• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५४ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५६ मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५९ मिनेट 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

  •  बुधबार, भदौ २०, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिनुभएकोे छ । उहाँले भन्नुभयो, “नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु ।”

अस्पतालको ६४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई ‘भर्चुअल’माध्यमबाट सम्बोधन गर्दै उहाँले प्रसूति अस्पतालको दीर्घकालीन योजना र जनशक्तिलाई पुनःसंरचना गरिने बताउनुभयो । उहाँले अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेकामा जोड दिनुभयो । “बिरामीको चापलाई मध्यनजर गर्दै थप एक एक औषधि पसल, अनलाइन टिकेटिङ र क्यूआरकोडमार्फत भुक्तानी र दश शय्या एनआइसीयूलाई बीस शय्या बनाउने तत्परताले थप गुणस्तर बढ्ने विश्वास छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा आरपी विच्छाले आगामी १६औँ योजनामा स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनका लागि पहल भएको बताउनुभयो । “१६औँ योजनाबाट प्रत्यक्ष लाभ स्वास्थ्य संस्थाले नै लिने हो” उहाँले भन्नुभयो,“योजनामा स्वास्थ्य जनशक्ति व्यवस्थापनबारे राम्ररी व्यवस्था गर्ने तयारी छ ।” मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले प्रसूति अस्पतालले मातृ मृत्युदरलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले अस्पतालमा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले पहल गरिरहेको जनाउनुभयो । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विशिष्टीकृत सेवा विस्तारका लागि स्रोतसाधान तथा जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयसँग आग्रह गर्नुभयो ।

“अस्थायी शय्याको व्यवस्था गरेर जस्तोसुकै परिस्थितिमा पनि अन्यत्र रिफर नगरी उपचार सेवा उपलब्ध गराइहेका छौँ” उहाँले भन्नुभयो, “विशष्टिकृत सेवा विस्तार गर्न मन्त्रालयसँग आवश्यक सहयोगका लागि पहल गरिरहेका छौँ ।” विसं २०१६ मा स्थापनामा ४० शय्याबाट यस अस्पतालले पछिल्लो समय चार सय ८९ शय्यामार्फत उपचार सेवा उपलब्ध गराइरहेको छ । आर्थिक वर्ष २०७९÷८० मा ३४ हजार एक सय ८५ जना महिला भर्ना भएकोमा प्रसूति तर्फ २६ हजार नौ सय ४७ तथा स्त्रीरोगतर्फ पाँच हजार ४६ जनाले उपचार सेवा लिएका छन ।

त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ दुई हजार एक सय ९२ र मातृ सघन उपचार तर्फ चार सय ८३ भर्ना भएका थिए भने बहिरङग सेवा तर्फ एक लाख ८० हजार आठ सय ९० जनाले सेवा लिएको निर्देशक डा अधिकारीले जानकारी दिनुभयो । प्रसूतितर्फ भर्ना भएका २६ हजार नौ सय ४७ मध्ये २४ हजार छ सय ७२ गर्भवतीको प्रसूति भएको थियो । यसबाट २४ हजार नौ सय १५ जना नवजातशिशुको जन्म भएको थियो । यसमा नौ हजार आठ सय २१ जनाको शल्यक्रियाबाट प्रसूित भएको थियो ।

‘आइभीएफ’ सेवा लिनेको सङ्ख्या ३८ जना र निःसन्तानसम्बन्धी बहिरङ्ग सेवा लिने आठ हजार तीन सय नौ रहेका छन् । यस्तै, दुई सय ५४ जना महिलाले आइयूआई. सेवा र २७ जना निःसन्तान सेवाग्राहीले आइभिएफ सेवा लिएका छन् । लैङ्गिक हिंसाबाट पीडित महिलाको लागि अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आवमा चार सय तीन जना विभिन्न लैङ्गिक तथा यौन हिंसावाट पिडित महिलाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालबाट पाठेघर मुखको क्यान्सरको स्क्रिनिङ र उपचारका सेवा विस्तार र किशोरीहरुलाई एचपीभी खोपको व्यवस्था गर्ने योजना बनाएको छ । सो अवसरमा अस्पतालद्वारा बहिरङ्ग सेवा तर्फ ‘अनलाइन टिकेटिङ’ सुरुआत समेत गरिएको थियो । रासस

बुधबार, भदौ २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.