• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने

  •  आइतबार, भदौ ३१, २०८० मा प्रकाशित

बलेवा (बागलुङ) । पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ ।

कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । मानसिक समस्याका कारण आत्महत्या बढेका कार्यक्रममा सहभागी १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी तथा धौलागिरि अस्पतालका प्रतिनिधिले बताएका छन् ।

शतप्रतिशत खोपको मात्रा पुगेको जिल्ला बनाउने, आवश्यकताअनुसार खोप केन्द्र थप गर्नेलगायत विषय समेटेर २२ बुँदे घोषणापत्र जारी गरिएको कार्यालयका प्रमुख प्रविण शर्माले बताउनुभयो । उहाँका अनुसार घोषणापत्रमा बालमैत्री जिल्ला बनाउने अभियानमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसबारेका सूचक पूरा गर्न सधैँ तयार रहने उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा रेकर्ड पद्धति व्यवस्थित बनाउने भन्दै प्रमुख शर्माले सबै पालिकाले विद्युतीय रेकर्ड पद्धति बसाल्दा यकीन तथ्याङ्क प्राप्त हुने र बाल स्वास्थ्यमा सुधार ल्याउन सकिने बताउनुभयो । उहाँका अनुसार हरेक स्वास्थ्य संस्थामा रहेका खोप बचाउन ‘कोल्ड चेन’ पद्धतिलाई प्रभावकारी बनाउने सहभागीले घोषणा गरेका छन् ।

“कोल्ड चेनमा एक मिनेट पनि खराबी आयो भने खोपले काम गर्दैन”, शर्माले भन्नुभयो, “बरु कार्यालय सञ्चालनमा कर्मचारी नभए पालो गरौँ, कोल्ड चेन बिग्रियो भने उपचार गरेको अर्थ हुँदैन ।” हेपाटाइटिस बीलगायतका रोगविरुद्धको खोप माइनसमा राख्न नसकेमा काम नगर्ने हुँदा बिरामी निको नहुने उहाँले बताउनुभयो । त्यस्तै अन्य रोगमा पनि तोकिएकै तापक्रम हुनुपर्नेमा कार्यालय सहयोगीको भरमा छाडियो भने करोडौँ लगानी डुब्ने र उपचार पनि प्रभावहिन हुने स्वास्थ्यकर्मीको ठहर छ ।

उक्त अवसरमा स्वास्थ्य कार्यालयले बागलुङका १० पालिका र सबै स्वास्थ्यचौकीको आन्तरिक मूल्याङ्कन गरेको थियो । मूल्याङ्कनमा बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । त्यस्तै बडिगाडकै आधारभूत स्वास्थ्य सेवाकेन्द्र खरवाङले उत्कृष्ट संस्थाको पुरस्कार पाएको छ ।

कार्यसम्पादनतर्फ तमानखोलाको बुङ्गादोभान स्वास्थ्यचौकी द्वितीय, निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी तृतीय र गलकोट नगरपालिकाको हटिया स्वास्थ्यचौकी सान्त्वना भएका छन् । पालिकातर्फ भने तमानखोला गाउँपालिका द्वितीय र गलकोट नगरपालिका तृतीय भएका छन् ।

संस्थामा उत्कृष्ट व्यानर तथा पोस्टर बनाएर राखेको भन्दै गलकोट नगरलाई प्रथम पुरस्कार दिइयो । बागलुङ नगरपालिका द्वितीय, तमानखोला तृतीय र बडिगाड गाउँपालिका सान्त्वना भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले उनीहरुलाई उत्कृष्टताको प्रमाणपत्र दिनुभएकाे थियो । रासस

आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.