काठमाडौं । राष्ट्रिय फिजियोथेरापी दिवस ,निजामती सेवा दिवस र अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर केन्द्रीय कारागार अस्पतालले स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्र,काभ्रे साँगाको प्राविधिक सहयोगमा एक दिने स्पाईनल स्वास्थ्य सम्बन्धी कार्यशाला तथा तालिम सम्पन्न गरेको छ ।
केन्द्रीय कारागार अस्पतालको सभाहलमा भएको उक्त कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ ,प्रशासनिक तथा कारागार अस्पतालमा रहेका अन्य कर्मचारीहरु ,केन्द्रीय सुधार गृह,भद्र सुधार गृह र महिला सुधार गृहका अस्पताल नाइकेहरु,स्वास्थ्यसंग सम्बन्धीत कैदीबन्दी लगाएत ७० जनाभन्दा बढीको उपस्थितिमा उक्त सचेतनामुलक,प्राथमिक उपचार कार्यक्रम सम्पन्न भएको होे ।
केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा.प्रकाश बुढाथोकीले समुद्घाटन गरिएको उक्त कार्यशालामा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रका निर्देशक डा.राजु ढकालको टिमले अभिमुखीकरण,प्रयोगअभ्यास,खतराका चिन्ह र रोकथामका उपायहरुका बारेमा प्रस्तूतिकरण गर्नु भएको थियो ।