काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले केन्द्रीय कारागार अस्पतालको आकस्मिक अनुगमन गर्नु भएको छ ।
अस्पतालको बहिरंग बिशेषज्ञ क्लिनिक,रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष लगाएतका सेवाहरुबारे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बुढाथोकीले जानकारीसहित अनुगमन गराउनु भएको हो । साथै केन्द्रीय सुधार गृहका सुपरिटेन्डेन्ट डा.बुढाथोकी,कारागार प्रशासक ललित बस्नेत,सहायक जेलर मित्र लुईटेलसहित अनुगमनकोक्रममा स्वास्थ्य सचिव गुरागाइले कैदीबन्दीको खानपान,बसाई,शिक्षा र बिरामीहरुको ब्यवस्थापनका बारेमा शूक्ष्म अनुगमन गर्नुका साथै जानकारी लिनु भएको थियो ।सस्ंथाको समन्वयका क्षेत्रमा भएका प्रगति, स्वास्थ्य सेवा बिस्तार संगै अस्पताल सरसफाई राम्रो रहेको भन्दै स्वास्थ्य सचिवले अस्पतालको प्रशंसा गर्नुभएको थियो ।
सो अवसरमा केन्द्रीय कारागार अस्पतालका सुपरिटेन्डेट डा.प्रकाश बुढाथोकीले अस्पताल गृह मन्त्रालय अन्र्तगत तथा चिकित्सक र स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयको रहँदा समन्वय र स्वास्थ्यका कर्मचारी भएर पनि तालिम,अभिमुखीकरण र बिदेश भ्रमण लगाएतका कार्यक्रमबाट बञ्चित रहनु परेको बताउँदै समायोजन पछिको कर्मचारी ब्यवस्थापन असार मसान्त तथा साउनमा भएका मन्त्रालयको निर्देशनका बारेमा सचिव गुरागाई बीच जिज्ञासा राख्नु भएको थियो ।
अस्पतालले उपचारका क्रममा गरेका नवीनतम प्रयोग, कारागार अन्तर्गत रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था ,कारागारमा आइपर्ने समस्याहरु,केन्द्रीय कारागार अस्पतालको बर्तमान अवस्था र भावी योजनाका बारेमा स्वास्थ्य सचिव गुरागाईले सुपरिटेन्डेन्ट डा.बुढाथोकीसंग जानकारी लिनुभएको थियो ।