• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, कार्तिक ०८, २०८३
शनिबार, कार्तिक ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • १ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • १ हप्ता 

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड
  • १ हप्ता 

लोकप्रिय समाचार

अन्धोपन निवारणका लागि सहकार्य गरौँ : मन्त्री आचार्य

  •  सोमबार, भदौ १८, २०८० मा प्रकाशित

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले देशभर अन्धोपन निवारणका लागि सरोकारवाला सबै निकायलाई आह्वान गर्नुभएको छ ।

नेपाल नेत्रज्योति सङ्घ र दातृ निकाय सिबिएम ग्लोबलबीचको सहकार्यको ४० वर्ष पूरा भएको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री आचार्यले सरकारले आँखा स्वास्थ्य रणनीतिको सफल कार्यान्वयनका लागि सरकारसँगै सेवा प्रदायक संस्था र दातृ निकायबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यी दुई संस्थाका बीचमा सहकार्य हुँदाको समयमा शून्य दशमलव ८४ प्रतिशत रहेको नेपालको अन्धोपनाको अवस्था अहिले घटेर शून्य दशमलव २८ प्रतिशतमा पुगेको स्मरण गर्दै अन्धोपन निवारणका लागि सरकारले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सन् २०३० मा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने नेपाल सरकारको योजनालाई तपाईं हामी सबैको सहकार्यले सफल हुने विश्वास पनि मैले लिएको छु”, उहाँले भन्नुभयो, “आगामी दिनमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि मैले आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

उहाँले आँखा उपचारमार्फत स्वास्थ्य पर्यटन विकाससँगै वैदेशिक मुद्रा आर्जन भइरहेको बताउनुभयो । “केही वर्ष अघिसम्म पनि नेपालबाट आँखा उपचारका लागि भारत लगायतका देशमा जानुपर्ने हाम्रो बाध्यता थियो”, उहाँले भन्नुभयो, “तर नेपाल नेत्रज्योति सङ्घ जस्ता सामाजिक संस्थाको प्रयास र मेहनतले वार्षिक लाखौँ भारतीय नागरिक नेपालमा आएर उपचार गराइरहनुभएको छ । यो नेपालका लागि गर्वको कुरा हो ।”

चालीस वर्षको सहकार्यमा एक करोड २० लाखभन्दा बढीलाई आँखा उपचार सेवा उपलब्ध गराएको नेपाल नेत्र ज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घबाट २० लाखभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया सम्पन्न भएको छ । सन् १९८२ मा नेत्रज्योति सङ्घको आग्रहमा सिबिएमबीच औपचारिक सहकार्यको प्रारम्भ भएको थियो । सङ्घले अहिले देशभरमा २७ वटा आँखा अस्पताल, एक सय ५० वटा आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखामार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ । रासस

सोमबार, भदौ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

लोकप्रिय

ताजा

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.