• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५७ मिनेट 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ६० मिनेट 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

  •  बुधबार, भदौ २७, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’का खोप उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज आयोजित कार्यक्रममा ‘एचपिभी’का खोपको शुभारम्भ गर्दै उहाँले निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो । “सीमित स्रोत र साधनका बाबजुत हामीले एचपिभी खोप लगाउन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “उमेर समूहलाई ध्यानमा राखेर दिने खोप, यो खोप ७७ जिल्लाका सबै महिला÷किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीहरुले यो खोप पाउनुपर्ने हुन्छ, त्यसका लागि मन्त्रालय दृढताका साथ अघि बढ्छ ।”

मन्त्री बस्नेतले ‘एचपिभी’ खोप अस्पताललाई हस्तान्तरणपछि छ जना किशोरीले खोप लगाउनुभयो । मन्त्रालयका सचिव डा रोशन पोखरेलले खोपको मात्र कम भएता पनि यसको समानुपातिक वितरण हुने जानकारी दिनुभयो “बागमती प्रदेशमा प्रसूति गृह अस्पतालबाट सञ्चालन भएको छ । खोपको मात्रा सीमित भए पनि आवश्यक सबैलाई पु¥याउने मन्त्रालयको कोसिस हो”, उहाँले भन्नुभयो ।

मन्त्रालयका अर्का सचिव देवकुमारी गुरागार्इंले विश्व स्वास्थ्य सङ्गठनमा गरेको प्रतिबद्धताअनुसार रोगको उन्मूलनका लागि पनि खोप अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२० हजार खोप छ त्यसले नौ हजार जनालाई मात्र पुग्ने देखिन्छ । अन्तरराष्ट्रिय प्रतिबद्धताका अनुसार पनि हामीले अर्को पटक धेरै मात्रामा खोप भित्र्याएर धेरैभन्दा धेरै किशोरीलाई खोप उपलब्ध गराउनुपर्ने हुन्छ ।”

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने जानकारी दिँदै अभिभावक, विद्यालय र अस्पताललाई सहजीकरण गर्न आग्रह गर्नुभयो ।

परिवार कल्याण महाशाखाको निर्देशक डा.विवेककुमार लालले देशभरका छ वटा सङ्घीय अस्पताल र सुदूरपश्चिम प्रदेशका लागि डडेल्धुरा अस्पतालबाट सुर्खेत किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइएको हो । तर कोशी प्रदेशले बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो । उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइँदै छ ।

आज मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेबाट खोप लगाउन सुरु भएको हो । यस्तै, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइने छ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुने छ ।

यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख,यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ । नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनका लागि २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो । आज पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ ।

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ ।

बुधबार, भदौ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.