• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • ५ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • ५ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • ८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • ८ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • ८ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • ८ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १० घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १० घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

दन्त सेवाले बिरामीलाई सजिलो

  •  शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो ।

एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताउनुभयो । संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गर्नुभयो ।

श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताउनुभयो । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताउनुभयो । “अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं”, श्रेष्ठले भन्नुभयो, “सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।”

दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताउनुभयो । बलेवा (बागलुङ), २२ भदौ ः बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो ।

एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताउनुभयो । संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गर्नुभयो ।

श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताउनुभयो । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताउनुभयो । “अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं”, श्रेष्ठले भन्नुभयो, “सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।”

दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताउनुभयो ।
बलेवा (बागलुङ), २२ भदौ ः बलेवास्थित बागलुङ नगर अस्पतालमा अबदेखि नियमित रुपमा दन्त शिविर, नाक, कान, घाँटी, सुरक्षित सुत्केरी सेवा र प्रसूति प्रतीक्षा घरसमेत सञ्चालनमा आउने भएको छ ।

अस्पतालले विभिन्न सङ्घसंस्थाको सहकार्यमा अस्पताललाई बहुसेवा दिने प्रकारको बनाउन लागेको हो । हाल अस्पतालको भवन निर्माणाधीन भए पनि तत्कालीन स्वास्थ्य चौकीकै भवनमा अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालमा हाल दुई मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्टसहित नौ स्वास्थ्यकर्मी कार्यरत छन् । उनीहरुले मात्र सबै सेवा प्रवाह गर्न नपुग्ने भएपछि दाता तथा सहकार्य गर्ने संस्था खोजिएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

पहिलो चरणमा हप्तैपिच्छे दन्त शिविर र प्रसूति प्रतीक्षा घर भने सञ्चालनमा आइसकेको छ । जिभाय नेपालको सहकार्यमा नगर अस्पताल बलेवाले दन्त क्लिनिक अभियान चलाएको हो । ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरेको भीमापोखरा युवा क्लब र फेयरमेड फाउण्डेसनले सुरक्षित सुत्केरीका लागि प्रतिक्षा घरका लागि आवश्यक सामग्री तथा उपकरण सहयोग गरेको हो ।

एउटा कोठामा दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । सामग्री र उपकरणपछि सुरक्षित सुत्केरी सेवाको अभियानमा साथ पुगेको अस्पतालका मेडिकल अधिकृत गरिमा खनालले बताउनुभयो । संस्थाले बेवी वार्मर मेसिन दिएकाले जाडो मौसममा पनि सुरक्षित सुत्केरीसहित शिशुको सुरक्षा गर्न सकिने भएको छ ।

त्यस्तै जिभाय नेपालले दन्त ‘चियर’सहित उपकरण र सामग्री सहयोग गरेको हो । साथै हरेक साता एक–एक दन्त चिकित्सक आएर यहाँ सेवा दिने व्यवस्थापन गरिएको हो । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख वसन्तकुमार श्रेष्ठले दुवै सेवाको शुभारम्भ गर्नुभयो ।

श्रेष्ठले उक्त अवसरमा नगर अस्पताललाई क्रमशः विस्तार गर्दै आम नागरिकको विश्वसनीय बनाउने बताउनुभयो । त्यसका लागि पहिलो चरणमा भवन निर्माण सक्ने, त्यसपछि उपकरणहरुको जोहो गर्दै चौबीसै घण्टा सेवा दिने प्रकारको बनाइने बताउनुभयो । “अहिले त सामान्य जस्तो छ, तर केही समयमै सेवा प्रवाह बढाएर नागरिकको स्वास्थ्य सुधारमा पहल गर्छौं”, श्रेष्ठले भन्नुभयो, “सामान्य उपचारका लागि नागरिकले हजारौँ लाखौँ खर्चने पद्धति अब अन्त्य हुनुपर्छ ।”

दैनिक ३५ देखि ५० बिरामीको उपचार भइरहेको नगर अस्पतालमा दाँतको समस्या भएकाहरु पनि धेरै आउने गर्छन् । उनीहरुको सेवाका लागि निभाय नेपालले सहयोग गरेको हो । यो संस्थाले बलेवाका वडा नं १२, १३ र १४ मा विद्यालय तहमा पनि सयौं बालबालिकाको दन्त परीक्षण, निःशुल्क रुपमा दाँत माझ्ने ब्रस र मन्जन वितरण गर्नाका साथै मुख स्वास्थ्यका लागि अभियान चलाइएको छ । मुख स्वास्थ्य परियोजना नै सञ्चालन गरेर स्वास्थ्य क्षेत्रको सुधारमा काम गरिएको कार्यक्रम निर्देशक सरस्वती पुरीले बताउनुभयो । रासस

शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.