत गराइएको पौडेलले बताउनुभयो ।

त्यस्तै गैँडाकोट–१५ अमरापुरीको केशव औषधि पसल एवं हाम्रो अमरापुरी हेल्थ क्लिनिकलाई आकस्मिक कक्षको सरसफाइमा ध्यान दिन एवं सेवाको मूल्यसूची राख्न निर्देशन दिइएको पौडेलको भनाइ छ । अमरापुरीकै सीता हेल्थ केयर सेन्टर प्रालिद्वारा सञ्चालित सीता मेडिकल हलमा ल्याबको मापदण्ड पूरा नभएको, लेभल ९औषधिको मूल्य, उत्पादन मिति र व्याच नम्बर० नभएका एवं म्याद सकिएका औषधि भेटिएपछि तीन सामान जफत गर्दै ल्याबको मापदण्ड पूरा गर्न निर्देशन दिइएको पौडेलले बताउनुभयो ।

म्याद सकिएको औषधि अत्यधिक पाइएको गैँडाकोट–१६ को अमरापुरीमा रहेको पौडेल मेडिकल एण्ड हेल्थ क्लिनिकलाई म्याद सकिएका औषधिको तुरुन्त व्यवस्थापन र ल्याब व्यवस्थापन गर्न निर्देशन दिएको छ । मुकुन्दसेन डेन्टल केयर प्रालिलाई नगरपालिकामा समेत दर्ता गरी सञ्चालन गर्न र आवश्यक कागजातसहित छलफलका लागि बोलाइएको पौडेलले जानकारी दिनुभयो ।

लाङ्घाली मेडिकल हल एवं फार्मेसीलाई ल्याब सेवा मापदण्ड पूरा गरी व्यवस्थित गर्न सचेत गराइएको छ । मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थाहरुलाई बन्द गर्ने क्षेत्राधिकार प्रदेशको अनुगमन टोलीलाई मात्रै भएकाले एक हप्ताभित्र दर्ता गर्दै मापदण्ड पूरा गर्न निर्देशन दिएर छोडिएको पौडेलले बताउनुभयो ।

नगरका बाँकी स्थानमा सञ्चालनमा आएका औषधि पसल तथा स्वास्थ्य संस्थाको समेत क्रमशः अनुगमन गर्दै जाने उल्लेख गर्दै पौडेलले नगरको अनुगमन टोलीको निर्देशन नमानेको खण्डमा अनुगमन र कारबाहीका लागि प्रदेशलाई गुहार्ने बताउनुभयो । नगरपालिकाभित्र हाल निजी क्षेत्रबाट सञ्चालित चार दर्जन बढी मेडिकल तथा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । रासस

सोमबार, भदौ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.